समाचार

हमासले थाई नागरिकसँगै लगेका विपिनको अवस्था अझै अज्ञात

काठमाडाैँ ।  प्यालेस्टिनी विद्रोही समूह हमासको आक्रमणपछि बेपत्ता कञ्चनपुरका विपिन जोशीको अवस्था अझै अज्ञात छ । असोज २० मा हमासले गरेको आक्रमणमा १० नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए । किबुज अलुमिमबाट विपिनलाई विद्रोही समूहले आफूसँगै लगेको थियो । अपहरणपछि बेपत्ता पारिएका नेपाली विद्यार्थी विपिनका साथीहरूका अनुसार हमास लडाकुहरूले आक्रमण गर्दा उनी बंकरमा नै थिए । लडाकुले प्रहार गरेको एउटा ग्रिनेडलाई हातैले टिपेर बंकरबाहिर फालेर साथीहरूलाई बचाएका थिए । पछि लडाकुहरूले विपिनलाई किबुज अलुमिमबाट थाइल्यान्डका नागरिकसँगै …

पुरा पढ्नुहॊस »

मौसम बदली : यी क्षेत्रमा मेघगर्जन, चट्याङ्ग र हिमपातको सम्भावना

mausam/लम्बियो मनसुन, के दसैँसम्मै पानी पर्नसक्छ ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । साथै लुम्बिनी प्रदेशको एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

पुरा पढ्नुहॊस »

बडादसैँको चौथो दिन, कुष्माण्डा देवीको पूजा आराधना

काठमाडौँ । बडादसैँ अन्तर्गत नवरात्रको चौथो दिन आज दसैँघर तथा पूजा कोठामा नवदुर्गा मध्येकी चौथो स्वरुप कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठसमेत गरिन्छ ।

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । शुभकार्यको चर्चा चल्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । कला र गलाको प्रभाव पनि बढ्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

संविधान कार्यान्वयनका चुनौती अझै समाप्त भएको छैन : उप्रधानमन्त्री खड्का

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संविधान कार्यान्वयनका चुनौती अझै समाप्त नभएको बताएका छन् । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिको प्रशिक्षण विभागले भक्तपुरमा आयोजना गरेको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि र पार्टी सङ्गठनबीचको अन्तरसम्बन्ध एवं वर्तमान राजनीतिक चुनौती र भविष्य विषयक अभिमुखीकरण कार्यक्रममा उहाँले प्राप्त मौलिक हक जोगाउने चुनौती कायमै रहेको बताए ।

पुरा पढ्नुहॊस »

इजरायलबाट थप १९ नेपालीको उद्धार (नामावलीसहित)

काठमाडौँ । इजरायलमा विद्रोही हमास समूहले आक्रमण गरेपछि स्वदेश फर्किनका लागि अनलाइन आवेदन दिएका १९ जनालाई सरकारले उद्धार गरेको छ । सराकारले भारतीय विमानमार्फत इजरायलमा रहेको १९ जना नेपालीको उद्धार गरेको हो । परराष्ट्र मन्त्री एनपी साउदले मंगलबार इजरायलको चेल अविवबाट भारतको उद्धार विमानमार्फत १९ नेपालीको उद्धार गरिएको जानकारी दिए ।

पुरा पढ्नुहॊस »

संविधान संशोधनको प्रक्रिया एमालेकै कारण रोकियो : रक्षामन्त्री खड्का

काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संविधानको दोस्रो संशोधनको प्रक्रिया नेकपा एमालेका कारण रोकिएको बताएका छन् । मंगलबार काठमाडौँमा आयोजित नेपाली कांग्रेसको जनप्रतिनिधि अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

पुरा पढ्नुहॊस »

राष्ट्रपति पौडेलले गरे एनआरएनए महाअधिवेशनको उद्घाटन, अध्यक्षमा चार प्रतिस्पर्धी

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औँ महाअधिवेशन काठमाडौँमा सुरु भएको छ । ४ दिनसम्म चल्ने अधिवेशनको मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले समुद्घाटन गरेका छन् । उनले स्वस्ति वाचनसहित सम्मेलनको उद्घाटन गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री एनपी साउदले विदेशमा हासिल गरेको ज्ञान, सिप र लगानी नेपालको विकासमा महत्त्वपूर्ण हुने बताए । एनआरएनएहरू विदेशी नियोगसँग सहकार्य गरी नेपालमा लगानी भित्र्याउन, पर्यटक भित्र्याउन, नेपाली वस्तु विदेशमा निर्यात गर्न र नेपालको गौरवगाथा …

पुरा पढ्नुहॊस »

गैरआवासीय नागरिकता प्रदान गर्दै प्रधानमन्त्रीले भने- यो निकै ठूलो उपलब्धि हो (पूर्णपाठ)

kul-acharya 1/यो निकै ठूलो उपलब्धि हो (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष कुल आचार्य र बद्री केसीलाई गैरआवासीय नेपाली नागरिकता प्रदान गरेका छन् । मंगलबार बालुवाटारमा प्रधानमन्त्रीले उनीहरूलाई सो नागरिकता दिएका हुन् । सरकारले गैरआवासीय नेपाली नागरिकता पहिलोपल्ट प्रदान गरेको हो ।

पुरा पढ्नुहॊस »

इजरेलका लागि श्रम स्वीकृति स्थगित, बिदामा स्वदेश फर्केकाहरू चिन्तित

इजरायलबाट दशैँ मनाउन नेपाल आएकी ललितपुरकी ललिता विष्ट श्रम स्वीकृति वा पुनः श्रम स्वीकृति लिएर इजरायल जाने नेपालीका सम्बन्धमा सरकारले गरेको निर्णयका कारण अन्योलमा परेकी छन् । सरकारी निर्णयका कारण आफू दशैँको बेला पनि रमाउन नसकेको उनी बताउँछिन् । डेढ दशकदेखि इजरायलको जेरुसलेममा केअरगिभरको रूपमा कार्यरत विष्ट इजरायलमाथि हमासको आक्रमण हुनुभन्दा केही दिनअघि मात्र बिदा मिलाएर काठमाण्डू आइपुगेकी थिइन् । नोभेम्बर अन्तिम साता पुनः इजरायल फर्कनुपर्ने भए पनि सरकारले इजरायल …

पुरा पढ्नुहॊस »