खाने हैन त मार्सी चामलकाे भात ?

काठमाडौं । पछिल्लो समय मार्सी चामलको चर्चा सबैतिर छ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली तथा पुष्पकमल दाहालले मेडिकल कलेज व्यवसायी दुर्गा प्रसाईँको घरमा मार्सी चामलको भात खाएको तस्बिर एकाएक भाइरल भयाे ।

 सामाजिक संजालमा भाइरल भएकाे तस्वीर

प्रधानमन्त्री ओली तथा प्रचण्डले मेडिकल कलेज व्यवसायीको घरमा मार्सी चामल खाएको भनी धेरै चर्चा भयाे । भात खाएकाे विषय सदन र सडकमा चर्चित बनेकाे छ । यो चर्चासँगै काठमाडौंमा मार्सी चामलको माग धेरै नै बढेकाे छ । यसै सन्दर्भमा हामीले  मार्सी चामल बिक्री वितरण गर्दै अाएकाे एग्री सेन्टरमा बुझ्दा पछिल्लाे समय काठमाडौंमा मार्सी चामलको माग बढ्दो भएकाे साे सेन्टरले जानकारी दिएकाे छ ।

यहाँ २ सय ५० रुपैयाँ प्रति केजीमा मार्सी चामल बिक्री हुँदै अाएकाे छ । मार्सी चामलको ग्राहकबाट मात्रै माग हाेइन, भाटभटेनी, बिगमार्ट बाट पनि माग हुन थालेकाे छ । अहिले चर्चित मार्सी धानको खेति मुख्यत जुम्लामा हुने गर्छ । याे रातो रङ्गको हुने भएकाले यसलाई अंग्रेजीमा रेड राइस पनि भन्ने गरिन्छ ।

मार्सी चामल

यो बिमारीहरुका लागि पनि फाइदाजनक हुन्छ ।  जुम्लामा फल्ने मार्सीमा आइरन, स्टार्च, सेलेनियमको मात्रा अरु धानको भन्दा धेरै नै पार्इन्छ । यो धानको चामल स्वस्थ र मीठाे हुन्छ । यति चर्चित मार्सीकाे भात खान अहिले काठमाडाैका  किराना पसलमा ग्राहकहरु अाउँछन् । पुतलीसडकमा  किराना पसल सन्चालन गर्दै अाएका प्रदीप केसी दिनमा १० जनासम्म याे चामल खाेज्न अाउने गरेकाे र अाफूले अहिलेसम्म चामल कस्ताे हुन्छ भनेर नदेखेकाे न्युज दैनिकलाइ जानकारी गराए ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सामाजिक सञ्जालबाट अर्काको चरित्र हत्या गरेको भन्दै धनगढीकी जानकी पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको अभियोगमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । …

प्रतिकृया दिनुहॊस