समाचार

निजगढ विमानस्थलको काम तीन चरणमा हुँदै 

काठमाडौँ । बाराको निजगढमा निर्माणाधीन दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको कार्य अहिले तीन चरणमा भइरहेको आयोजनाले जनाएको छ । १४ किलोमिटरभित्रमा तारबार गर्ने ठेकेदारले अहिलेसम्म ८०३ मिटरको कार्य सम्पन्न गरेको आयोजना प्रमुख ओम शर्माले बताएका छन्। यसैगरी, धावन मार्ग निर्माणका लागि चार किल्लाभित्रको रुख कटान गर्ने बाटोको दुवै साइड गरी ६३ किलोमिटर अस्थायी तारबार घेराउ कार्य भइरहेको पनि प्रमुख शर्माले जानकारी दिए। तारबार गर्नुपर्ने सबै एरियामा पिलर गाड्ने कार्य सम्पन्न भएको …

पुरा पढ्नुहॊस »

विश्वभर क्रिसमस पर्व मनाइँदै, चर्चहरुमा विशेष रमझम

काठमाडौं । इसाई धर्मावलम्बीहरुले विश्वभर आज क्रिसमस पर्व मनाउँदै छन् । नेपालमा पनि ईसाई धर्मावलम्बीहरुले विभिन्न कार्यक्रम गरी यो पर्व मनाइरहेका छन् । देशभरका चर्चमा क्रिसमसका अवसरमा विविध कार्यक्रम गरिँदै छन् । क्रिसमसको अवसरमा देशभरका चर्चमा प्रार्थना, नाचगान जस्ता कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गर्ने गरिन्छ । क्रिसमसमा येशुको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ । २ हजार १७ वर्षअघि जेरुसेलमको बेथलेहममा …

पुरा पढ्नुहॊस »

मोबाइल एक्सचेञ्ज मेला : ‘एउटा किन्दा एउटा सित्तैमा’

काठमाडौं ।  सिटीसी मल सुन्धारा, काठमाडौंस्थित सिटीसी मोबाइल हबले सञ्चालन गरिरहेको मोबाइल एक्सचेञ्ज मेला मंगलवार सकिने मोबाइल हबले जानकारी दिएको छ । मेलामा एउटा मोबाइल किन्दा अर्काे एउटा सित्तैमा अफरसमेत रहेको आयोजकले बताएको छ । ९ हजार ९९९ रुपैंयादेखि २ लाख ३४ हजार रुपैंयासम्मका मोबाइल किन्न सकिने मेलामा ११ हजारदेखि ३ लाख १५ हजार रुपैयाँसम्मका ल्यापटप, आइप्याड, म्याक बुकलगायत सामान रहेका छन् । मेलामा जस्तोसुकै पुरानो मोबाइल बेच्न र सट्टापट्टा …

पुरा पढ्नुहॊस »

अर्थमन्त्रीको मुठीमा अर्थतन्त्र !

काठमाडौँ । गत वर्ष नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक १८८१ बिन्दुमा पुग्यो। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । अहिले ११०० को आसपास छ। यसबाट बजार पुँजीकरण ८ खर्बभन्दा बढीले घटेको छ। यो अवस्था नेपाली अर्थतन्त्रको ऐना हो। यो वर्ष पनि बैंक तथा वित्तीय संस्थाहरूको कर्जाको ब्याजदर उच्च छ। गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले निक्षेप र कर्जामा सन्तुलन मिलाउन नसक्दा निक्षेप र कर्जाको ब्याजदर अस्वाभाविक रुपले बढ्न …

पुरा पढ्नुहॊस »

स्याटेलाइटका माध्यमबाट इन्टरनेट सेवा प्रदान गर्ने डिस होमको तयारी

काठमाडौं । नेपालको एकमात्र स्याटेलाइट प्रविधिमा आधारित डि.टि.एच, डिसहोम  कम्पनी आज नेपाली जनमानसमा लोकप्रिय पहिचानको रुपमा स्थापित भईसकेको  छ । डि.टि.एच टेलिभिजन च्यानल हेर्न सजिलो बनाउने आधुनिक प्रविधियुक्त सेवा हो र यसले टेलिभिजन ‘सिग्नल’ लाई नागरिकको घरघरमा रहेका टेलिभिजन सेटसम्म सफा र राम्रोसँग हेर्न मिल्ने गरी सेवा प्रदान गर्दछ । पैसा तिरेर सेवा लिन सकिने डिस होम नेपालले नेपालको ‘पे टिभी’ उद्योगका रुपमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै नौ वर्षदेखि नेपालमा …

पुरा पढ्नुहॊस »

