समाचार

काठमाडौं सुन्धारा केन्द्रविन्दु भएर भूकम्प

earthquake_1-1024x576-1/पाँच सय वर्षदेखि जोगिएको पश्चिम नेपाल महाभूकम्पको जोखिममा

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । आज साँझ ५ बजे काठमाडौँमा भूकम्पको धक्का महसुस भएको हो । खानी तथा भुगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार काठमाडौँ सुन्धारा केन्द्रविन्दु भएर ३ रेक्टर स्केलको भूकम्प गएको हो ।

पुरा पढ्नुहॊस »

मनसुन पूर्णरुपमा बाहिरिन अझै केही दिन लाग्ने

mausam/लम्बियो मनसुन, के दसैँसम्मै पानी पर्नसक्छ ?

काठमाडाैं । नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिमी भू-भाग भएर यही असोज १९ गते यस वर्षको मनसुन बाहिरिए पनि देशका अन्य भू-भागमा मौसम कायमै रहेको छ । बाँकी भू-भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालको पूर्वी तथा मध्य भू-भागमा मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक असर रहेकाले अझै एक-दुई दिन देशका कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको …

पुरा पढ्नुहॊस »

इजरायल घटनामा सरकारलाई कांग्रेसको चार बुँदे ध्यानाकर्षण

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसले इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका नेपालीहरूका विषयमा शोक प्रस्ताव पारित गरेको छ । नेपाली कांगेसको आज बसेको संसदीय दल बैठकले आक्रमणको भत्सर्ना गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । कांग्रेसले हमासको आक्रमणमा परी घाइते भएकाहरूको उपचार तथा शीघ्र उद्धारसहित सरकारलाई चार बुँदे ध्यानाकर्षण गराएको छ । ‘आक्रमणमा परी जीवन गुमाउने नेपालीहरूको पार्थिव शरीर यथाशीघ्र नेपाल ल्याई परिवारजनलाई बुझाउने । सम्पर्कमा नरहेका कंचनपुरका …

पुरा पढ्नुहॊस »

कोशीमा आफ्नै नेतृत्वमा सरकार गठन गर्ने कांग्रेसको निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले कोशी प्रदेशमा पुनः आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने भएको छ । मंगलबार बिहान सभापति शेरबहादुर देउवाको निवासमा बसेको शीर्ष नेताहरूको बैठकले गठबन्धनमा पहिल्यै भएको सहमतिबमोजिम कांग्रेसकै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय लिएको हो । सभापति देउवाले गठबन्धनमा भएको सहमतिबमोजिम कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्नुपर्ने विषयमा अडान लिएका छन् । बैठकपछि सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले गठबन्धनमा पहिल्यै भएको सहमतिबमोजिम …

पुरा पढ्नुहॊस »

दुर्गा प्रसाईँको आग्रह- देशको भविष्य युट्युबरकै हातमा छ, देश बचाइदिनुहोस्

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईँले आफूलाई मूलधारका मिडियाले साथ नदिएको भन्दै आक्रोश पोखेका छन् । सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा मूलधारका मिडियाले कुनै पनि प्रतिनिधि पठाएका थिएनन् । उक्त कार्यक्रममै प्रसाईँमाथि एमाले निकट युवा सङ्घले मोसो दलेपछि आज आफ्नै घरमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रसाईँले आफ्नो आक्रोश व्यक्त गरेका हुन् । मङ्गलवार प्रसाईँले आयोजना गरेको पत्रकार सम्मेलनमा पनि एकाधबाहेकका कुनै पनि मूलधारका मिडिया नपुगेपछि उनले युट्युबरहरुलाई देशको असली रक्षक भन्दै …

पुरा पढ्नुहॊस »

