समाचार

दसैँ सुरक्षामा ५० हजार ५ सय प्रहरी परिचालन : कुकुरबाट चेकिङ, ड्रोनको निगरानी

काठमाडौं । नेपाल प्रहरीले दसैँ र तिहारलाई लक्षित गरेर एकीकृत सुरक्षा योजना तयार पारेको छ । यसबीचमा हुनसक्ने चोरी तथा दुर्घटनाका न्यूनीकरण गर्न प्रहरीले एकीकृत सुरक्षा योजना तयार पारेको हो । एकीकृत सुरक्षा योजनाअन्तर्गत ५० हजार ५ सय ३० प्रहरी परिचालन हुने भएका छन् । त्यसमध्ये काठमाडौं उपत्यकामा मात्र १२ हजार सुरक्षाकर्मी परिचालन हुने नेपाल प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) कुबेर कडायतले जानकारी दिए । प्रहरीले अति संवेदनशील क्षेत्रमा कुकुरबाट चेकिङ सुरु गरेको छ ।

पुरा पढ्नुहॊस »

साउदीमा मृत्युदण्डको पर्खाइमा तीन नेपाली

दोहा । साउदी अरबमा तीन नेपाली मृत्युदण्डको पर्खाइमा रहेका छन् । साउदी जेलमा रहेका ४ सय ८० जना नेपालीमध्ये तीन जनालाई साउदीको अदालतबाट मृत्युदण्डको घोषणा भएर आएको रियादस्थित नेपाली दूतावासका श्रम सहचारी देवेन्द्र कार्कीले जानकारी दिए । गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदीको आयोजना र नेपाली दूतावास रियादको सहकार्यमा आयोजित ‘श्रमिक समस्या समाधानमा दूतावास र नेपाली सामुदायिक संस्थाको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै श्रम सहचारी कार्कीले तीन नेपालीलाई अदालतबाट मृत्युदण्डको फैसला …

पुरा पढ्नुहॊस »

दसैँका लागि अग्रिम टिकट बुकिङ खुला, भाडा कति ?

काठमाडौं । दसैँका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुला भएको छ । यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष सरोज सिटौलाले आजदेखि अग्रिम टिकट बुकिङ खुला भएको जानकारी दिएका छन् । दसैँ सुरु हुन एक साता बाँकी हुँदा अग्रिम टिकट बुकिङ खुल्ला भएको हो ।

पुरा पढ्नुहॊस »

इजरायलमा ज्यान गुमाएकाहरूको शव पहिचान गर्दै सरकार, फर्किन चाहनेलाई स्वदेश ल्याउने

igrial/इजरायलमा हमासको हमला : नौ नेपाली घाइते, दुईको अवस्था गम्भीर

काठमाडौँ । सरकारले इजरायलमा हमासको आक्रमणमा परी मृत्यु हुने नेपालीको शव पहिचानको काम अन्तिम चरणमा रहेको बताएको छ । आइतबार अबेर विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले मृतकको शव पहिचानको काम अन्तिम चरणमा रहेको बताएको हो । मन्त्रालयकाअनुसार नेपाली नागरिकहरुको संरक्षण र उद्धार गर्न आवश्यक पहल भइरहेको छ । पछिल्लो आक्रमणमा परी १० जना नेपाली नागरिकहरुले ज्यान गुमाएका, एक जना सम्पर्क विहिन रहेका र केही घाईते अवस्थामा रहेका पुष्टि भएको छ । मृतकहरुको शव पहिचानको गर्ने कार्य अन्तिम चरणमा रहेको छ' विज्ञप्तिमा छ,'मृतकहरुको शव पहिचान गरी यथाशक्य छिटो नेपाल ल्याउन एवं घाईतेहरुको उद्दार र उचित उपचारको प्रबन्ध गर्न इजरायल सरकार समक्ष अनुरोध भईसकेको छ ।'

पुरा पढ्नुहॊस »

हमासको इजरायल आक्रमणमा १० नेपालीको मृत्यु

काठमाडौँ । इजरायलमा हमास समुहले गरेको आक्रमणमा परी १० जना नेपालीहरूको मृत्यु भएको छ । इजरायल र गाजाको सीमा क्षेत्रको कृषि फर्ममा काम गर्ने नेपालीहरूको मृत्यु भएको हो । यद्यपी औपचारिक रुपमा परराष्ट्रले अझै जानकारी दिएको छैन । मृत्यु हुनेको विवरण संकलन गर्ने काम भइरहेको र यस आक्रमणमा सुदूरपश्चिम विश्वविद्यालयबाट प्रयोगात्मक अध्ययनका लागि गएका विद्यार्थीहरू परेका आशंका गरिएको छ । आक्रमणमा घाइते भएका नेपालीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । …

पुरा पढ्नुहॊस »

जोगिए महरा, राहुलसहित चार जनालाई मुद्दा चलाइने

काठमाडौं । विद्युतीय सिगरेट (भेप) मार्फत गरिएको नौ किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय पुगेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) अनुसन्धान प्रतिवेदन आइतबार वकिल कार्यालय पेश गरेको हो । भेप प्रकरणमा जोडिएका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एव पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुलसहित चार जनालाई मुद्दा चलाउन राय दिएको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिएका छन् । राहुल १३ भदौमा पक्राउ परेका थिए …

पुरा पढ्नुहॊस »

ओली बोलिरहँदा भीम रावल जिन्दाबाद भन्ने नारा लागेपछि…

काठमाडौं । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशन उद्घाटन शत्रमा अध्यक्ष केपी शर्मा ओली बोली रहँदा कार्यकर्ताले भीम रावल जिन्दाबाद भन्दै नारा लगाएका छन् । ओली बोल्ने क्रममा फ्लोरबाट भीम रावल जिन्दाबाद भन्दै नारा लागेको हो । ती कार्यकर्तालाई वरिपरिका सहभागीले शान्त गराएका थिए । मञ्चमा बोल्दै गरेका ओलीले भने रावलको नाम लगेका छैनन् ।

पुरा पढ्नुहॊस »

इजरायलमा रहेका नेपालीको उद्धार गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले इजरायलमा रहेका नेपालीलाई उद्धार गरेर स्वदेश ल्याउन सरकारसँग माग गरेको छ । आइतबार सभापति शेरबहादुर देउवाको हस्ताक्षर रहेको जारी गरिएको विज्ञप्तिमा कांग्रेसले ‘नेपालीहरूको यकिन तथ्याङ्क पत्ता लगाई उनीहरूको जीवनरक्षा र उनीहरूलाई तत्काल सुरक्षित स्थानमा पु¥याउनका साथै आवश्यक उद्धार गर्ने र यथासम्भव स्वदेश फर्काउनका लागि नेपाल सरकारले अविलम्व कूटनीतिक पहल गर्न नेपाली कांग्रेस जोडदार माग गर्दछ’ उल्लेख गरिएको छ । इजरायलमा कार्यरत नेपालीहरूलाई स्वदेश फर्कने वातावरण निर्माण …

पुरा पढ्नुहॊस »

छोराको खुकुरी प्रहारबाट ६० वर्षीय दिल बहादुरको मृत्यु

काठमाडौं ।  क्व्होलासोथार गाउँपालिका-९ टक्सार बस्ने ६० वर्षीय दिल बहादुर बिकको धारिलो हतियार खुकुरी प्रहारबाट मृत्यु भएको छ । असोज १० गते साँझ खुकुरी प्रहार गर्दा गम्भीर घाइते दिलबहादुरको पश्रिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । आफ्नै छोरा २८ वर्षीय सुजन बिकबीच दाह्री काट्ने जिलेट मेसिन नदिएको विषयलाई लिएर भएको झगडामा सुजनले खुकुरी प्रहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गिलुङबाट खटिएको प्रहरीले सुजनलाई असोज १६ …

पुरा पढ्नुहॊस »

झलनाथको सर्प पाल्ने कार्यक्रममा भ्रष्टाचार : पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको रकम हिनामिना गरेको अभियोगमा मधेश प्रदेशका तत्कालीन आर्थिक मामिलामन्त्रीसहित ७ जनाविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको सर्प पाल्ने कार्यक्रममा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले प्रतिष्ठानका पदाधिकारीहरूलाई पनि प्रतिवादी बनाइएको छ ।

पुरा पढ्नुहॊस »