काठमाडौं । बाला चतुर्दशीमा पशुपतिनाथ मन्दिर परिसरमा शतबीज छर्न आउनेहरुले १३ बुँदे नियम पालना गर्नुपर्ने भएको छ । पशुपति क्षेत्र विकास कोषले शुक्रबार सूचना जारी गरी भक्तजनहरुले पालना गर्नुपर्ने नियमबारे जानकारी गराएको हो । बालाचतुर्दशी पर्व मंसिर २५ गते परेको छ । आफ्ना पितृको स्मृतिमा अघिल्लो दिन रातभर बत्ती बालेर जाग्राम बस्ने र भोलिपल्ट बिहानै शतबीज छर्ने चलन छ ।
पुरा पढ्नुहॊस »अधिकृत खड्काको बिहेमा गाईवस्तुलाई भोज
तुलसीपुर । चैनपुर नगरपालिकाका अधिकृत सुशील खड्काले आफ्नो बिहेमा गाईवस्तुलाई भोज खुवाएका छन् । तुलसीपुर उपमहानगरपालिका १८ अक्कासीमा घर भएका अधिकृत खड्का र तुलसीपुर उपमहानगरपालिका ३ का प्राप्ति कँडेलबीच मङ्सिर १८ गते हेटौँडामा सामान्य विवाह भएको हो । बिहेमा न जन्ती थिए न भोज नै थियो । खड्काले बिहेमा हुने फजुल खर्च कटौती गरेर आफ्नै गाउँ नजिक रहेको गौशालामा गाईवस्तुलाई परालको जोहो गरिदिनुभयो । आदित्यनाथ गौशालामा रहेका गाईवस्तुलाई चार ट्याक्टर …
पुरा पढ्नुहॊस »महोत्सव उद्घाटन गर्न धनगढी उड्दै प्रधानमन्त्री
काठमाडौँ । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा आजदेखि धनगढीमा सुदूरपश्चिम महोत्सवको १७ औँ संस्करण सुरु हुने भएको छ । २ पुससम्म चल्ने महोत्सवका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने तय भएको हो । बिहीबार धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा संघका अध्यक्ष पुष्प कुँवरले दिउँसो साढे १२ बजे प्रधानमन्त्री प्रचण्डले महोत्सवको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको बताए । प्रधानमन्त्री बुद्ध एयरको विमानमार्फत धनगढी जानेछन् भने आजै साँझ काठमाडौँ फर्किने छन् । …
पुरा पढ्नुहॊस »अमेरिका पठाईदिन्छु भनि ६५ लाख ठग्ने कैलालीका न्यौपाने पक्राउ
काठमाडौँ । अमेरिकामा तीन लाखको रोजगारीमा लगाई दिने लोभ देखाएर एक व्यक्तिले पाँच जनाबाट ६५ लाख ठगी गरेका छन् । कैलालीको टीकापुर घर भई काठमाडौँको कोटेश्वर बस्ने २८ वर्षका रमेश न्यौपानेले गणेश अधिकारीलगायत पाँच जनाको यसरी पैसा कुम्याएर भागेका खुलेको हो । पैसा लिएर न्यौपाने सम्पर्कविहीन भएपछि पीडितले दिएको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको छ । वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिने र त्यसबापत प्रतिव्यक्ति ४५ लाख लाग्ने बताएर उनले …
पुरा पढ्नुहॊस »विमानस्थलबाट १४ किलो सुन बरामद, चन्द्र र मीन पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १४ किलो सुनसहित एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा फ्लाइ दुबईबाट बिहीबार राति काठमाडौं उत्रिएका गोरखा बारपाकका चन्द्र घले हुन् ।
पुरा पढ्नुहॊस »आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)
आज अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ला । झुटा आरोप पनि खेप्नुपर्ला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।
पुरा पढ्नुहॊस »‘पोइजन इन्फरमेसन सेन्टर’ सञ्चालनमा
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले ‘पोइजन इन्फरमेसन सेन्टर’ (विष सूचना केन्द्र) को सेवालाई स्थानीय तहसम्म पुर्याउनुपर्ने आवश्यकता औँल्याएका छन् । त्रिवि शिक्षण अस्पताल, क्लिनिकल फर्माकोलोजी विभागद्वारा आज आयोजित ‘पोइजन इन्फरमेसन सेन्टर’ को शुभारम्भ गदै उनले शिक्षण अस्पतालले शिक्षा र स्वास्थ्यका क्षेत्रमा उल्लेखनीय काम गरिरहेको छ भने । ‘यो सेन्टरले विष सेवनका कारण उपचारमा आउने गरेका समस्यालाई निराकरण गर्न टेलिमेडिसिनकै काम गर्ने छ । शिक्षण अस्पतालले उपलब्ध गराएको सम्पर्क …
पुरा पढ्नुहॊस »राष्ट्रियसभाको निर्वाचनमा भाग लिने राप्रपाको निर्णय
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले पार्टीको नियमावली–२०८० लाई विधान मस्यौदा समितिमा पठाइ रायसहित केन्द्रीय कार्यसमितिको बैठकमा पेस गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले आगामी पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसलाई केन्द्रीय तह सहित पार्टीको सबै तहमा उत्सवका रुपमा मनाउने निर्णय गरेको छ । बैठकले आसन्न राष्ट्रियसभाको निर्वाचनमा राप्रपा सहभागी हुने र यसका लागि अन्य दलसँग …
पुरा पढ्नुहॊस »जब प्रहरीलाई नै एक बोतल पानी ४० रुपैयाँमा बेचियो
काठमाडौं । काठमाडौं महानगरपालिकाले एक बोतल पानीको मूल्य दोब्बर माग्ने एक जना पसलेलाई १० हजार जरिवाना तिराएको छ । बुधबार दिउँसो ड्युटी गरिरहेका दुई जना ट्राफिक प्रहरीले पानी किन्न जाँदा दोब्बर रकम मागेपछि काठमाडौं प्लाजासँगै जोडिएको पसलका सञ्चालक सजन गोठलाई महानगरले १० हजार जरिवाना तिराएको हो । पानी किन्न पुगेका दुई ट्राफिक प्रहरीलाई समेत पसलले प्रतिबोतल ४० रुपैयाँका दरले लिएका थिए । प्रतिबोतल १५ देखि २० रुपैयाँसम्म पर्ने पानीको मूल्य …
पुरा पढ्नुहॊस »नक्कली भुटानी शरणार्थी प्रकरणः सन्दीप रायमाझीसहित ६ जना जेलमुक्त
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नको अभियोगमा जेल परेका ६ जना रिहा भएका छन्। उच्च अदालत पाटनले तोकेको धरौटी बुझाउने ५ जना र साधारण ताखेरमा छाड्न आदेश एक जना गरी ६ जना बिहीबार जेलबाट रिहा भएका हुन् । धरौटी तिरेर रिहा हुनेमा सन्दीप रायमाझी, शमशेर मियाँ, नरेन्द्र केसी, हरिभक्त महर्जन र रामशरण केसी छन् भने आशिष बुढाथोकी साधारण तारेखमा छुटेका हुन् । ६ जनालाई थुनामुक्त गरिएको केन्द्रीय कारागार प्रशासनले …
पुरा पढ्नुहॊस »