समाचार

ज्ञानेन्द्र शाही पनि दुर्गा प्रसाईंको आन्दोलनमा

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आह्वानमा बल्खुमा भएको आन्दोलनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवक्तासमेत रहेका प्रतिनिधि सभा सांसद ज्ञानेन्द्र शाही पुगेका छन् । राप्रपा नेता शाही र प्रसाईं बल्खुमा सँगै देखिएका हुन् । प्रसाईं पक्षले बिहीबार बल्खु क्षेत्रमा प्रदर्शन गरिरहेका छन् । राप्रपाभित्र प्रसाईंको आन्दोलनलाई समर्थन गर्ने कि नगर्ने भन्ने दुविधा छ । पार्टीले कुनै आधिकारिक निर्णय गरेको छैन । बैंकको ऋण माफ गर्नेसँगै राष्ट्र, राष्ट्रियता, धर्म र संस्कृति …

पुरा पढ्नुहॊस »

बल्खुमा झडप, पानीको फोहरा र अश्रुग्याँस प्रहार

काठमाडौँ । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनकारीबीच झडप भएको छ । प्रसाईँलाई प्रदर्शन गर्नका लागि बल्खु तोकिएपनि प्रदर्शनकारी कालीमाटीतर्फ लाग्न खोजेपछि प्रहरीले रोक्दा झडप भएको हो । झडपपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्याँस प्रहार गरेको छ । त्यस्तै, प्रहरीले आन्दोलनकारीमाथि पानीको फोहरा समेत प्रहार गरेको छ । प्रहरीले प्रदर्शनकारीलाई बल्खुमा नै रोकिराखेको छ । कालीमाटीतर्फ अघि बढेको आन्दोलनकारीको गाडीको साँचो समेत प्रहरीले खोसेको छ । प्रदर्शनकारीले पनि प्रहरीमाथि ढुङ्गा …

पुरा पढ्नुहॊस »

बिहीबारको मन्त्रिपरिषद्ले गर्‍यो पाँच निर्णय

काठमाडौँ । सरकारले नेपाली सेनाका उपरथी ताराध्वज पाण्डे र ऊर्जा मन्त्रालयका सचिव दिनेश कुमार घिमिरेले दिएको राजीनामा स्वीकृत गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले योसहित पाँच निर्णय गरेको हो । उमेर विवादमा परेपछि प्रधानसेनापतिको रोलक्रममा रहेका पाण्डेले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका थिए । उनले दिएको राजीनामा २०८० कात्तिक २४ गतेबाट लागु हुने गरी मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् …

पुरा पढ्नुहॊस »

हाम्रो विरोध प्रदर्शनमा घुसपैठ हुनसक्छ : अध्यक्ष थेवे

काठमाडौँ । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेवेले विरोध प्रदर्शनमा घुसपैठको सम्भावना रहेको बताएका छन् । युवासंघको प्रदर्शन स्थल तीनकुनेमा पत्रकारहरूसँग कुरा गर्दै उनले घुसपैठ हुने सम्भावना रहेकाले आफूहरू सजग रहेको बताएका हुन् । उनले आफूहरूले आयोजना गर्न लागेको कार्यक्रम शान्तिपूर्ण हुने तर्क गरे । ‘हामीले प्रशासनलाई पटकपटक जानकारी गराएका छौँ । आजको हाम्रो कार्यक्रममा पनि घुसपैठ हुने सम्भावना छ’, उनले भने, ‘हामी जिम्मेवार छौँ । …

पुरा पढ्नुहॊस »

धनकुटामा टिकाराम दम्पतीसहित ११ वर्षीय छोरा मृत फेला

काठमाडौं । धनकुटामा एकै परिवारका तीन जना मृत फेला परेका छन् । धनकुटा नगरपालिका-१ निगालेको एक घरभित्र बिहीबार बिहान तीन जना मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी राजबाबु महर्जनकाअनुसार निगालेमा ३५ वर्षीय टिकाराम गुरुङ, उनकी श्रीमती भिमा गुरुङ र उनीहरूको ११ वर्षीय छोरा आयुष घरभित्रै मृत फेला परेका हुन् । टिकारामको शव घरको दलिनमा झुण्डिएको अवस्थामा फेला परेको तथा उनकी श्रीमती भिमा र छोरा आयुष …

