करेन्ट लगाएर मारिएको अवस्थामा जंगली हात्ती फेला

काठमाडाैं । बाराको कोल्हबी नगरपालिकावडा–२ मा जंगली हात्तीलाई बिजुलीको करेन्टबाट मारिएको अवस्थामा फेला परेको छ ।

करिब १५ वर्षको जंगली हात्ती मृत अवस्थामा फेला परेको कोल्हबी सब डिभिजन वन कार्यालयका प्रमुख अब्दुल करिमले बताए ।

हात्तीको घाटीमा करेन्टको तार बेरिएको अवस्थामा छ । हात्तीको सुँडमा सामान्य खतसँगै केही रगतको टाटा समेत देखिएको छ। स्थानीय रमेश जिसीको धान खेतमा हात्ती मरेको अवस्थामा फेला परेको हो ।

२०८० फागुनमा सोही स्थानमा करिब तीन वर्षको पोथी बाघ समेत मृत अवस्थामा फेला परेको थियो ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दसैं-तिहारका लागि अग्रिम टिकट बुकिङ कहिलेदेखि ?

काठमाडाैं । दसैँ-तिहारका लागि १२ असोजदेखि अग्रिम बस टिकटको बुकिङ खुला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच शनिबार बसेको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी अग्रिम टिकट खुला गरिने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहॊस