समाचार

दाङ दुर्घटना : मृतकको संख्या २२ पुग्यो, १५ घाइते

दाङ । दाङमा विद्यार्थी बोकेको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २२ पुगेको छ। घटनामा १५ जना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ राम्री र हर्नेटी भन्ने स्थानको बीच भागमा बा ४ ख ९७६६ नम्बरको विद्यार्थी बोकेको बस दुर्घटना २१ जनाको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीले जानकारी दिए । ‘२१ जनाको शव हामीले घटनास्थलमा फेला पारेका छौं,’ शाहीले भने ‘खोजी कार्य …

पुरा पढ्नुहॊस »

काँग्रेसमा जुट्यो सहमति : केन्द्रीय पदाधिकारीको सङ्ख्या १३ बनाउने

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी संख्या १३ पुग्ने भएको छ । लामो रस्साकस्सीपछि शीर्ष नेताहरुले सहमहामन्त्रीको संख्या ७ पुर्‍याउने सहमति गरेका छन् । अब उपसभाति, महामन्त्री २र२ जना हुनेछन् भने समहामन्त्री ७ जना रहनेछन् । १३ पदाधिकारी मध्ये कोषध्यक्षबाट सबै निर्वाचित हुनेछन् । सहमतिअनुसार अब विधान संशोधन मस्यौदा समितिले केन्द्रीय कार्यसमितिमा प्रस्ताव लैजानेछ । त्यसपछि महासमितिमा विधान संशोधन प्रस्ताव पेश हुनेछ । यसअघि उपसभाति, महामन्त्री र समहमहान्त्री २र२ बनाउने सहमति …

पुरा पढ्नुहॊस »

मौसमका कारण १५ दिनदेखि उडान अवरुद्ध

भोजपुर । तराईको मौसम बिग्रेका कारण नेपाल वायु सेवा निगमको भोजपुर-विराटनगर हवाई सेवा अवरोध भएको छ । मौसममा खराबी आएपछि करीब १५ दिनबाट उडान हुननसकेको नेपाल वायु सेवा निगम भोजपुर शाखले जानकारी दिएको हो । अब मौसममा सुधार आएपछि मात्र भोजपुर-विराटनगर उडान हुने निगमका भोजपुर सहायक स्टेशन प्रमुख राजु मिजारले जानकारी दिए । निगमको जहाजले मंगलवार, बिहीवार, शनिवार गरी हप्तामा तीन दिन विराटनगर उडान भर्दै आएको थियो । निगमले अपाङ्गता …

पुरा पढ्नुहॊस »

नेपालगन्जकाे न्यूरोडस्थित जेबी कलेक्सनमा आगलागी

बाँके । नेपालगन्जकाे न्यूरोडस्थित फेन्सी कपडा पसलमा आगलागी भएको छ। बिहिबार भएको आगलागीमा जेबी कलेक्सनका सम्पूर्ण सामान जलेर नष्ट भएको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक नारायण डाँगीले जानकारी दिए। उनले जेबी कलेक्सनमा लागेको आगोलेसँगै रहेको सपना सपिङ्गमा सामान्य क्षति पुगेको बताए। आगो लागेको सूचना पाउना साथ नेपालगन्ज उपमहानगरपालिकाको दमकल, स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिएको कारण क्षति कम भएको डाँगीले जानकारी दिए। समयमा आगो निभाउन सकेका कारण सोही घरमा …

पुरा पढ्नुहॊस »

काँग्रेस महासमिति बैठक: अझै प्रस्तुत हुन सकेन विधान संशोधन मस्यौदा

काठमाडौँ । नेपाली काँग्रेसको महासमिति बैठक केन्द्रीय कार्यालय सानेपामा जारी छ । मंसिर २९ गते देखी सुरु भएको नेपाली काँग्रेस महासमिति बैठकमा विधान संशोधन प्रस्तावको मस्यौदा प्रस्तुत हुन सकेको छैन । विधान संशोधन प्रस्तावको मस्यौदामा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच सहमति हुन नसक्दा महासमिति बैठकमा विधान संशोधन प्रस्तावको मस्यौदा प्रस्तुत हुन नसकेको हो । पार्टीको केन्द्रीय पदाधिकारीको बैठक बसेर सहमति जुटाउने प्रयास जारी रहेको पार्टी …

पुरा पढ्नुहॊस »

राष्ट्रिय बीमा संस्थानमा रोजगारीको अवसर (सूचनासहित)

