काठमाडौं । उपसभामुखमा वाम गठबन्धनबाट एमाले सांसद शिवमाया तुम्बाहाम्फेले उम्मेदवारी दर्ता गरेकी छिन् भने कांग्रेसको तर्फबाट पुष्पा भुसालको उम्मेदवारी दर्ता गरेकी छिन् ।
माओवादीका कृष्णबहादुर महरा सभामुख बनेपछि उपसभामुख एमालेको भागमा परेको हो । सरकारमा जाने तयारीमा रहेको फोरमले पनि उपसभामुख दावी गरेको थियो तर एमालेले तुम्बाहाम्फेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उनी समानुपातिक सांसद हुन् ।
तपाईंको प्रतिकृया




