काठमाडौं । त्रिवि शिक्षण अस्पतालले सोमबार विहान भएकाे विमान दुर्घटनाका मृतकको शव आफन्तलाई बुझाउन थालेकाे छ। सोमबार राति तीनजनाको पोस्टमार्टम गरिएको अस्पतालले वताएकाे छ।
सोमबार दिउसो भएको युएस बङ्ला विमान दुर्घटनामा २२ नेपाली र विदेशी नागरिक गरी जम्मा ४९ जनाले ज्यान गुमाएका छन् । अहिले त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागले मृतकको हुलिया र जाहेरीसहितको विवरण लिर्इरहेकाे छ। अस्पतालका अनुसार पोस्टमार्टम गर्न चार दिन लाग्ने छ। अहिले त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागमा मृतकका आफन्तले रुवाबासी गरिरहेका छन् ।
साे विमानमा ३७ पुरुष, २८ महिला तथा दुई बालबालिका तथा चालक दलका सदस्य चार जना थिए । जसमा ३३ नेपाली, ३२ बंगलादेशी, एक चिनियाँ तथा एक माल्दिभ्सका नागरिक भएको त्रिभुवन अन्तर्राष्ट्रियस्थल नागरिक उड्डयन कार्यालयले वताएकाे छ । दुर्घटनामा घाइते भएका २२ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।




