काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका ४ मा सल्लेडाँडामा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।तिपेनीबाट मानेखर्कका लागि छुटेको लु १ ख ९९९ नम्बरको जीप दुर्घटना हुँदा पाँचपोखरी थाङपालधाप गाउँपालिका – ३ का जयरानी तामाङ, भिमबहादुर तामाङ, पदम तामाङ, सुनमाया तामाङ र नानी तामाङको ज्यान गएको हो । घाइते ८ जनालाई उपचारका लागि आज बिहान काठमाडौंको शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिकृया




