काठमाडौं । काठमाडौंमा फेरि ट्रिपरले हानेर अर्का व्यक्तिको ज्यान गएकाे छ । ना ७ ख ९४७५ नम्बरको ट्रिपरले बा ९६ प ४९११ नम्बरको मोटरसाइकलाई ठक्कर दिएपछि मोटरसाइकल पछाडि बसेकी १८ वर्षीया अनुजा घिमिरेको मृत्यु भएको छ। मोटरसाइकल चालक अनुजाका दाजु अनुज भने सामान्य घाइते छन् ।
घाइते अनुजाको बल्खुस्थित बयोधा हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हाे । ट्रिपर तथा चालकलाइ प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
तपाईंको प्रतिकृया