यी तीन सडक खण्डलाई ‘वान वे’ बनाइने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्रका ३ वटा सडक खण्डमा एकतर्फी सवारी सञ्चालन गर्ने तयारी भएको छ । महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठकाअनुसार, सडक भएको वडाका जनप्रतिनिधि, ट्राफिक प्रहरी कार्यालय र महानगरपालिको संयुक्त प्रयासमा अहिले दोहोरो सवारी सञ्चालन भइरहेका सडक खण्डलाई एकतर्फी बनाउन लागिएको हो । अब काठमाडौँ र ललितपुर जोड्ने सेतोपुल, गुसिङ्गाल, मिलन मार्ग हुँदै त्रिपुरेश्वर आउने सडकमा त्रिपुरेश्वरबाट त्यो सडक खण्डमा प्रवेश गर्न पाइँदैन । त्यस्तै जमल र दरबारमार्गबाट …

पुरा पढ्नुहॊस »

बुटवल उद्योग वाणिज्य संघ अध्यक्षमा अर्याल विजयी

काठमाडाैँ ।– बुटवल उद्योग वाणिज्य संघको भर्खरै सम्पन्न निर्वाचनमा हरिप्रसाद अर्यालको प्यानल बिजयी भएको छ। रूपन्देहीकै सबैभन्दा जेठो व्यवसायीक संस्थाको बुटवल उद्योग वाणिज्य संघको नेतृत्वका लागि हरिप्रसाद अर्याल र दिनेशप्रसाद श्रेष्ठले अलग–अलग प्यानल बनाएर निर्वाचनमा होमिएका थिए। संघको २५ औं अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि सोमबार भएको मतदानमा संघमा आवद्ध १ हजार ७७८ मतदातामध्ये १ हजार ५०६ मत खसेको थियो। अध्यक्षका प्रत्याशी श्रेष्ठ भन्दा ८७ मत बढी ल्याएर अर्याल विजयी …

पुरा पढ्नुहॊस »

राजश्व विभागका २२८ अधिकृतको सरूवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजश्व विभागले एकै पटक २२८ कर अधिकृतहरूको सरुवा गरिएको छ । आन्तरिक राजश्व विभागले अधिकृतहरूको सरुवा गरेको हो । सरुवा भएकामध्ये केहीको भने काज सरूवा मात्रै गरिएको छ । हेर्नुस् सरुवा सूची :- सूची 

पुरा पढ्नुहॊस »

अवैध रुपमा अमेरिका हिँडेका नेपाली टर्कीबाट फिर्ता

काठमाडौं । अवैधानिक रूपले विभिन्न देश हुँदै अमेरिका जाँदै गरेका ४९ जना नेपालीलाई स्वदेश फर्काइएको छ । मेक्सिको हुँदै अमेरिका जाँदै गरेका उनीहरूलाई शनिबार टर्कीबाट फिर्ता पठाइएको थियो । उनीहरू भारत, मेक्सिकोलगायत विभिन्न देश हुँदै अमेरिका छिर्न खोजेका थिए । स्वदेश फिर्ता आएका ती नेपालीहरू भारतबाट सबै कागजपत्र मिलाएर अमेरिकातिर हिँडेका थिए । उनीहरूलाई टर्किस एयरलाइन्सको जहाजमार्फत् काठमाडौंमा अवतरण गराइएको छ । अमेरिकामा गैरकानुनी रूपमा प्रवेश गर्नेमा नेपालीहरू पनि धेरै रहेका मानव बेचबिखन अनुसन्धान ब्युरोका …

पुरा पढ्नुहॊस »

इजरायल आक्रमणबारे छलफल गर्न कांग्रेसले बोलायो संसदीय दल

काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज सङ्घीय संसद्भवन नयाँ वानेश्वरमा बस्ने भएको छ । कांग्रेस संसदीय दलले विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो । बैठकमा मुलुकको समसामयिक अवस्था तथा गत शनिबार इजरायलमा भएको आतङ्कवादी आक्रमण र त्यसबाट त्यहाँ रहेका नेपाली नागरिकले झेल्नु परेको विषम परिस्थितिका बारेमा छलफल हुने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

पुरा पढ्नुहॊस »