राष्ट्रपति निर्वाचनः मतदान सम्पन्न

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि भएको निर्वाचनको मतदान सम्पन्न भएको छ । संघीय संसद्का सदस्य जीपछिरिङ लामा तथा प्रदेशसभा सदस्य दामा शर्माले ठीक १० बजे पहिलो मतदान गरेपछि सुरु भएको थियो ।

संघीय संसद् भवन नयाँ बानेश्वर परिसरको पूर्वतर्फको खाली स्थानमा संघीय संसद् र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको थियो । विहान १० बजेदेखि अपराह्न ३ः०० बजेसम्मका लागि तोकिएको थियो ।

राष्ट्रपतिको निर्वाचनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वसांसद कुमारी लक्ष्मी राई प्रतिष्पर्धामा रहेका छन् ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

उपनिर्वाचनको मौन अवधि सुरु, के-के गर्न पाइँदैन ?

काठमाडौं । स्थानीय तह उपनिर्वाचनको मौन अवधि शुक्रबारदेखि सुरु भएको छ । निर्वाचन आयोगले निर्वाचन …

प्रतिकृया दिनुहॊस