धनराज गुरुङको बयान- मेरो डिभोर्स नक्कली होइन

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सत्तारुढ नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग बयान लिएको छ । बुधबार पाँच घण्टासम्म बयान दिने क्रममा गुरुङले आफूमाथिका आरोपहरु निराधार रहेको जिकिर गरेका छन् ।

मितेरी सहकारीको बचत हिनामिनामा गुरुङकी पूर्व श्रीमती ज्योति जोडिएकाले धनराज पनि विवादमा तानिएका थिए । धनराज र ज्योतिबीच नक्कली डिभोर्स भएको टिप्पणी हुने गरेको छ । तर गुरुङले आफ्नो डिभोर्स नक्कली नरहेको बयान सीआईबीमा दिएका छन् ।

ज्योति मितेरी सहकारीको सञ्चालक थिइन् । सम्बन्ध विच्छेदपछि पनि धनराजले श्रीमतीको नाममा ऋण तिरिरहेको पाइएपछि उनको भूमिकालाई शंकास्पद मानिएको थियो । सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठित संसदीय समितिले पनि ज्योति गुरुङ र धनराज गुरुङ समेतमाथि थप अनुसन्धान गरी शीघ्र कानुनी कारबाही अघि बढाउन सिफारिस गरेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सामाजिक सञ्जालबाट अर्काको चरित्र हत्या गरेको भन्दै धनगढीकी जानकी पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको अभियोगमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । …

प्रतिकृया दिनुहॊस