हेफरको ८० औ वार्षिकोत्सवमा बाछी उपहार

काठमाडौँ । हेफर इन्टरनेशनलले आफ्नो ८० औ वार्षिकोत्सव मनाएको छ । सिन्धुलीमा आयोजित वार्षिकोत्सवमा कार्यक्रममा ‘पासिङ्ग अन द गिफ्ट’ (उपहार हस्तान्तरण) कार्यक्रम सम्पन्न गरेको छ ।

हेफर नेपालले साना किसानहरूलाई समुदायमा भोकमरी र गरिबीको अन्त्य गर्न योगदान गर्दै आएको ८० वर्षे यात्रा पूरा गरेको अवसरमा कोरेली बाछी उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।

हेफरले नेपाल सरकारसँग मिलेर ‘मिल्की वे’ परियोजना सञ्चालनका लागि सन् २०२२ मा कोरियाबाट गाई ल्याएर सिन्धुलीका किसानलाई उपहार स्वरूप दिएको थियो । उपहार पाएका गाईबाट जन्मेका बाछी किसानले अर्को किसानलाई उपहार प्रदान गरेको छ ।

११ जना किसानले बाछी उपहार प्रदान गरेका छन् । हेफर इन्टरनेशनलले नेपालको दुग्ध क्षेत्रलाई पूर्णरुपमा रुपान्तरण गरि आधुनिक बनाउने लक्ष्य लिएको हेफर इन्टरनेशनल एसिया प्रोग्रामका वरिष्ठ उपाध्यक्ष निना जोशीले बताइन् । मिल्क वे परियोजनाका लागि दक्षिण कोरिया सरकारले १०० वटा होलिस्टिन प्रजातिको गाई र ८ वटा साढे उपहार स्वरूप प्रदान गरेको थियो । जसले गुणस्तरीय दूध दिने गाईहरूको प्रजननमा

महत्त्वपूर्ण योगदान पुऱ्याउने दाबी हेफरको रहेको छ । मिल्की वे परियोजनाका साझेदारहरूले एउटा ‘मोडेल डेरी भिलेज’ स्थापना गरेका छन् । त्यहाँको ५१ स्थानीय किसान परिवारलाई होलिस्टिन जातका गाईहरू पनि उपलब्ध गराइएको छ।

मिल्की वे परियोजनाले पाँच लाख नेपाली साना किसान परिवारमा पुग्ने र जीवनस्तर सुधार गर्ने अपेक्षा लिएको उपाध्यक्ष जोशीले बताइन् । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले ‘मिल्की वे’ कार्यक्रम अन्तर्राष्ट्रिय सहयोगको उत्कृष्ट उदाहरण हो जसले सकारात्मक परिवर्तन ल्याउने बताए ।

कार्यक्रममा हेफर इन्टरनेशनलकी सीईओ सुरिता सन्दोशमले भनिन्– ‘हामीले हेफर इन्टरनेशनलको ८० औँ वार्षिकोत्सव मनाउँदै गर्दा समुदायको शक्ति र उपहार हस्तान्तरणको गहिरो प्रभावलाई सम्झन्छौ । कमलामाई नगरपालिकामा भएको यो कार्यक्रम हाम्रो कार्यको परिवर्तनकारी शक्ति र दीर्घकालीन उदारताको भावनाको प्रमाण पनि हो ।’

कमलामाई नगरपालिकाका मेयर उपेन्द्र पोखरेलले भने, ‘कोरियाली गाईहरूको आगमनसँगै सन् १९४४ जुलाई १४ मा ड्यान वेस्टद्वारा स्थापित, हेफर इन्टरनेशनलले १७ गाईहरूको एउटा शिपमेन्ट अलाबामाबाट पुएर्टो रिको पठाएर गरिब समुदायहरूको जीवन सुधार गर्न सुरु गरिएको हो।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एयरपोर्ट नजिकै खुल्यो प्रेसिडेन्ट होटल

काठमाडौँ । त्रिभुवन विमानस्थल नजिकै शम्भुमार्गमा प्रेसिडेन्ट होटल सञ्चालनमा आएको छ । प्रेसिडेन्ट ग्रुपले आफ्नो …

प्रतिकृया दिनुहॊस