काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारले बुझाएको रकम सुरक्षित गर्न म्यानपावर कम्पनीको धरौटी रकम बढाउने भएको छ । आवश्यकता भन्दा बढी म्यानपावर कम्पनी दर्ता हुन थालेपछि धरौटी रकम बढाएर कडाई गर्न लागिएको खबर आजको कान्तिपुर दैनिकमा छ । वैदेशिक राजगार विभागका अनुसार हाल १ हजार ३ सय म्यान पावर दर्ता छन् । ५ हजार कामदार पठाउने लक्ष्य राखेर इजाजत माग गर्ने संस्थाले एक करोड रुपैयाँ नगद र २ करोड रुपैयाँ …
पुरा पढ्नुहॊस »कालीकोटको पलातामा आगलागी, ३० घर जलेर नष्ट
कालिकोट । कालीकोटको पलाता गाउँपालिका- १, खाडा गाउँस्थित न्यौपानेबस्तीमा सोमबार बिहान लागेको आगोले ठूलो क्षति भएको छ । बिहान साढे २ बजेतिरबाट आगलागी सुरु भए पनि अझैसम्म पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन । ३२ बढी घर रहेका न्यौपाने बस्तीमा ३० घर जलीसकेको स्थानीयले बताएका छन् । खरले छाएका घर भएकाले आगोले बढी क्षति पुर्याएको बताइएको छ । यद्यपि, क्षतिको पूर्णविवरण आउन बाँकी छ । सुख्खा क्षेत्र भएको र फुसको …
पुरा पढ्नुहॊस »काँग्रेस महासमिति बैठक सम्पन्न : सरकार विरुद्ध एकजुट हुने अठोट, विधान सर्वसम्मतिले पारित
नेपाली काँग्रेसको संशोधित विधान मस्यौदा महासमिति बैठकबाट सर्वसम्मतिले पारित भएको छ । विधान पारित भएसँगै नौ दिन अघि सुरु भएको काँग्रेस महासमिति बैठक पनि सम्पन्न भएको छ । महासमिति बैठकले सरकारको अधिनायकवादी आकांक्षा पूरा हुन नदिने अठोटसमेत व्यक्त गरिएको छ । सरकारले दुई तिहाई बहुमतको दम्भमा विपक्षी दलहरुको भूमिकालाई गौण बनाउन खोजेको ,भ्रष्टाचारलाई संस्थागत गरेको,निर्मला पन्तको बलात्कारपछि हत्याका दोषीलाई कारबाही गर्न असफल भएको, विपक्षी कार्यकर्ता तथा समर्थकप्रति असहिष्णु र वैरभाव …
पुरा पढ्नुहॊस »विद्युत प्राधिकरण र ‘मध्य त्रिशूली गङ्गा’बीच ‘पिपिए’मा हस्ताक्षर
वेत्रावती । नेपाल विद्युत प्राधिकरणले नुवाकोटमा निर्माणाधीन ‘मध्य त्रिशूली गङ्गा जलविद्युत आयोजना’सँग विद्युत खरिद बिक्री सम्झौता (पिपिए) गरेको छ। पर्फेक्ट इनर्जी डेभलप्मेन्ट प्रालि प्रवद्र्धक रहेको १९ दशमलब ४१ मेगावाट क्षमताको आयोजनामार्फत उत्पादित विद्युत खरिदका लागि कम्पनी र नेपाल विद्युत प्राधिकरणबीच सम्झौता गर्ने कार्य सम्पन्न भएको हो। दुई पक्षबीच भएको सम्झौताअनुसार आयोजनाबाट सुख्खायाममा (मङ्सिर १६ देखि जेठ १५ सम्म) उत्पादन हुने विद्युत ८ रुपैयाँ ४० पैसा र वर्षायाममा (जेठ १६ देखि मङ्सिर …
पुरा पढ्नुहॊस »नेपालको बिजुली भारत हुँदै बंगलादेश लैजाने बाटो खुल्यो
भारतले तेस्रो पक्षले उत्पादन गरेको विद्युत आयात सम्बन्धी व्यवस्थालाई खुकुलो पारेको छ। त्यसैगरी, भारतीय प्रशारणलाई प्रयोग गरेर विद्युत व्यापार गर्न सकिने व्यवस्था समेत गरेको छ। भारत सरकारका ऊर्जा मन्त्रालयले जारी गरेको सीमापार विद्युत व्यापार सम्बन्धी नयाँ निर्देशिकाले नेपालले उठाउँदै आएको मागको सम्बोधन हुने गरी यस्तो व्यवस्था गरेको हो। भारतले मंगलबार जारी गरेको नयाँ निर्देशकाको नयाँ व्यवस्थाले नेपाल र बंगलादेशबीच हुने विद्युत व्यापारका लागि समेत ढोका खोल्नेछ। तर जारी नयाँ निर्देशिकाले …
पुरा पढ्नुहॊस »२५ लाख अवैध रकमसहित २ भारतीय पक्राउ
