धुलिखेल । काठमाडौं विश्वविद्यालयले यस हप्ता आफ्नो स्थापना दिवस तथा दीक्षान्त समारोहका कार्यक्रम आयोजना गर्ने भएको छ । विश्वविद्यालयले ३२औं स्थापना दिवसको अवसर पारेर सोमबार स्थापना दिवस तथा बुधबार, मङ्सिर २७ गते दीक्षान्त कार्यक्रम आयोजना गर्न लागेको हो । विश्वविद्यालयले यसबारे पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । स्थापना दिवस समारोहमा विशिष्ट तीन विशिष्ट विद्वानहरूको अभिनन्दन गर्ने कार्यक्रम रहेको विश्वविद्यालयले जनाएको छ । अभिनन्दित हुनेमा काठमाडौं विश्वविद्यालयको चिकित्साशास्त्र विभागका संस्थापक डीन …
पुरा पढ्नुहॊस »भारतको जोगबनीमा नेपाली युवक ‘निर्दोष’माथि गोली प्रहार
काठमाडौँ । भारतको जोगबनीमा विराटनगरका एक नेपाली युवकमाथि गोली प्रहार भएको छ । आइतबार साँझ भारतीय सीमाक्षेत्र नजिकै जोगबनीमा विराटनगर-८ मधुमाराका २७ वर्षीय निर्दोष संग्रौलामाथि गोली प्रहार भएको हो । बायाँ खुट्टामा गोली लागेका घाइते संग्रौलाको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ । विराटनगर-१६ दक्षिण गेटदेखि पारी भारतीय भूमिमा अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रञ्जन दाहालले जानकारी दिए । उनकाअनुसार उपभोग्य खाद्यवस्तु खरिदका …
पुरा पढ्नुहॊस »हङकङ ट्रेल रेसमा धाविका सुनमायाले बनाइन् नयाँ कीर्तिमान
काठमाडौं । हङकङमा आयोजित साहसिक खेल अल्ट्रा ट्रेल रेसमा नेपालकी सुनमाया बुढाले प्रथम स्थान हात पारेकी छिन् । सुनमायाले हङकङमा ‘द नर्थ फेस १०० अल्ट्रा ट्रेल च्यालेन्ज २०२३’ को उपाधि हात पार्न सफल भएकी हुन् । हङकङको न्यू टेरिटोरीस्थित ताइमेई तू बाट गत शुक्रबार राति १० बजे सुरु भएको एक सय किलोमिटरको प्रतिस्पर्धामा सुनमायाले १४ घण्टा ४० मिनेटमा निर्धारित दूरी पार गरी प्रथम भएकी हुन् । यो कीर्तिमानले उनलाई शीर्षस्थानमा …
पुरा पढ्नुहॊस »रक्सीले मातेका शिक्षक मध्यरात परस्त्रीको घरमा घुसेपछि भेटे कुटाइ
डडेल्धुरा । अहिले सामाजिक सञ्जालमा डडेल्धुराको एउटा भिडियो भाइरल छ । परशुराम नगरपालिका(१ का शिक्षक ‘मदिरा सेवन गरि परस्त्रीको घर’मा भनेर सामाजिक सञ्जालमा उक्त भिडियो छ्याप छ्याप्ति भाइरल छ । जसमा केही स्थानीयले उनलाई कुटपिट गरेका छन् । ती शिक्षक भनिएका व्यक्तिको मुखभरी रगत देखिन्छ । ५२ सेकेन्डको भिडियोमा ती व्यक्ति रक्सीले मात्तिएको देख्न सकिन्छ । भिडियोमा बोल्दै उनी भन्छन्, ‘मैले ऊसँग फोन कहिले गरेको छु, ऊसँग कुरा कहिले गरेको …
पुरा पढ्नुहॊस »१२ ठेकेदार कम्पनी परे कालोसूचीमा (कम्पनी र व्यक्तिको नाम)
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले विभिन्न १२ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ कम्पनीलाई एकदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा राखेको हो । कालोसूचीमा राखिएका व्यवसायी/आपूर्तिकर्ता कम्पनीहरूले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् । कालोसूचीमा परेका ठेकेदार कम्पनीहरू :-
