एनसेल शेयर खरिद बिक्री प्रकरण : सोमवार प्रधानमन्त्रीसँग जानकारी लिइने

काठमाडौँ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले एनसेलको सेयर बिक्री प्रकरणमा छलफल प्रधानमन्त्री पुष्पकमल दाहाललाई बोलाउने भएको छ ।

शुक्रबार बसेको समितिको बैठकले एनसेल बिक्रीबारे छलफल गर्न मंसिर २५ गते प्रधानमन्त्री प्रचण्डलाई बोलाउने निर्णय गरेको हो ।

गत साता मलेसियाको कम्पनी आजियटाले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर सतीशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट युकेलाई बिक्री गरेको बताएसँगै यो प्रकरण विवादित बनेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री