विराटनगर । भारतबाट लुकाईछिपाई नेपालतर्फ ल्याइँदै गरिएको करीब २५ लाख अवैध रकमसहित २ भारतीय नागरिक आइतवार विराटनगरबाट पक्राउ परेका छन् । प्रहरीले भारतको विहार राज्य अररिया जिल्ला फारविसगन्ज–९, नयाँ टोलका वर्ष २८ का सनोजकुमार साह र सोही स्थानका वर्ष ५० की सुशीलादेवी गुप्ता साहलाई पक्राउ गरेको हो । विराटनगरको स्थानीय रोडशेष चोकमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले भारतीय बीआर ३८ एच ६१४२ नम्बरको कालो रङको मारूती सुजुकी कार …
पुरा पढ्नुहॊस »६ वटी छोरी जन्माएको भन्दै महिला घर निकाला
जुम्ला । लगातार ६ वटी छोरी जन्माएको भन्दै जुम्लाकी एक महिलालाई घरबाट निकालिएको छ । जिल्लाको कनकासुन्दरी गाउँपालिका–६, लुड्कीकी झनमाया रोकाया गत कात्तिक महिनादेखि घर निकाला भएकी हुन् । २६ वर्षीया झनमायाले छ महिनाको गर्भवती अवस्थामा श्रीमान् गंगाराम रोकायाले छोरीसहित घर निकाला गरेको बताइन् । श्रीमानले घरबाट निकालेपछि माइतीमा बस्दै आएकी उनले पुस ३ गते छैटौँ सन्तानका रूपमा छोरीलाई जन्म दिएकी छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्यक्रिया गरी जन्माइएकी …
पुरा पढ्नुहॊस »भ्रष्टहरुको नियुक्ति फिर्ता गर्न सरकारलाई आफ्नै पार्टीबाट दबाब, ४३ केन्द्रीय सदस्यले गरे सामूहिक माग
काठमाडाैँ । सत्तारुढ दल नेकपाका ४३ केन्द्रीय सदस्यले भ्रष्ट छवी भएकाहरुको राजनीतिक नियुक्ति फिर्ता गर्न माग गरेका छन् । जारी स्थायी समिति बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाललाई सांसद कृष्णगोपाल श्रेष्ठमार्फत् ज्ञापनपत्र बुझाउँदैं उनीहरुले भ्रष्ट र विवादित छवि भएकाहरुको राजनीतिक नियुक्ति र मानपदवी खारेज गर्न माग गरेका हुन् । उनीहरुले ‘दिगम्बर झाजस्ता भ्रष्ट व्यक्तिहरुले राजनीतिक नियुक्ति पाएको र यसले पार्टीलाई समेत बद्नाम गराएको भन्दै झासहित अरुको नियुक्ति फिर्र्ता’ फिर्ता …
पुरा पढ्नुहॊस »सिरहाको गोलबजारमा भेटियो प्रेसर कुकर बम, डिस्पोजको तयारी
सिरहा। सिरहाको गोलबजार नगरपालिका–४ मा आइतबार बिहान प्रेसर कुकर बम फेला परेको छ । बनकवाबाट गोलबजारतर्फ आउने बाटोमा नेपाल टेलिकमको टावर नजिकै प्रेसर कुकर बम भेटिएको हो । इलाका प्रहरी कार्यालय गोलबजारका अनुसार राति करिब ४ बजेको समयमा बम फेला परेको हो । प्रेसरकुकर देखिए पनि घाँसभित्र राखिएकाले यकिन हुन सकेको छैन् । बम डिस्पोजका लागि सिरहाको चोहर्वास्थित नेपाली सेनाको श्री नयाँ गोरख गणबाट सेनाको बम स्पिोजल टोली गएको छ । …
पुरा पढ्नुहॊस »कांग्रेस महासमिति बैठक आज सकिँदै, सामान्य छलफल गरेर विधान मस्यौदा पारित गर्ने तयारी
काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा पार्टीको विधान मस्यौदामाथिको छलफल जारी छ । संघीय संरचना अनुसारको विधान मस्यौदा शनिबार बैठकमा पेस भएको हो । विधान मस्यौदा प्रस्ताव तयारी समिति संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले प्रस्ताव प्रस्तुत गरेका हुन् । प्रस्ताव प्रस्तुत भएसँगै महासमिति सदस्यहरुले धारणा राख्ने क्रम शुरु भएको छ । महासमिति सदस्यहरुले राखेको विचारका आधारमा प्रस्ताव संशोधन गरी बैठकले आइतबार पारित गर्ने तयारी छ । मंसिर २९ मा उद्घाटन भएको …
पुरा पढ्नुहॊस »