काठमाडौं । काठमाडौंमा फेरि ट्रिपरले हानेर अर्का व्यक्तिको ज्यान गएकाे छ । ना ७ ख ९४७५ नम्बरको ट्रिपरले बा ९६ प ४९११ नम्बरको मोटरसाइकलाई ठक्कर दिएपछि मोटरसाइकल पछाडि बसेकी १८ वर्षीया अनुजा घिमिरेको मृत्यु भएको छ। मोटरसाइकल चालक अनुजाका दाजु अनुज भने सामान्य घाइते छन् । घाइते अनुजाको बल्खुस्थित बयोधा हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हाे । ट्रिपर तथा चालकलाइ प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
पुरा पढ्नुहॊस »पत्रकार महिलालाई समाचार तथा फिचर सम्पादनको तालिम
काठमाडौं । क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)को आयोजनामा पत्रकार महिलाका लागि समाचार तथा फिचर सम्पादन तालिम काठमाडाैमा सम्पन्न भएको छ । संचार तथा सूचना प्रविधी मन्त्रालयको सहयोगमा सम्पन्न साे तालिमको उद्घाटन गर्दै मन्त्रालयका सचिव महेन्द्रमान गुरुंगले पत्रकारिता समाजभन्दा बाहिर जान नसक्ने हुनाले समाज परिवर्तन गरि देश विकास गर्न याे क्षेत्रकाे महत्वपूर्ण भूमिका रहने बताए । नेपाल सरकारले हाल राष्ट्रिय आम संचार नीति निर्माण गर्दै गरेकाले पत्रकार महिला मैत्री नीति बनाउनेमा आफूले …
पुरा पढ्नुहॊस »कानुनमन्त्रीको पत्रपछि गंगामायाको अनसन स्थगित
काठमाडौं । सरकारले दुई बुँदे सहमति गरेपछि गंगामाया अधिकारीले अनसन स्थगित गरेकी छन् । यहि जेठ १५ गतेदेखि अनसनमा बसेकी गंगामायालार्इ राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले जुस खुवाएका हुन् । गंगामायाले छोरा कृष्णप्रसादको हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै आएकी छन् । वीर अस्पतालमा अनसनकै क्रममा गंगामायाका पति नन्दप्रसाद अधिकारीको केही वर्ष अघि निधन भएको थियो भने छोरा नुरप्रसाद वेपत्ता रहेका छन् ।
पुरा पढ्नुहॊस »खाने हैन त मार्सी चामलकाे भात ?
काठमाडौं । पछिल्लो समय मार्सी चामलको चर्चा सबैतिर छ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली तथा पुष्पकमल दाहालले मेडिकल कलेज व्यवसायी दुर्गा प्रसाईँको घरमा मार्सी चामलको भात खाएको तस्बिर एकाएक भाइरल भयाे । सामाजिक संजालमा भाइरल भएकाे तस्वीर प्रधानमन्त्री ओली तथा प्रचण्डले मेडिकल कलेज व्यवसायीको घरमा मार्सी चामल खाएको भनी धेरै चर्चा भयाे । भात खाएकाे विषय सदन र सडकमा चर्चित बनेकाे छ । यो चर्चासँगै काठमाडौंमा मार्सी …
पुरा पढ्नुहॊस »सिन्धुपाल्चोकमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५ पुग्यो
काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका ४ मा सल्लेडाँडामा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।तिपेनीबाट मानेखर्कका लागि छुटेको लु १ ख ९९९ नम्बरको जीप दुर्घटना हुँदा पाँचपोखरी थाङपालधाप गाउँपालिका – ३ का जयरानी तामाङ, भिमबहादुर तामाङ, पदम तामाङ, सुनमाया तामाङ र नानी तामाङको ज्यान गएको हो । घाइते ८ जनालाई उपचारका लागि आज बिहान काठमाडौंको शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको प्रहरीले जनाएको छ ।
पुरा पढ्नुहॊस »बाजुरा केन्द्रबिन्दु भएर भूकम्प
काठमाडौं ।बाजुरामा आज बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहान ८ बजेर ५८ मिनेटमा बाजुराको ह्याङलुङ आसपास केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
पुरा पढ्नुहॊस »आज २०५औं भानुजयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाडौं । आदिकवि भानुभक्त आचार्यको २०५औं जन्मजयन्ती आज नेपाल र विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ। भानु जयन्तीको अवसरमा राजधानीमा बिशेष कार्यक्रमको आयोजना गरिएको छ । यस्तै दार्जिलिङ, सिक्किम लगायत नेपालीभाषी रहेका अधिकांश क्षेत्र तथा विदेशमा समेत भानुभक्तको सम्झनामा विभिन्न कार्यक्रमहरु हुँदैछन् । विसं १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा पिता धनञ्जय र माता धर्मावतीदेवीका पुत्रका …
पुरा पढ्नुहॊस »अझै तीन दिन देशभर वर्षा हुने
काठमाडौँ । अझै तीन दिनसम्म देशभरिका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ । महाशाखाले तीन दिनको मौसम पूर्वानुमानबारेकाे विज्ञप्ति जारी गरेर देशभर हल्कादेखि मध्यम खालको वर्षा हुनुका साथै पूर्वका केही स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना देखाएकाे छ । माैसम विज्ञान विभागका अनुसार राति देशको मध्य तथा पश्चिमी भूभागका केही स्थानमा र पूर्वका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । गएकाे २४ घण्टामा काठमाडौँ …
पुरा पढ्नुहॊस »पाल्पामा बस दुर्घटना
काठमाडौं । पाल्पाको भालेबासमा बिहीबार बिहान भएको बस दुर्घटनामा २६ यात्रु घाइते भएका छन् ।भैरहवाबाट बाग्लुङ्ग जाँदै गरेको लु१ख ७२७२ नम्बरको बस दुर्घटना भएको पाल्पा प्रहरीले जनाएको छ ।दुर्घटनाका घाइते २६ मध्ये ५ यात्रु गम्भीर घाइते भएका छन् ।घाइते सबैको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटनाग्रस्त बस २० मिटर तलको खोलामा खसेको छ।
पुरा पढ्नुहॊस »वर्षाले देशभर जनजीवन प्रभावित : पहिरो र डुबान
काठमाडौँ । मनसुन सक्रिय भएसँगै देशका धेरैजसाे स्थानमा वर्षा भइरहेको छ । वर्षाका कारण देशका विभिन्न भागमा बाढी तथा पहिरो समेत गएको छ । पहिरोको गएपछि विभिन्न ठाउँमा राजमार्गहरुको अवरुद्ध बनेका छन् । लामो तथा छोटो दूरीमा जाने सयौँ सवारी साधान रातिदेखि नै बीचैमा अलपत्र परेकाे समाचार अार्इरहेका छन् । त्यस्तै सिन्धुलीखण्ड पहिराका कारण अवरुद्ध भएको छ । सिन्धुली फिक्कल गाउँपालिका–२ सुनामबेंसीमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग सिन्धुलीखण्ड अवरुद्ध भएको हो …
पुरा पढ्नुहॊस »