काठमाडौं । नेपाली सेनाका उपल्लो तहका जर्नेलहरूको जन्ममिति र शैक्षिक प्रमाणपत्रसम्बन्धी विवादले आगामी प्रधानसेनापति को बन्ने ? भन्ने प्रश्न उब्जिएको छ । हालका प्रधानसेनापति प्रभुराम शर्माको अवकाशपछि प्रधानसेनापतिको रोलक्रममा रहनुभएका जर्नेल ताराध्वज पाण्डेको जन्ममिति विवादका कारण राजीनामा दिएसँगै आगामी प्रधानसेनापति को हुने ? भन्ने प्रश्न उब्जिएको हो । हालका प्रधानसेनापति शर्माले आगामी भदौ २४ गतेदेखि अनिवार्य अवकाश पाउँदै हुनुहुन्छ । उहाँले अवकाश पाएपछि प्रधानसेनापति हुने भनिएका जर्नेल पाण्डेको बढुवाको सिफारिस …
पुरा पढ्नुहॊस »आगो ताप्दा सिलिण्डर पड्कियो, लोकबहादुरको घटनास्थलमै मृत्यु
सिन्धुपाल्चोक । आगो ताप्ने क्रममा काठले बारेको जस्तापाताको छानो भएको एकतले घरमा आगलागी हुँदा बाह्रबिसेमा एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा बाह्रबिसे नगरपालिका–८ का ४५ वर्षीय लोकबहादुर नेपाली रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले घरभित्र आगो बाली ताप्ने क्रममा आगलागी भई एलपी ग्यास सिलिण्डर पड्किँदा सो घटना भएको जानकारी दिए । आगलागीबाट लोकबहादुरको पूरै शरीर जलेर घटनास्थलमै सोमबार साँझ मृत्यु भएको …
पुरा पढ्नुहॊस »आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)
आज आफन्तसँग सहकार्यको अवसर मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । एउटै कामबाट दोहोरो लाभ पनि मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।
पुरा पढ्नुहॊस »बेलायत पुगेको चार दिनमै नेपाली विद्यार्थीको निधन
काठमाडौँ । बेलायतमा एक नेपाली महिलाको निधन भएको छ । चार दिनअघिमात्रै विद्यार्थी भिसामा बेलायत पुगेकी स्याङ्जा बिरुवा-४, ओरस्टेकी कमला गुरुङको आइतबार निधन भएको हो । बीपीपी यूनिभर्सिटी वेष्ट लण्डनमा मास्टर्स गर्न पुगेकी ३१ वर्षकी कमलालाई डिसेम्बर ३ तारिख बिहान पेट दुख्ने, वान्ता र दिसा लागेपछि घरमै तातोपानी खुवाएर राखिएको थियो । दिउसो ३ बजेतिर सिकिस्त भएपछि एम्बुलेन्स बोलाएर रेडिङस्थित रोयल बर्कसायर अस्पतालको इमर्जेन्सी लगियो । तर साँझ ८ बजेतिर …
पुरा पढ्नुहॊस »सर्वोच्चलाई सरकारको जवाफ- ‘युवायुवतीको अनैतिक क्रियाकलाप नियमन सम्भव नभएपछि टिकटक प्रतिबन्ध’
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल टिकटकका गतिविधि नियमन गर्न सम्भव नभएकाले प्रतिबन्ध नै लगाउनुपरेको बताएको छ । टिकटक प्रतिबन्ध विरुद्ध परेका रिट निवेदनहरुको सुनुवाइका क्रममा सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ माग गरेको थियो । सञ्चार मन्त्रालयले १४ मंसिरमा लिखित जवाफ पठाउँदै टिकटकको स्वनियमन कमजोर रहेको र रियल टाइमका सामग्री हटाउन नसकिने भएकाले प्रतिबन्ध नै लगाउनुपरेको जिकिर गरेको हो । सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउतले सर्वोच्च अदालतमा …
पुरा पढ्नुहॊस »पश्चिमका उच्च पहाडी क्षेत्रमा हिमपात, किसान खुसी
