भ्रष्टहरुको नियुक्ति फिर्ता गर्न सरकारलाई आफ्नै पार्टीबाट दबाब, ४३ केन्द्रीय सदस्यले गरे सामूहिक माग

काठमाडाैँ । सत्तारुढ दल नेकपाका ४३ केन्द्रीय सदस्यले भ्रष्ट छवी भएकाहरुको राजनीतिक नियुक्ति फिर्ता गर्न माग गरेका छन् । जारी स्थायी समिति बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाललाई सांसद कृष्णगोपाल श्रेष्ठमार्फत् ज्ञापनपत्र बुझाउँदैं उनीहरुले भ्रष्ट र विवादित छवि भएकाहरुको राजनीतिक नियुक्ति र मानपदवी खारेज गर्न माग गरेका हुन् ।

उनीहरुले ‘दिगम्बर झाजस्ता भ्रष्ट व्यक्तिहरुले राजनीतिक नियुक्ति पाएको र यसले पार्टीलाई समेत बद्नाम गराएको भन्दै झासहित अरुको नियुक्ति फिर्र्ता’ फिर्ता माग गरेका छन् । वर्तमान सरकारले विवादास्पद छवी भएका दिगम्बर झालाई दूरसञ्चार प्राधिकरणमा ल्याएको छ । सुरुमा बर्खास्तमा परेपनि सर्वोच्च पुगेका झाले मुद्दा फिर्ता लिएका थिए । आश्चर्यजनक रुपमा मुद्दा फिर्ता गरेपछि उनलाई पुनः सरकारले दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो । उनको नियुक्तिपछि पार्टीमा समेत चर्को आलोचना भएको थियो ।

ज्ञापनपत्रमा हस्ताक्षर गर्नेमा कृष्ण केसी, ठाकुर गैरे, माधव अर्याल, रामकुमारी झाँक्री, जगन्नाथ खतिवडालगायत छन् ।

हेर्नुहोस् ज्ञापनपत्रको पूर्ण विवरण

मिति : २०७५/०९/०७
कमरेड अध्यक्षद्वय,
नेपाल कम्युनिष्ट पार्टी (नेकपा),
धुम्बाराही, काठमाडौं, नेपाल ।

विषय : भ्रष्ट वा विवादित छवी भएकाहरूको राजनीतिक नियुक्ति र मानपदवी तत्काल खारेज गरियोस् भन्ने बारे ।

