समाचार

ज्वाइँको कुटाईबाट ससुराको मृत्यु

स्याङ्जा । आफ्नै ज्वार्इँले रड प्रहार गरी ससुराको हत्या गरेका छन् । स्याङ्जाको बिरुवा गाउँपालिका–३, राङभाङ बस्ने ७८ वर्षीय मोहनसिंह थापाको  ज्वार्इँ खुमबहादुर थापाले  रड प्रहार गर्दा घाइते बनेका मोहनसिंहको उपचारका क्रममा फिस्टेल अस्पताल, पोखरामा बुधबार मृत्यु भएको  छ। मोहनसिंहको मृत्यु भएसँगै खुमबहादुरलाई प्रहरीले  पक्राउ गरेको छ।

पुरा पढ्नुहॊस »

धादिङमा भूकम्पको धक्का

काठमाडौं । धादिङमा भुकम्पको ठुलो धक्का महसुस गरिएको छ । धादिङको झारलाङ आसपास केन्द्रबिन्दु भएर बिहीबार  बिहान ७ः२१ बजे ४.१ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

पुरा पढ्नुहॊस »

डा. के.सी. र गंगामायाको आन्दोलनलाई कांग्रेसको समर्थन

काठमाडौं । नेपाली कांग्रेसले सरकारले गरेका मनपरी कामविरुद्ध सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ । संसदीय दलको आजको बैठकले सरकारले तोकेका निषेधित क्षेत्र उल्लंघन गर्ने, अनशनरत डा. गोविन्द केसी र गंगामाया अधिकारीलाई समर्थन गर्ने निर्णय गरेको छ । बैठकले मूल्यबृद्धिको विरोध गर्ने निर्णय समेत गरेको जनाइएको छ । कांग्रेसले निषेधित क्षेत्र उल्लंघन गर्ने निर्णय गरेपछि सत्तापक्ष र प्रतिपक्ष सडकमा समेत भिड्ने देखिएको छ । संसदमा कांग्रेसले सत्तापक्षको विरोध गरिरहेको छ …

पुरा पढ्नुहॊस »

नेकपाको सचिवालय बैठकबाट स्थायी समितिको कार्यसूची तय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को केन्द्रीय सचिवालयको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको बैठकले भोलि बस्ने स्थायी समिति बैठकका एजेन्डा तय गर्दै बैठक सकिएको हो । बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी समिति बैठक भोलि अपरान्ह ३ बजेका लागि तय गरिएको जानकारी दिँदै आजको सचिवालय बैठकले त्यसका लागि कार्यसूची निर्धारण गरेको र प्रस्ताव तयार गरेको जानकारी दिए । उनका अनुसार स्थायी समिति बैठकमा …

पुरा पढ्नुहॊस »

व्यवसायीलाई धम्काएर रकम असुल्ने मगर पक्राउ

काठमाडौं । प्रहरीले व्यवसायीलाई धम्काएर रकम असुल्ने एकजनालाई हिजो पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापका २६ वर्षीय विमल लुङ्गेलीमगर रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । ठमेल, दरबारमार्गका व्यवसायीलाई अनावश्यक रुपमा रकम मागेर दुःख दिने र रकम नदिए झगडा गर्ने गरेको गोप्य सूचनाका आधारमा मगरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेका मगरलाई सार्वजनिक मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।

पुरा पढ्नुहॊस »

रसुवामा जीप दुर्घटना: २ को मृत्यु, २ घाइते

काठमाडौं । रसुवामा गएराति जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । यस्तै दुर्घटनामा अन्य २ जना घाइते छन् । दुर्घटनामा मोरङ स्थायी घर भएका ४५ वर्षीय स्काभेटर चालक शिवगञ्ज राजवंशी र दाङका २४ वर्षीय हेल्थ असिस्टेन्ट विकास घर्तीमगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, रसुवाले जनाएको छ । जिल्लाको आमाछोदिङ गाउँपालिका– ५, सिम्बुबाट साञ्जेन हाइड्रोपावरको सामान बोकेर त्यसतर्फ जाँदै गरेको सिउचण्डी कन्ष्ट्रक्सनको बा १७ च ५३४५ नम्बरको जीप …

पुरा पढ्नुहॊस »

क्षेत्रीय कार्यालयहरु खारेज हुँदै

काठमाडौं । नयाँ संरचनाअनुसार क्षेत्रीय कार्यालय खारेज गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ती कार्यालय खारेज गरेर प्रादेशिक कार्यालयमा रुपान्तरण गर्ने कार्य अघि बढाएको हो । हाल विभाग अन्तर्गत रहेका निर्देशनालयहरु राखिएको छ । मुलुक संघीयतामा गइसके पनि क्षेत्रीय कार्यालयहरु यथावत् रहेका छन् । प्रदेशमा रहने कार्यालयको सर्वेक्षण गरेर अहिले रहेका क्षेत्रीय कार्यालयलाई प्रादेशिक कार्यालयमा रुपान्तरण गर्न लागिएकोे मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी …

पुरा पढ्नुहॊस »

सुस्त कांग्रेस: नीति तथा प्रशिक्षण प्रतिष्ठान कहिले गठन हुन्छ ?

काठमाडौं । नेपाली कांग्रेसको १२औं महाधिवेशनले पार्टीको नीति निर्माणमा सहयोग पु¥याउन र आम कार्यकर्तालाई पार्टीको आदर्श, नीति, सिद्धान्त बोध गराउने तथा देशव्यापी प्रशिक्षणको कार्यलाई नियमित र व्यवस्थित गर्न नयाँ संयन्त्रको रुपमा गठित केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठान १३औं महाधिवेशनपछि निष्क्रिय भएको छ । १३औं महाधिवेशनमा सभापतिको उम्मेदवार हुँदा सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको नीति तथा प्रशिक्षण प्रतिष्ठानलाई देशको बदलिँदो आवश्यकताअनुसार नीति र कार्यक्रमका सम्बन्धमा निरन्तर छलफल र बहस गर्ने थलोका …

पुरा पढ्नुहॊस »

संघीय संसद्‍का काम सुस्त

काठमाडौं । संघीय संसद्‍का दुवै सभाको नियमावली पारित हुन महिनौं लाग्यो । कारण थियो, फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन गरिनुहुन्न भन्ने प्रमुख प्रतिपक्षी कांग्रेस–राजपाको अडान र संसदीय समितिको संख्या घटाउनु हुन्न भन्ने सत्तापक्षको जिद्दी । धेरै रस्साकसीपछि दुवै पक्षले आ–आफ्ना अडानमा लचकता देखाए र नियमावली पारित भयो । यतिबेला संसदीय समितिको नेतृत्वमा कांग्रेसले समानुपातिक भाग खोजेपछि समिति गठन नै रोकिएको छ । नियमावली पारित भएपछि संसदीय समिति गठनको बाटो त …

पुरा पढ्नुहॊस »

प्रदेश २ को प्रहरी ऐनप्रति नेपाल प्रहरीको आपत्ति

काठमाडौं । प्रहरी निकाय स्थापनाका लागि प्रदेश २ ले प्रहरी सेवा ऐन विधेयक प्रदेशसभामा पेस गरेपछि नेपाल प्रहरीले गृह मन्त्रालयसँग आपत्ति जनाएको छ । नेपाल प्रहरीको संरचना मुलुकको संघीय संरचनाअनुसार नै बनिरहेको र संघीय प्रहरी ऐनसमेत तयार हुँदै गरेको अवस्थामा प्रदेश २ ले हतारमा संविधानसँग बाझिनेगरी प्रहरी ऐन ल्याउन लागेको भन्दै आपत्ति जनाएको हो । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गृहमन्त्री रामबहादुर थापा र गृहसचिव प्रेमकुमार राईलाई भेटेर सो विषयमा प्रहरीको …

पुरा पढ्नुहॊस »