राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन गर्ने १३ जना प्रहरी नियन्त्रणमा

काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवास अगाडि प्रदर्शन गर्ने मानव अधिकार तथा शान्ति समाजका १३ जना मानव अधिकारवादी पक्राउ परेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा योगराज ढकाल ‘रिगल’लाई आममाफी दिएको भन्दै शीतल निवास अगाडि विरोध प्रदर्शन गरेका हुन्।

निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि प्रहरीले १३ जनालाई नियन्त्रणमा समेत लिएको छ। विरोध प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित नागरिक अगुवा र अधिकारकर्मीहरूको सहभागिता थियो।

असोज २१ गतेदेखि कैद माफी लगायत विभिन्न १० बुँदे माग राख्दै समाजले आन्दोलन गर्दै आइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दसैं-तिहारका लागि अग्रिम टिकट बुकिङ कहिलेदेखि ?

काठमाडाैं । दसैँ-तिहारका लागि १२ असोजदेखि अग्रिम बस टिकटको बुकिङ खुला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच शनिबार बसेको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी अग्रिम टिकट खुला गरिने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहॊस