एयरपोर्ट नजिकै खुल्यो प्रेसिडेन्ट होटल

काठमाडौँ । त्रिभुवन विमानस्थल नजिकै शम्भुमार्गमा प्रेसिडेन्ट होटल सञ्चालनमा आएको छ । प्रेसिडेन्ट ग्रुपले आफ्नो १५ औँ आउटलेटका रुपमा सञ्चालित यो होटल शनिबारदेखि सञ्चालनमा आएको हो ।

२५ कोठा क्षमताको एयरपोर्ट होटलमा हरेक कोठामा मिनीबारसँगै लिफ्ट, रुफटप रेष्टुरेन्ट, व्यवस्थित पार्किङ लगायतका सुविधा छन् ।

‘हामीले असोज मसान्तभित्रै सञ्चालनमा आउने गरी रुपन्देहीमा अर्को आउटलेट खोल्ने तयारी गरेका छौँ,’ एयरपोर्टमा होटलको सेवा शुभारम्भ गर्दै ग्रुपका अध्यक्ष टीआर भण्डारीले भने, ‘कुरिनटार, चितवनको रत्ननगर, गुल्मी, पोखरा, पाल्पा र जनकपुरमा पनि होटल विस्तार गर्ने योजना छ । काठमाडौँ, भक्तपुर र ललितपुरमा कम्तीमा ५ वटा प्रेसिडेन्ट सेकुवा सञ्चालनका लागि गृहकार्य भइरहेको छ ।’

उनका अनुसार समूहले तीन सय जनालाई रोजगारी दिँदै आएको छ । उनीहरूमध्ये २८ जना फरक क्षमताका छन् ।

प्रेसिडेन्ट होटलमा सिस्नो चिकन, मसरुम सिस्नो, पनिर सिस्नो लगायतका सिग्नेचर मेनु समावेश छन् । एयरपोर्टमा खुलेको यो होटलले २४ सै घण्टा सेवा दिनेछ । यहाँ तीन सिफ्टमा ४० जना स्टाफ खटाइएको ग्रुपले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हेफरको ८० औ वार्षिकोत्सवमा बाछी उपहार

काठमाडौँ । हेफर इन्टरनेशनलले आफ्नो ८० औ वार्षिकोत्सव मनाएको छ । सिन्धुलीमा आयोजित वार्षिकोत्सवमा कार्यक्रममा …

प्रतिकृया दिनुहॊस