[news from nepal, newsdainik, dainiknews]
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कालो मोसो दलिएको छ । एल्लो प्यागोडा होटेल परिसरमा प्रसाईँलाई एमालेको एक समूहले कालो मोसो दलेको हो ।
प्रसाईँका सहयोगी दिपक खड्काका अनुसार एमालेका कार्यकर्ताले कालो मोसो दलेका हुन् । उनले पत्रकार सम्मेलन गर्न एल्लो प्यागोडा जानेक्रममा गाडीबाट उत्रँदै गर्दा कालो रङ्ग हालेको पोका गाडीमा फ्याकेका थिए । त्यस क्रममा प्रसाईँलाई लागेको थियो ।
प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहलाई झापामा ल्याएर ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कार र नागरिक बचाउ महाअभियान’ घोषणा गरेका थिए । त्यसयता उनले अन्य विभिन्न व्यवसायीहरुलाई लक्षित गरेर विवादास्पद अभिव्यक्ति दिँदै आएका छन् ।
प्रतिकृया दिनुहॊस