आज सरकार विस्तार : भागबन्डा मिलाउन तीन मन्त्रालय थप्न गृहकार्य

काठमाडौं । सरकारले तीन मन्त्रालय थप गरी आज सरकार विस्तार गर्ने गृहकार्य गरेको छ। मन्त्रालय भागबन्डा नमिलेपछि तीनवटा मन्त्रालय थपेर आज मन्त्रिपरिषद् विस्तार गर्ने अन्तिम तयारी रहेको हो।

सरकारले ३० मन्त्रालयलाई घटाएर तीन साताअघि १७ मन्त्रालय बनाउने निर्णय गरेको थियो तर संघीय समाजवादी फोरमसँगको पटकपटक छलफलका क्रममा भागबन्डा नमिलेपछि सरकार तीन मन्त्रालय थप्न वाध्य भएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवबीच पटकपटक छलफल गरेका छन्। बिहीबार राति १२ बजेसम्म मन्त्रिपरिषद् बैठक बसेको थियो। सो क्रममा पाँचवटासम्म मन्त्रालय टुक्राउने बारेमा छलफल भएपनि तीन वटा मात्र थप गर्न निर्णय भएको एक मन्त्रीले जानकारी दिए।

सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय टुक्राएर छुट्टै अपुर्ति मन्त्रालय थप्ने गृहकार्य गरेको छ। त्यस्तै भूमि, कृषि सहकारीबाट कृषि तथा सहकारी मन्त्रालय बनाउने सरकारको तयारी छ। शिक्षा, विज्ञान, प्रविधि, युवा तथा खेलकुद मन्त्रालय टुक्राएर युवा तथा खेलकुद मन्त्रालय छुट्टै बनाउने सरकारको गृहकार्य रहेको छ।

भागबन्डा मिलाउन मन्त्रालय टुक्राउन नहुने विज्ञहरुले सुझाव दिएका छन्। धेरै जसो अधिकार प्रदेश र स्थानीय तहमा गइसकेको भनदै केन्द्रमा सानो मन्त्रिपरिषद् हुँदा राम्रो हुने प्रशासन विज्ञले सुझाएका छन्।

फोरमले गृह, परराष्ट्र, सञ्चार र रक्षाबाट एक, भौतिक, सहरी विकास, स्वास्थ्य, कृषिमध्येबाट एक र सामान्य, वातावरण, भूमिसुधारमध्येबाट एक मन्त्रालयबाट दिनुपर्ने अडान राखेको छ।

संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा सरकारमा जाने तयारी गरेको छ। उसले दुई मन्त्रालय मात्र पाउने संभावना रहेको बुझिएको छ।

अन्‍नपूर्ण पोस्ट् 

बारेमा news

यॊ पनि हेर्नुहॊस

सहकारीको डेढ अर्बभन्दा बढी रकम ठगी फरार मेयर नेपाली भारतबाट पक्राउ

काठमाडौं – सहकारीका बचतबकर्ताको करोडौं रकम अपचलन गरी फरार बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली …

प्रतिकृया दिनुहॊस