इजरायलमा मृत्यु भएका ७ जना विद्यार्थीका परिवारलाई प्रदेश सरकारले दुई लाख दिने

काठमाडौँ । इजरायलमा मृत्यु भएका सुदूरपश्चिमका ७ जना विद्यार्थीका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले दुई लाखका दरले रकम दिने निर्णय गरेको छ।

सोमबार एक विज्ञप्ति जारी गर्दै प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विद्रोही समूहको आक्रमणबाट ज्यान गुमाएका सुदूरपश्चिमका विद्यार्थीहरूका परिवारलाई दुई-दुई लाख रुपैयाँ उपलब्ध गराइने जनाएको छ।

मुख्यमन्त्री कमल शाहले हस्ताक्षर गरेको विज्ञप्तिमा इजरायलबाट शव ल्याउन सहजीकरण गरिदिन संघीय सरकारलाई अनुरोधसमेत गरेको छ। इजरायलमा आतङ्कवादी समूह हमासले गरेको हमलामा परी आइतबार १० नेपालीको मृत्यु भएको थियो। तीमध्ये ७ जना सुदूरपश्चिमका छन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एमाले सांसद लिलाबल्लभविरुद्ध मुद्दा नचल्ने निर्णय, ११ जनाविरूद्ध मुद्दा दर्ता

काठमाडौं । मानव तस्करीको आरोपमा हिरासतमा रहेका नेकपा एमाले प्रदेश सांसद लिलाबल्लभ अधिकारीले उन्मुक्ति पाउने …

प्रतिकृया दिनुहॊस