पुरा पढ्नुहॊस »

काठमाडौँमा सवारी लिएर निस्कँदा यी नम्बरमा फोन गर्नुस्

काठमाडौँ । ट्राफिक प्रहरीले आज काठमाडौँ उपत्यकामा सवारीसाधन लिएर निस्कँदा फोन गर्न अनुरोध गरेको छ । उपत्यकामा नेकपा एमालेको भ्रातृ संगठन र दुर्गा प्रसाईँको समूहले छुट्टाछुट्टै स्थानमा शक्ति प्रदर्शन गर्न लागेकाले सवारीसाधन लिएर निस्कनुअघि प्रहरीलाई फोन गर्न अनुरोध गरिएको हो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आज उपत्यकाभरि नै यातायात अस्तव्यस्त हुने सम्भावना देखिएकाले अत्यावश्यक काम भए मात्र सवारीसाधन लिएर सडकमा निस्कने र त्यसअघि प्रहरीका नम्बरमा फोन गर्न भनिएको …

पुरा पढ्नुहॊस »

भारतले दिएको १५ वटा मुर्रा राँगा नेपाल आइपुगे

काठमाडौं । भारतले अनुदानमा दिएको उन्नत जातका १५ वटा मुर्रा राँगा बुधबार नेपाल आइपुगेका छन् । भारत सरकारबाट नेपाललाई बस्तुगत सहायतास्वरुप उच्च प्रजनन क्षमताका मुर्रा राँगा उपलब्ध गराउने सहमति भएअनुसार बाँकेको जमुनाहा नाका हुँदै मुर्रा राँगा नेपाल भित्रिएका हुन् । उपलब्धता र भौगोलिक समानतासमेतका आधारमा सम्भावित क्षेत्र पहिचान गरी उच्च प्रजनन क्षमताका मुर्रा राँगा नेपाल ल्याउन नेपाल सरकारले लामो प्रयास गरिरहेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पछिल्लो भारत भ्रमणका …

पुरा पढ्नुहॊस »

हरिबोधिनी एकादशी : तुलसी र दामोदरको विवाह गरिँदै, यस्तो छ धार्मिक मान्यता

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् । विष्णु क्षीरसागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्धजस्ता माङ्गलिक कार्य …

पुरा पढ्नुहॊस »

प्रसाईं र युवा संघको प्रदर्शन आज, दुवैले भक्तपुरबाट जुलुस निकाल्ने (रुटसहित)

काठमाडौं । एमाले निकट युवा संघ र मेडिकल व्यवसायी तथा गणतन्त्र विरोधी अभियन्ता दुर्गा प्रसाईं समूहले आज विरोध प्रदर्शन गर्दैछन् । दुवै समूहले माइतीघरमा प्रदर्शन गर्ने घोषणा गरेका भएपनि प्रशासनले यो क्षेत्रमा निषेधाज्ञा जारी गरेर प्रदर्शनका लागि फरक-फरक स्थान तोकिदिएको छ । यसअनुसार युवा संघले तीनकुनेमा र प्रसाईं समूहले बल्खुमा प्रदर्शन गर्नेछन् । युवा संघले सल्लाघारीबाट र प्रसाईं नेतृत्वको समूहले सानो ठिमीस्थित एसओएसबाट जुलुस निकाल्ने भएका छन् । युवा संघको …

पुरा पढ्नुहॊस »

चित्लाङ केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प

काठमाडौं । मकवानपुरको चित्लाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । बिहीबार बिहान १ बजेर १९ मिनेट जाँदा मकवानपुरको चित्लाङआसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का मकवानपुरका विभिन्न ठाउँ, काठमाडौं र आसपासका जिल्लामा समेत महसुस भएको छ । यसअघि गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्द्र भएर शक्तिशाली भूकम्प गएको थियो । सो भूकम्पबाट ठुलो धनजनको क्षति भएको थियो ।

पुरा पढ्नुहॊस »