नेकपाको सचिवालय बैठकबाट स्थायी समितिको कार्यसूची तय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को केन्द्रीय सचिवालयको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको बैठकले भोलि बस्ने स्थायी समिति बैठकका एजेन्डा तय गर्दै बैठक सकिएको हो ।

बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी समिति बैठक भोलि अपरान्ह ३ बजेका लागि तय गरिएको जानकारी दिँदै आजको सचिवालय बैठकले त्यसका लागि कार्यसूची निर्धारण गरेको र प्रस्ताव तयार गरेको जानकारी दिए ।

उनका अनुसार स्थायी समिति बैठकमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले रिपोर्टिङ गर्नेछन् । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले हालै सम्पन्न आफ्नो चीन भ्रमण तथा सरकारको कामकारबाहीबारे रिपोर्टिङ गर्नेछन् भने अर्का अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिक परिस्थिति, पार्टीको सांगठनिक एकीकरण प्रक्रिया आदिबारे रिपोर्टिङ गर्नेछन् ।

सचिवालयले पार्टीले तयार गरेको नियमावलीबारे छलफल गरी स्थायी समितिबाट सल्लाह र सुझाव लिने निर्णय पनि गरेको छ ।

स्थायी समितिको सुझावलाई समेटेर नियमावलीलाई अन्तिमरुप प्रदान गर्ने र त्यसपछि सबै पार्टी कमिटी र जनवर्गीय संगठनको सांगठनिक एकीकरण प्रक्रियालाई तीव्रता प्रदान गरिने प्रवक्ता श्रेष्ठले बताए ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

यी २३ कम्पनीलाई दिइयो कालोसूचीमा राख्ने चेतावनी

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले २३ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी गरेको छ । …

प्रतिकृया दिनुहॊस