काठमाडाैं । पश्चिम नेपालका उच्च पहाडी भूभागमा हिमपात भएको छ । कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रमा बिहानै हिमपात भएको हो । कर्णालीको हिमाली जिल्ला मुगु र हुम्लामा गएरातिदेखि हिमपात भएको छ । जनजीवन कष्टकर बने पनि किसानमा खुशी छाएको छ । चिसो बढ्न थालेसँगै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र …
पुरा पढ्नुहॊस »अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गर्ने गिरोह पक्राउ
काठमाडौं । नेपाल प्रहरीले अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गर्ने गिरोहलाई पक्राउ गरेको छ । प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको दरबारमार्ग, नयाँ बसपार्क, तिलेङ्गेटार, बानेश्वरलगायत स्थानमा यौन व्यवसाय सञ्चालन गर्ने गिरोहलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा रामेछापका २७ वर्षीय छत्रबहादुर रोक्का, ओखलढुङ्गाका ३३ वर्षीय गोपाल थापा, सिन्धुलीका ४४ वर्षीय सेते कार्की, सल्यानका २५ वर्षीय शिवराज परियार र नुवाकोटका ३० वर्षीय अमृत रोक्का रहेका छन् …
पुरा पढ्नुहॊस »ताल्चा विमानस्थलमा हिउँ परेको मनमोहक दृष्य (भिडिओ)
मुगु । मुगुमा हिमपात भइरहेको छ । मौसम बदली भएसँगै सोमबार बिहानैदेखि जिल्लाका उच्च हिमाली क्षेत्रमा हिमपात भईरहेको हो । वर्षात तथा हिमपातले अत्यधिक चिसो बढेपछि मुगुमा आवतजावत प्रभावित बनेको छ । समयमै पानी र हिउँ पर्दा स्थानीय कृषक भने खुशी भएका छन् । यो वर्ष मंंसीरमै हिउँ परेपछि अन्नबाली र फलफूल उत्पादन राम्रो हुने कृषकहरू बताउँछन् । हिउँ परिरहको भिडिओ ताल्चा विमानस्थल आसपासको हो ।
पुरा पढ्नुहॊस »ताप्लेजुङमा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु
काठमाडाैं । ताप्लेजुङको सिरीजंघा गाउँपालिका–८ याम्फुदिनमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गए राति भएको उक्त दुर्घटनामा परी फुङ्लिङ नगरपालिका–५ का अन्दाजी ३० वर्षीय सवारी चालक निशान लिम्बूको निधन भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा कार्यरत प्रहरी निरीक्षक तथा सूचना अधिकारी कमल लुंगेलीले जानकारी दिए । उनका अनुसार याम्फुदिनको भोटे गाउँबाट छेबुक तर्फ जाने क्रममा प्र.१–०१–००१ ज.३४३७ नम्बरको बोलेरो गाडी दुर्घटनामा परेको हो । दुर्घटनामा सोही गाडीकै चालक …
पुरा पढ्नुहॊस »नेपालमा टिकटक बन्द गरेकोप्रति चीन असन्तुष्ट
काठमाडौं । सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णयप्रति चीनले आपत्ति जनाएको छ। कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेपछि चिनियाँ पक्षले आपत्ति जनाएको हो। टिकटक चिनियाँ कम्पनी बाइट डान्सले बनाएको एप हो। छोटो(छोटो भिडियोमार्फत् शिक्षा र मनोरञ्जन प्रदान गरेर समाजमा सकरात्मक सन्देश दिन सकिने भए पनि नेपालमा टिकटक अश्लिल हुँदै गइरहेको थियो। सरकारले पिन टिकटकबाट भइरहेको विकृति रोक्न उक्त एप बन्द गरेको बताउँदै आएको छ। …
पुरा पढ्नुहॊस »