पुरा पढ्नुहॊस »आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)
आज शुभकार्यको चर्चा चल्नेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । चिताएको कामले तीव्रता पनि लिनसक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।
पुरा पढ्नुहॊस »कारसँग स्कुटर ठोक्किँदा डेन्टल पढिरहेका दुई युवतीको मृत्यु
काठमाडौँ । पोखराको जिएमसी कलेजमा अध्ययनरत दुई छात्राको सवारी दुर्घटनामा मृत्यु भएको छ । पोखरा-२६ स्थित सुन्दर बजार क्षेत्रको सडकमा कारसँग स्कुटर ठक्कर खाँदा बीबीएस (ब्याचलर इन डेन्टल सर्जन) चौथो वर्षमा अध्ययन गर्दै गरेका विद्यार्थीको मृत्यु भएको हो । कास्की प्रहरीका अनुसार मुत्यु हुनेमा पोखरा महानगरपालिका-२५ हेम्जाकी २३ वर्षीया अनिशा खड्का र पोखरा-५ निवासी २४ वर्षकी भावना बराल छन् । आइतबार अपराह्न करिब ४:१५ बजे पोखराबाट तालचोकतर्फ जाँदै गरेको बीएए …
पुरा पढ्नुहॊस »आज बालाचतुर्दशी : पशुपतिलगायत शिवालयमा शतबीज छरिँदै (तस्बिरहरु)
काठमाडौँ । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छरिँदैछ । आइतबार रातभर दीपदान गरी बसेका भक्तजनले सोमबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउँछन् । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिनाथमा आउँछन् । पशुपतिनाथ आउन नसक्ने भक्तजनले भने आआफ्ना घर नजिकैको शिवालयमा त्रयोदशीको बेलुकीदेखि महादीपदान गरी चतुर्दशीका दिन बिहान शतबीज छर्छन् । देशका …
पुरा पढ्नुहॊस »प्रधानमन्त्री प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार गजुरेलले दिए राजीनामा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएका छन् । गजुरेलले २० मंसिरमा राजीनामा दिए पनि अहिलेसम्म स्वीकृत भने भइसकेको छैन । राजीनामा दिनुको कारण पछि खुलाला गर्ने उनको प्रतिक्रिया छ । ‘मैले बाध्यताले राजीनामा दिएको होइन । अन्य कारणले राजीनामा दिएको हो । यसबारे अहिले पछि जानकारी गराउँछु’, उनले भने । नेकपा माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका गजुरेललाई प्रधानमन्त्री प्रचण्डले २०७९ माघ ९ गते प्रमुख …
पुरा पढ्नुहॊस »व्यारेकमै करेण्ट लागेर सेनाको मृत्यु
काठमाडौं । नुवाकोटमा सेनाको व्यारेकभित्रै करेण्ट लागेर एक जना सैनिकको मृत्यु भएको छ । बिदुर नगरपालिका-६ देवीघाट जलविद्युत केन्द्र परिसरमा रहेको सेनाको व्यारेकमा शनिबार बेलुकी करेण्ट लाग्दा कार्यरत सेनाको मृत्यु भएको हो । लापरवाहीपूर्ण छोडिएको करेण्ट लाग्दा सेनाको जवरजंग गण, देबीघाट ब्यारेकमा कार्यरत हवल्दार रामेछापको लिखु तामाकोसी गाउँपालिका-६ का ३२ वर्षीय रामकुमार कार्कीको मृत्यु भएको हो । करेन्ट प्रवाहित तारमा छोएको बाँसमा छुँदा सख्त घाइते भएका कार्कीलाई उपचारका लागि नुवाकोट …
पुरा पढ्नुहॊस »