काठमाडौं । राष्ट्रिय बीमा संस्थानमा विभिन्न पदमा दर्खास्त आह्वान गरेको छ । व्यवस्थापकदेखि सहायक ख सम्मका पदमा आवेदन खुल्ला गरेको हो । थप जानकारीको लागि तलको सूचना हेर्नुहोस् ।

पुरा पढ्नुहॊस »

वन अधिकृत घुससहित रङ्गेहात पक्राउ

गलेश्वर । म्याग्दी जिल्लाका युवाको अगुवाइमा सञ्चालन भएको भ्रष्टाचार नियन्त्रण अभियान प्रभावकारी बनेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका नेता प्रकाश पौडेलको अगुवाइमा सञ्चालन गरिएको सो अभियानअन्तर्गत बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले डिभिजन वन कार्यालयका एक कर्मचारीलाई घुससहित पक्राउ गरेको हो। बेनी नगरपालिका–७ स्थित सवडिभिजन वन कार्यालयमा रहेको आवासगृहको कोठामा काठसम्बन्धी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीबाट रकम लिँदै गर्दा अख्तियारको टोलीले उक्त कार्यालयका सहायक वन अधिकृत …

पुरा पढ्नुहॊस »

बिसिजी खोप लगाउँदा एक महिने शिशुको मृत्यु, स्वास्थ्य स्वयंसेविका प्रहरी नियन्त्रणमा

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३, शिवगञ्ज टोलमा बिसिजी खोप लगाउँदा एक महिने शिशुको बिहीबार मृत्यु भएको छ। खोपका कारण स्थानीय शिवु खत्वेको एक महिने छोरा शिवमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए। शिशुलाई दिउँसो १ बजेको समयमा स्वास्थ्यचौकी भोक्रहाबाट खटिएकी अनमी गोमा ढकालले बिसिजी खोप लगाएकी थिइन्। खोप लगाएको केही समयपछि बेहोस भएका शिशुलाई जिल्ला अस्पताल लगिएकामा उनको उपचारकै क्रममा मृत्यु भएको फुयाँलले बताए। …

पुरा पढ्नुहॊस »

नेकपा बैठकः नेताहरूको आचरणमा प्रश्न, महँगो हेलिकप्टर किन चढ्नुपऱ्यो?

काठमाडाैँ । नेकपाको स्थायी कमिटी बैठकमा बिहीबार नेताहरूको आचरण र जीवनशैलीमाथि प्रश्न उठेको छ। उनीहरूको जीवनशैली कम्युनिस्ट मूल्य मान्यताविपरीत देखिएको नेता अमृत बोहराले आरोप लगाए। पाँच दिनदेखि जारी बैठकमा बुधबारसम्म सरकार र पार्टी सञ्चालन शैलीको आलोचना हुँदै आएको थियो । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू कम्युनिस्ट पार्टीकै रहेका बेला विवादमा परिरहेको भन्दै बोहराले प्रश्न गरेका थिए। आजको कान्तिपुर दैनिकमा यो खबर छापिएको छ। ‘माक्र्सवादी लेनिनवादी विचारधारामा विश्वास गर्ने कम्युनिस्ट पार्टीका नेताहरूको जीवनशैली त्यहीअनुसार हुनुपर्छ, …

पुरा पढ्नुहॊस »

जहाँका जनप्रतिनिधि कार्यालय जान्छन् तुइन चढेर

काठमाडाैँ । तुइनको भरमा कर्णाली तरेर हुम्लाको खार्पुनाथ गाउँपालिका अध्यक्ष कार्यालय आवतजावत गर्छन्।  उनीसँगै तीनवटा वडाका बासिन्दा मात्र होइन, छिमेकी विभिन्न गाउँपालिकाका जनप्रतिनिधि पनि तुइनमै कर्णाली वारपार गर्छन्। गाउँपालिका कार्यालय आवतजावत गर्न तुइनकै भर रहेको स्थानीय बासिन्दा मक्क रोकायाले बताए। ‘कर्णाली नदीमाथि तुइनमा यताउता गर्दा डर त लागिहाल्छ नि ! आङ सिरिङ हुन्छ,’ रोकायाले भने। दैनिक बिहान-बेलुका तुइनमा आवतजावत गर्दा समस्या हुने गरेको उनले बताए। बिरामी र बालबालिकालाई तुइनमा ओहोरदोहोर गराउँदा …

पुरा पढ्नुहॊस »