मेलम्चीमा फर्कन इटालियन कम्पनी तयार

काठमाडाैँ । मेलम्ची खानेपानी आयोजनाको काम गरिरहेको इटालियन कम्पनी सिएमसीले ठेक्का रद्दको पत्र फिर्ता लिएको छ। ठेक्का रद्द गरेर भाग्न खोजेको इटालियन कम्पनीले आफ्नो पत्र फिर्ता लिएको हो। मेलम्ची विकास समितिमा गत आइतबार ठेक्का सम्झौता रद्द गरेको पत्र दिएर सिएमसीका कर्मचारी भाग्न खोजेका थिए। भाग्न खोजेका कर्मचारीलाई समातेर समिति र खानेपानी मन्त्रालयले सिएमसीको अढाइ अर्ब धरौटी रकम रोक्का राख्न बैंकलाई पत्रचार गरेको थियो। धरौटी रकम रोक्का राखिएपछि बिहीबार सिएमसीले ठेक्का …

पुरा पढ्नुहॊस »

कुटपिटबाट बैतडीमा एकको मृत्यु, एक घाइते

बैतडी । बैतडीमा अज्ञात व्यक्तिको  कुटपिटबाट एक जनाको  मृत्यु भएको  छ भने  एकजना घाइते  भएका छन्  । सिगास  गाउँपालिका वडा नं ९ श्रीभाबर का ६० वर्षिय जसु बोहराको मृत्यु भएको  हो भने  उनकै बुहारी  २१ वर्षीया  लक्ष्मी  बोहरा घाइते  भएकी छन् । गएराति  करिब ९ :३० बजे घरमा कोही नभएको  बेला आज्ञात  व्यक्तिले   निर्घात कुटपिट गर्दा ससुराको  मृत्यु भएको र आफू घाइते. भएको घाइते लक्ष्मी बोहराले बयान दिएको  इलाका …

पुरा पढ्नुहॊस »

कालिकोटको पलाँतामा आगलागी : ८७ घरको बस्ती नै सखाप, पाँच जना घाइते

कालिकोट । कालिकोटको पलाँता गाउँपालिका-१ खाँडामा सोमबार बिहान २ बजे सुरू भएको आगलागीले बस्ती नै जलेर खरानी भएको छ। न्यौपाने गाउँमा भएको आगलागीमा परी अहिलेसम्म ८८ वटा घर जलेर नष्ट भएको कालिकोटका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार दुलालले जानकारी दिए। ‘फुसका छाना भएका घरमा लागेको आगोले बस्ती नै सखाप पारेको छ, जोडिएका सबै घर जलेपछि अब आगो नियन्त्रणमा आएको छ,’ दुलालले भने। आगलागीमा परी बस्तीका ५ जना घाइते भएका छन् …

पुरा पढ्नुहॊस »

गाडीभित्रै तीन जनाले गरे १६ वर्षीया किशोरीलाई बलात्कार

रसुवा । रसुवामा एक किशोरी गाडीभित्रै बलात्कृत भएकी छिन्। सदरमुकाम धुन्चेबाट टिमुरे जानेक्रममा शनिबार साँझ १६ वर्षीया किशोरीलाई तीन जनाले गाडीभित्रै बलात्कार गरेका खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ। बा४ख ४३२ नम्बरको आइचर गाडीसहित बलात्कारमा संलग्न नुवाकोटको विदुर नगरापलिका ६ का १९ वर्षीय दीपक खतिवडा, विदुर ४ का २५ वर्षीय सञ्जीवकुमार गुप्ता र सोही ठाउँका २२ वर्षीय राजकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। धुन्चेबाट गाडीमा लिफ्ट मागेर टिमुरे जाँदै गर्दा …

पुरा पढ्नुहॊस »

निर्मला प्रकरणः प्रहरी अनुसन्धान पूर्णतः असफल, आरोपीलाई यातना दिएर आरोप स्वीकार गर्न लगाइँदै

काठमाडाैँ । प्रहरी प्रमाणभन्दा बयानमुखी बन्दा १ सय ५० दिन बित्दासमेत निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेको पहिचान गर्न असफल छ। घटनामा संलग्न भएको आरोपमा पछिल्लोपटक पक्राउ गरिएका दुई किशोरका कारण प्रहरी थप विवादमा परेको छ । महेन्द्रनगरकै प्रदीप रावल र विशाल चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो । रावल अझै थुनामा छन् भने विशाललाई शनिबार छाडिएको छ । प्रदीपलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जले २० दिनदेखि सार्वजनिक अपराध मुद्दामा थुनामा राखेको छ । यो खबर आजको नयाँ …

पुरा पढ्नुहॊस »