रसुवागढी नाका हुँदै नेपाल भ्रमणमा आउने पर्यटकको संख्या बढ्यो

रसुवा । रसुवागढी नाका हुँदै नेपाल भ्रमणमा आउने पर्यटकको संख्या बढ्दै गएको छ । यो नाका हुँदै अघिल्लो वर्षको तुलनामा यस वर्ष आठ हजार बढी पर्यटक नेपाल भित्रिएका छन् ।

गतवर्ष यो नाका हुँदै २० हजार पर्यटक नेपाल भित्रिएका थिए । तर, सन् २०१८ को जनवरीदेखि नोेभेम्वर अन्तिमसम्ममा २८ हजार पर्यटक नेपाल भित्रिएको रसुवागढी अध्यागमन कार्यालयका अधिकृत विष्णु घर्तीले जानकारी दिए ।

पछिल्लो एक महिनामा ४० देशका १ हजार २ सय ८ पर्यटक नेपाल भित्रिएका छन् । जसमा ७२ प्रतिशत चिनियाँ पर्यटक छन । विभिन्न मुलुकबाट चीन भ्रमण गरी रसुवागढी नाका रोज्दै नेपाल आउने धेरै पर्यटक अमेरिका, स्लोभाकिया, बेलायत, नेदरल्यान्ड, जर्मनी, इटाली, फ्रान्स, चेकोस्लोभाकी र अस्ट्रेलियाका रहेका छन् ।

सन् २०१८ को नोभेम्वरसम्म रसुवागढी नाका हुँदै विभिन्न मुलुकका १९ हजार २ सय १५ पर्यटक बाहिरिएको अध्यागमन कार्यालयले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सामाजिक सञ्जाल प्रेस काउन्सिलको निगरानीमा, फेसबुक पेजमा ठेगाना खुल्नुपर्ने

काठमाडौं । प्रेस काउन्सिल नेपालले फेसबुक पेजसहित सामाजिक सञ्जालका समाचार सामग्रीमाथि निगरानी थालेको छ । …

प्रतिकृया दिनुहॊस