समाचार

काठमाडौँमा आज यस वर्षको अहिलेसम्मकै चिसो

काठमाडौँ । काठमाडौँ उपत्यकामा आज यस वर्ष अहिलेसम्मकै चिसो भएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियस देखिएको हो । उपत्यकाको मौसम सामान्यतया सफा रहेको छ । ‘यो यस सिजनको अहिलेसम्मकै कम तापक्रम हो’, मौसमविद् अधिकारीले भने, ‘यसअघि काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सबैभन्दा कम ७.४ डिग्री सेल्सियससम्म झरेको थियो, आज त्यसभन्दा पनि तल झरेको हो ।’

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज साथीभाइबाट बढी फाइदा लिने समय छ । नयाँ काम सुरु गर्ने र उमंग बढ्नेछ । आर्थिक कारोबारमा सफलता पाइएला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

धमाधम पक्राउ परिरहँदा पनि सुन तस्कर थप सक्रिय, पछिल्लो १ सातामा २५ किलो बरामद

काठमाडौं । मंसिर विवाह तथा अन्य शुभ साइतको महिना हो । मंसिरमा अरू बेलाभन्दा सुनको माग धेरै हुने गरेको छ । नेपाली प्रचलनअनुसार हरेक कार्यक्रमका लागि सुन आवश्यक मानिने भएकाले पनि मंसिरमा सुनको खपत बढी हुन्छ । नेपाली महिलाहरूले शृंगारका रूपमा पनि सुनका गहनालाई लिने हुँदा विवाह तथा अन्य शुभसाइतका कार्यक्रमहरूमा सुन चाहिन्छ नै । विवाहमा बेहुलीका लागि मात्र नभएर त्यहाँ आउने अन्य महिलाले पनि सुनका गरगहना लगाउने हुँदा लगनको …

पुरा पढ्नुहॊस »

काठमाडौँ महानगरभित्र प्लास्टिकका फूल र रुख राख्न निषेध

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र प्लास्टिकका फूल तथा प्लास्टिकबाट उत्पादन गरिएका रुख राख्न निषेध गरेको छ । वातावरणीय दिगोपनलाई प्रवर्द्धन गर्ने उद्देश्यले महानगरपालिकाले महानगर क्षेत्रभित्र चाडपर्वका लागि प्लास्टिकका फूल तथा प्लास्टिकका रुख प्रयोगमा रोक लगाएको काठमाडौँ महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए । महानगरपालिकाले काठमाडौँभरका सुपरमार्केटमा प्रदर्शनीबाट प्लास्टिकका फूल तथा रुखलाई हटाउने कार्यलाई तीव्रता दिएको आचार्यले बताए । तिहारमा प्लास्टिकका फूलमाला बिक्रीवितरण गर्न रोक लगाएको महानगरपालिकाले अब प्लास्टिकका …

पुरा पढ्नुहॊस »

एनसेलबारे छानविन गर्न समिति गठन

काठमाडौँ । सरकारले एनसेलको शेयर खरिद–बिक्री प्रकरण सम्बन्धमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आयोजित पत्रकार सम्मेलनमा शेयर खरिद–बिक्रीको निर्णय सम्वन्धमा प्रचलित कानूनको परिचालनाको विषय, राजस्व र नेपालमा वैदेशिक लगानीमा पर्न सक्ने असरलगायतका विषयमा अध्ययन तथा छानविन गर्न समिति गठन गरिएको जानकारी दिए । समितिलाई ३० दिनको समय दिइएको छ । पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्मा (दङ्गाल)को संयोजकत्वमा सरकारका सचिव फणिन्द्र गौतम, सहसचिव …

पुरा पढ्नुहॊस »

