काठमाडौं । सरकारले दुई बुँदे सहमति गरेपछि गंगामाया अधिकारीले अनसन स्थगित गरेकी छन् । यहि जेठ १५ गतेदेखि अनसनमा बसेकी गंगामायालार्इ राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले जुस खुवाएका हुन् ।
गंगामायाले छोरा कृष्णप्रसादको हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै आएकी छन् । वीर अस्पतालमा अनसनकै क्रममा गंगामायाका पति नन्दप्रसाद अधिकारीको केही वर्ष अघि निधन भएको थियो भने छोरा नुरप्रसाद वेपत्ता रहेका छन् ।
तपाईंको प्रतिकृया




