सुस्त कांग्रेस: नीति तथा प्रशिक्षण प्रतिष्ठान कहिले गठन हुन्छ ?

काठमाडौं । नेपाली कांग्रेसको १२औं महाधिवेशनले पार्टीको नीति निर्माणमा सहयोग पु¥याउन र आम कार्यकर्तालाई पार्टीको आदर्श, नीति, सिद्धान्त बोध गराउने तथा देशव्यापी प्रशिक्षणको कार्यलाई नियमित र व्यवस्थित गर्न नयाँ संयन्त्रको रुपमा गठित केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठान १३औं महाधिवेशनपछि निष्क्रिय भएको छ ।

१३औं महाधिवेशनमा सभापतिको उम्मेदवार हुँदा सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको नीति तथा प्रशिक्षण प्रतिष्ठानलाई देशको बदलिँदो आवश्यकताअनुसार नीति र कार्यक्रमका सम्बन्धमा निरन्तर छलफल र बहस गर्ने थलोका रूपमा विकसित गरिने छ भनी प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । यो प्रतिबद्धता १४औं महाधिवेशन आउने समय हुन लाग्दा समेत पूरा भएको छैन । तत्कालीन अवस्थामा सभापति देउवाले विधानले व्यवस्था गरेको समयसीमाभित्र विधानमा भएका पार्टी संरचनाका व्यवस्थालाई पूर्ण रूपमा कार्यान्वयन गरिने प्रतिबद्धता थियो ।

स्थानीय, प्रान्तीय र संघीय तीनै तहको निर्वाचनमा नेपाली कांग्रेस नराम्ररी पराजित हुनुको एउटा कारण नीति तथा प्रशिक्षण प्रतिष्ठान क्रियाशील नहुनुलाई पनि लिइएको छ । पार्टीभित्र अन्य विषयगत विभिन्न विभाग हुँदाहुँदै पनि विभागहरुको हैसियतभन्दा माथि राखेर गठन गरएको नीति तथा प्रशिक्षण प्रतिष्ठान १२औं महाधिवेशन देखि १३औं महाधिवेशनसम्म भने क्रियाशील भएको थियो ।

कांग्रेसभित्र केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठान महत्वपूर्ण भएकै कारण यसलाई अन्य विभागको हैसियतभन्दा माथि राखिएको हो । यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

प्रवेशाज्ञा बिना नेपाल पसेका बंगलादेशी पक्राउ

काठमाडाैं ।  प्रवेशाज्ञा बिना नेपाली भूमिमा प्रवेश गरेको अभियोगमा दुई जना  बङ्गलादेशी नागरिक काँकडभिट्टाबाट पक्राउ परेका …

प्रतिकृया दिनुहॊस