प्रधानमन्त्रीले भेटे विपिनका परिवारलाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्यालेस्टाइनी समूह हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीका आमाबुबासँग भेट गरेका छन् ।

प्रधानमन्त्री दाहालले शुक्रबार बिहान धनगढी विमानस्थलमा विपिनका बुबा महानन्द र आमा पद्मालाई भेटेर विपिनको रिहाईको लागि सक्दो पहल गरिरहेको जानकारी दिए । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा शुक्रबारदेखि सुरु हुन लागेको सुदूरपश्चिम महोत्सवको उद्घाटनका लागि प्रधानमन्त्री दाहाल धनगढी पुगेका हुन् ।

सोही क्रममा प्रधानमन्त्री दाहालले विपिनका परिवारलाई भेटेर विपिनको रिहाईको लागि सरकारले पहल जारी राखेको बताएका छन् । सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायमा अध्ययनरत जोशी गत भदौ २७ गते इजरायल गएका थिए । सुदूरपश्चिम विश्वविद्यालयबाट उनीसहित ४९ विद्यार्थी ‘लर्न एण्ड अर्न’ कार्यक्रमका लागि त्यहाँ पुगेका थिए ।

गत असोज २० गते हमास समूहले इजरायलमाथि आक्रमण गर्दा १० नेपाली विद्यार्थीको ज्यान गएको थियो । विपिनलाई हमासले नियन्त्रणमा रहेको इजरायलले पुष्टि गरिसकेको छ । यद्यपि, उनको कुनै खबर प्राप्त हुन सकेको छैन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

१५ जना बङ्गलादेशी पक्राउ, अध्यागमन विभागमा बुझाइयो

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रवेशाज्ञाको अवधि समाप्त भएपछि पनि स्वदेश नफर्केका १५ …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds