हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

पर्सा । ठोरी गाउँपालिकामा शनिबार बिहान हात्तीको आक्रमणमा एक व्यक्तिको ज्यान गएको छ । ठोरी गाउँपालिका–२ मा पर्ने फार लेन नजिकै हात्तीले आक्रमण गर्दा परिचय नखुलेका अन्दाजी ३५ वर्षीय व्यक्तिको ज्यान गएकाे हो ।

ठोरी गाउँपालिकामा मागी हिँड्ने मानसिक सन्तुलन ठीक नभएका व्यक्तिको राष्ट्रिय वनजन्तु आरक्षभित्र हात्ती आक्रमणमा परी मृत्यु भएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए । उनले आउने जाने बाटोमा हात्तीले प्रयोग गर्ने फार लेनमै बसेको अवस्थामा व्यक्तिमाथि आक्रमण गरेको बताए।

मृतकले लगाएको लुगाले भारतीय भएको अनुमान गरिए पनि उनको परिचय हालसम्म खुल्न नसकेकोे उपरीक्षक ढकालले जानकारी दिए । मृतकको शव परीक्षणका लागि वीरगञ्ज ल्याउने तयारी भएको प्रहरीले बताएका छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री