एनसेल शेयर खरिद बिक्री प्रकरण : सोमवार प्रधानमन्त्रीसँग जानकारी लिइने

काठमाडौँ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले एनसेलको सेयर बिक्री प्रकरणमा छलफल प्रधानमन्त्री पुष्पकमल दाहाललाई बोलाउने भएको छ । शुक्रबार बसेको समितिको बैठकले एनसेल बिक्रीबारे छलफल गर्न मंसिर २५ गते प्रधानमन्त्री प्रचण्डलाई बोलाउने निर्णय गरेको हो । गत साता मलेसियाको कम्पनी आजियटाले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर सतीशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट युकेलाई बिक्री गरेको बताएसँगै यो प्रकरण विवादित बनेको छ ।

पुरा पढ्नुहॊस »

हामी यस्तो भूगोलमा छौँ की यहाँ जुनसुकै बेला पनि ठूलो भूकम्प जाने सम्भावना छ : वरिष्ठ भूकम्पविद् डा. अधिकारी (अन्तर्वार्ता)

खानी तथा भूगर्भ विभागअन्तर्गत रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारी नेपाल भूकम्पीय उच्च जोखिममा रहेको बताउँछन् । उनका अनुसार, नेपालमा एउटै भूकम्प पूर्वदेखि पश्चिमसम्म गएको छैन । पूर्वमा १९९० सालको भूकम्प गएपछि २०४५ सालमा एउटा छुट्टै प्रकृतिको भूकम्प गयो र त्यस क्षेत्रमा ठूलो भूकम्प गएको छैन । नेपालको मध्य क्षेत्रमा २०७२ वैशाखमा गयो र पश्चिम नेपालमा ठूलो भूकम्प सम्भावना छ ।

पुरा पढ्नुहॊस »

प्रधानमन्त्रीले भेटे विपिनका परिवारलाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्यालेस्टाइनी समूह हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीका आमाबुबासँग भेट गरेका छन् । प्रधानमन्त्री दाहालले शुक्रबार बिहान धनगढी विमानस्थलमा विपिनका बुबा महानन्द र आमा पद्मालाई भेटेर विपिनको रिहाईको लागि सक्दो पहल गरिरहेको जानकारी दिए । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा शुक्रबारदेखि सुरु हुन लागेको सुदूरपश्चिम महोत्सवको उद्घाटनका लागि प्रधानमन्त्री दाहाल धनगढी पुगेका हुन् । सोही क्रममा प्रधानमन्त्री दाहालले विपिनका परिवारलाई भेटेर विपिनको रिहाईको लागि …

पुरा पढ्नुहॊस »

त्रैमासिक समीक्षा : भूकम्प प्रभावितलाई २५ लाखसम्मको आवासीय घर कर्जा उपलब्ध गराइने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामार्फत ब्याजदर घटाएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै बैंकले ब्याजदर घटाएको हो । राष्ट्र बैंकले बैंक दरलाई ७ दशमलव ५ प्रतिशतबाट घटाएर ७ प्रतिशत, नीतिगत दरलाई ६ दशमलव ५ प्रतिशतबाट घटाएर ५ दशमलव ५ प्रतिशत र निक्षेप सङ्कलन बोलकबोल दरलाई ४ दशमलव ५ प्रतिशतबाट घटाएर ३ दशमल ० प्रतिशत कायम गरेको छ । विद्यमान …

पुरा पढ्नुहॊस »

ब्ल्याङ्क्वेटले बेरेको युवतीको शव भेटियो, पहिचानका लागि प्रहरीद्वारा तस्बिर सार्वजनिक

काठमाडौँ । गोरखाको पालुङटार युवतीको शव भेटिएको छ । पालुङटार-६ कुमालटारीस्थित गोरेटोबाटोमा बिहीबार करिब ३०/३२ वर्षकी जस्तो देखिने युवतीको शव भेटिएको हो । गोरेटोको बाटो छेउमा ब्ल्यांकेटले बेरेको अवस्थामा भेटिएको शवको सनाखत हुन नसकेको भन्दै गोरखा प्रहरीले फेसबुकमार्फत शवको तस्बिर सार्वजनिक गरेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहॊस »