डा. के.सी. र गंगामायाको आन्दोलनलाई कांग्रेसको समर्थन

काठमाडौं । नेपाली कांग्रेसले सरकारले गरेका मनपरी कामविरुद्ध सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ ।

संसदीय दलको आजको बैठकले सरकारले तोकेका निषेधित क्षेत्र उल्लंघन गर्ने, अनशनरत डा. गोविन्द केसी र गंगामाया अधिकारीलाई समर्थन गर्ने निर्णय गरेको छ । बैठकले मूल्यबृद्धिको विरोध गर्ने निर्णय समेत गरेको जनाइएको छ ।

कांग्रेसले निषेधित क्षेत्र उल्लंघन गर्ने निर्णय गरेपछि सत्तापक्ष र प्रतिपक्ष सडकमा समेत भिड्ने देखिएको छ । संसदमा कांग्रेसले सत्तापक्षको विरोध गरिरहेको छ ।

डा. केसीको स्वास्थ्य अवस्था बुझ्न र माग पूरा गर्न दबाब दिन प्रकाश रसाइली, दिनबन्धु श्रेष्ठ र रंगमती शाहीलाई भोलि जुम्ला पठाउने निर्णय पनि कांग्रेसले गरेको प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए ।

यसअघिको सरकारले ल्याएको अध्यादेशको मर्म नमर्ने गरी र नागरिकको हितको पक्षमा हुने चिकित्सा शिक्षा विधयेक ल्याउन पनि कांग्रेसले सरकारसँग माग गरेको छ ।

यस्तै, छोराको हत्यारालाई कारबाही गर्न माग गर्दै अनसन बसेकी गंगामाया अधिकारीको अनसनलाई समर्थन गर्दै अवस्था बुझ्न पार्वती डिसी चौधरी, अमरेश कुमार सिह र देवप्रसाद तिमल्सिनालाई आजै वीर अस्पताल पठाउने निर्णय भएको पनि नेता खाँडले जानकारी दिए ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

रुसी सेनामा भर्ती भएका प्रितम राईको मृत्यु

काठमाडौं । रुसी सेनामा भर्ती भएका प्रितम राईको मृत्युको छ । भोजपुरको पौवादुङमा गाउँपालिका-३, च्याङ्ग्रे …

प्रतिकृया दिनुहॊस