काठमाडौं । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको भाषामा प्रदेश सरकारका पदाधिकारीले आसन पाए तर शासन गर्न पाएनन् । संयोगमात्र भए पनि पोखरेलले यसो भन्नु र प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीहरुलाई काठमाडौं बोलाउनु एकैपटक भएको छ । प्रदेश सरकारहरु काम गर्ने मेसो नपाएर अन्यौलग्रस्त भइरहेका बेला प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्री, प्रमुख सचिवसहितलाई काठमाडौं बोलाएका हुन् । प्रधानमन्त्रीले उनीहरुसँ ग बुधवार सामुहिक रुपमा छलफल गरी प्रदेश सन्चालनका लागि आवश्यक सहजीकरण गर्ने …
पुरा पढ्नुहॊस »विमान दुर्घटनामा ज्यान गुमाएका वंगलादेशी नागरिकको शव स्वदेश लगियो
काठमाडौँ । युएस–बंगला विमान दुर्घटनामा ज्यान गुमाएका बंगलादेशी नागरिकको शव स्वदेश लागिएको हो । नेपालस्थित बंगलादेशी दूतावासले बुझेर मुस्लिम धर्मअनुसार अन्तिम श्रद्धान्जलि दिएसँगै २३ वटा शव बंगलादेश लागिएको हो । पहिचान गरिएका मृतकहरूमा १० जना महिला, दुईजना बालबालिका र ११ जना पुरूष रहेका छन् ।
पुरा पढ्नुहॊस »एसईई परीक्षाको तयारी पुरा
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) तयारी पूरा भएको जानकारी दिएको छ । यही चैत ८ गते देखि सञ्चालन हुने एसइई परीक्षामा ४ लाख ८५ हजार ५८६ विद्यार्थी सहभागी हुँदैछन् । नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ विद्यार्थीका लागि एक हजार ९ सय ५६ परीक्षा केन्द्रमा सञ्चालन हुने जनाइएको छ । बिहान ८ बजेबाट हुने परीक्षाको सबै तयारी पूरा …
पुरा पढ्नुहॊस »रेशम चौधरीलाई जेलभित्रै शपथ
काठमाडौं । साढे दुई वर्षअगाडिको ‘टीकापुर घटना’ का मुख्य आरोपी रेशम चौधरीलाई ‘जेलभित्रै’ प्रतिनिधिसभा सांसदको शपथ गराउने तयारी भएको छ।सरकारले त्यसको वातावरण निर्माणका लागि राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका नेताहरूसँग छलफल थालेको छ। राजपाको मागका आधारमा सरकारले चौधरीलाई जेलभित्रै शपथ र निर्वाचन जितेको प्रमाणपत्र उपलब्ध गराउने तयारी गरेको गृह मन्त्रालय स्रोतले बतायो। राजपा नेताहरूले चौधरीको मुद्दा फिर्ता लिन गरेको माग अस्वीकार गर्दै अदालतले गर्ने अन्तिम निर्णय नै पर्खने गरी तत्कालका …
पुरा पढ्नुहॊस »उपराष्ट्रपति पुनले आज शपथ लिने
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । उपराष्ट्रपतिको दोस्रो कार्यकालका लागि आइतबार निर्वाचित भएका पुनले आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् । शपथ सोमबार अपराह्न ४ बजे राष्ट्रपतिको कार्यालय शीतल निवासमा हुँदैछ । पुनका प्रेस संयोजक मनोज घर्तीले अपराह्न ४ बजे उपराष्ट्रपतिले शपथग्रहण गर्ने समय तय भएको जानकारी दिए । उपराष्ट्रपतिका लागि शनिबार उम्मेदवारी मनोनयन दर्ता गर्न समय दिइएकोमा वाम …
पुरा पढ्नुहॊस »राष्ट्रिय सभा उपाध्यक्षमा दाहाल निर्वाचित
काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्षमा वाम गठबन्धनकी संयुक्त उम्मेदवार शशिकला दाहाल निर्वाचित भएकी छन् । दाहाल ४५ मतका साथ विजयी भएकी हुन् । उनी माओवादी तर्फबाट प्रदेश २ प्रतिनिधित्व गर्दै राष्ट्रिय सभामा निर्वाचित भएकी हुन् । दाहालले प्रतिद्वन्दी नेपाली कांग्रेसकी बृन्दादेवी आले रानाले ११ मत मात्रै पाइन् । राष्ट्रिय सभाका ५९ सदस्यमध्ये ५६ सदस्यले मत प्रकट गरेका थिए ।
पुरा पढ्नुहॊस »त्रिभुवन विश्वविद्यालयका सुरक्षा गार्ड मृतअवस्थामा भेटिए
काठमाडौँ। त्रिभुवन विश्वविद्यालयको भूगर्भ विभागका सुरक्षा गार्ड मृत अवस्थामा भेटिएका छन् । विभागको सुरक्षामा खटिएका कीर्तिपुर नगरपालिका १० मच्छेगाउँका ५२ वर्षीय गणेश खड्का आइतबार बिहान क्वाटर छेउमा मृत फेला परेको प्रहरीले जनाएको छ । मृतक खड्काको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएछ भने घटनाको बारेमा अनुन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पुरा पढ्नुहॊस »चर्चामा मेयर मेहता,बालबालिकाको परिक्षा शुल्क माफ
रौतहट ।रौतहट जिल्लामा शिक्षाको दृष्टिकोणले अत्यन्तै पिछडिएको ईशनाथ नगरपालिकाका मेयर सन्तोष मेहता अहिले चर्चाको पात्र बनेका छन् । आफ्नो नगरपालिका भित्रका स्थानियको आर्थिक अवस्था निकै जटिल रहेको अनुभुति गर्दै वहाँले ईशनाथ नगरपालिका अन्र्तगत रहेका सम्पूर्ण सामुदायिक विधालयहरुमा अध्यन गर्ने कक्षा १ देखि १० सम्मका बालबालिकाको परिक्षाा शुल्क माफ गर्ने घोषणा गरेका छन् । घोषणा विपरित कतिपय विधालयले अटेरी गर्दे विधार्थीहरु संग परिक्षा शुल्क असुल गरेपछि मेयर मेहताले जानकारी पाउन बितिकै …
पुरा पढ्नुहॊस »सुनसरीको मधुवनमा भीषण आगलागी, ८२ घर जलेर नष्ट
इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–११ इक्राही बस्तीमा शनिबार राति भीषण आगलागी हुँदा कम्तीमा रु ६० लाख बढीको क्षति भएको छ । आगलागीमा कम्तीमा बस्तीमा रहेका ६२ परिवारको झण्डै ८२ वटा कर्कटपाता र फुसका घर जलेर नष्ट भएको वडाध्यक्ष केदार विष्टले प्रारम्भिक जानकारी दिए । क्षतिको यकिन विवरण आउन अझै समय लाग्ने पनि उनको भनाइ छ । आगलागीमा बस्ती नै सखाप भएको तथा केही बालबालिका पनि सामान्य घाइते भएका छन् …
पुरा पढ्नुहॊस »छात्रामाथि दुर्व्यवहार गरेको अभियाेगमा ललितपुर प्याप्सन अध्यक्ष कार्की पक्राउ
ललितपुर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ललितपुरका अध्यक्ष शिव कार्की पक्राउ परेका छन्।उनी होस्टलमा बस्ने छात्रालाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्। ज्ञानकुञ्ज बोर्डिङ स्कुल ताल्छीखेलका प्रधानाध्यापक कार्कीलाई स्कुलको होस्टलमा बस्दैअाएकी एक छात्रालाई दुर्व्यवहार गरेको उजुरी आफन्त तथा पीडित छात्रा अाफैलेसमेत गरेपछि गए राति उनलाई नियन्त्रणमा लिएको प्रहरीले वताएकाे छ। उनीलार्इ महानगरीय प्रहरी वृत्त सातदोबाटोमा राखिएको छभने साे घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले वताएकाे छ ।
पुरा पढ्नुहॊस »