कमरेड,
सयौं सहिद, हजारौं कार्यकर्ता र लाखौंलाख श्रमजीवी जनताको बलिदान र परिश्रमबाट अहिलेको अत्यधिक बहुमतसहितको कम्युनिष्ट सरकार गठन भएको हो भन्ने विषयमा दुईमत नहोला । यो सरकारले ‘भ्रष्टाचारबारे शून्य सहनशीलता’ को नीति शुरुमै घोषणा गरेको हो । यसैगरी सम्माननीय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष कमरेड के.पी.शर्मा ओलीले “म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न” भन्नुभएको कुरा पनि आम जनमानसमा सञ्चारित भएकै छ । सरकारको भ्रष्टाचार विरोधी वचनवद्धताले तमाम कार्यकर्ता र नेपाली न्यायप्रेमी जनसमुदायमा आशा र भरोशा सञ्चार गरेकै हो । यसो हुँदाहँुदै पनि दिगम्बर झाजस्ता भ्रष्ट र विवादित छवीका मानिसहरुले राजनीतिक नियुक्ति पाउन सफल भए । यसैगरी सरकारको सिफारिसमा भ्रष्ट र विवादित छवी भएका मानिसहरु सम्माननीय राष्ट्रपति महोदयबाट विभुषित भए । यी र यस्ता कतिपय घटनाक्रम तथा काम–कारवाहीहरुले कम्युनिष्ट सरकारको गरिमा र लोकप्रियतामा गंभिर धक्का दिने हुँदा यसतर्फ पार्टी शीर्ष नेतृत्वको ध्यान जाओस् र यस कुरालाई जारी स्थाई कमिटीको बैठकमा छलफलको विषय बनाइयोस् । दिगम्बर झा र उनीजस्ता भ्रष्टाचारमा विवादित भएकाहरुलाई यथाशिघ्र पदबाट बर्खास्त गर्नका लागि पार्टीको तर्पmबाट सरकारलाई आवश्यक निर्देशन दिइयोस भन्नेसमेत विनम्र अनुरोध गर्न चाहन्छौं ।
कमरेड,
हामीले अघिल्लो ज्ञापनपत्रमा ज्वलन्त राजनीतिक विषयका साथै भ्रष्टाचारका विरुद्धको अभियानमा पार्टी शीर्ष नेतृत्वको ध्यानाकर्षण गराएका थियौं ।
कमरेड,
देश लामोसमयदेखि संस्थागत भ्रष्टाचारको दलदलमा भासिएको कुरा कमरेडहरुमा अवगत नै छ । एनसेलजस्ता कम्पनीहरुले हाकाहाकी कर छलिरहेका छन् र सरकारलाई विगतदेखिनै असहयोग गरिरहेका छन् । यस्ता संस्थागत भ्रष्टाचारका घटनाहरुलाई क्रमशः छिमल्दै र कार्वाहीको दायरामा ल्याउँदै जानका लागि तत्कालैदेखि अभियान सञ्चालन गर्न आवश्यक छ । यसको शुरुवात राजनीतिक नियुक्ति पाएका भ्रष्ट छवीका मानिसहरुको नियुक्ति खारेजीबाट गरियोस् भन्ने अनुरोध गर्न चाहन्छौं ।
कमरेड,
हामी सशरीर उपस्थित हुनसक्नेले हस्ताक्षर गरेकाछौं भने विभिन्न कारणले सशरीर उपस्थित हुन नसक्नेहरुले विद्युतीय माध्यमबाट पठाउनुभएको स्विकारोक्तिलाई आधार मानी नाम उल्लेख गरेका छौं ।
– धन्यवाद !
विद्युतीय माध्यमबाट “मेरो समर्थन छ” भनी समर्थन जनाउने केन्द्रीय सदस्य कमरेडहरुको नामावली
१.रामचन्द्र झा
२.विजय गुरुङ
३.यदुवंश झा
४.सत्रुघ्न महतो
५.निरज आचार्य
६.धर्मराज निरौला
७.विश्वनाथ प्याकुरेल
८.प्रेमलकुमार खनाल
९.सरला यादव
१०.सिता गिरी ओली
११.रामकुमार ज्ञवाली
१२.रविन कोइराला
१३.पी.एल.श्रेष्ठ
१४.रविन्द्र बैठा
१५.दिलु पन्त
१६.सुधिर शाह
१७.योगनारायण यादव
१८.मोहम्मद महफुज अन्सारी
१९.विरोध खतिवडा
२०.जयन्ती राई
२१.मेटमणी चौधरी
२२.गणेश पहाडी
२३.चुडामणी जंगली
२४.सुरेन्द्र मानन्धर
२५.श्री प्रसाद शाह
२६.सुधिर शाह
२७.शेरबहादुर तामाङ
२८.तैयब हुसेन
२९.पशुपति चौलागाईं
३०.तुलबहादुर गुरुङ
३१.घनेन्द्र बस्नेत
३२.कृष्ण खनाल
३३.महेश्वर पाठक
३४.गोविन्दबिक्रम शाह
३५.श्रीमाया थकाली
३६.डा.वंशीधर मिश्र

उपस्थित भै हस्ताक्षर गर्ने केन्द्रीय सदस्य कमरेडहरु
३६.कृष्ण के.सी.
३७.ठाकुर गैरे
३८.माधव अर्याल
३९.भाष्कर काफ्ले
४०.रामकुमारी झाँक्री
४१.जगन्नाथ खतिवडा
४२.डा.विजयकुमार पौडेल

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सर्पले डसेर ओच्छ्यानमा सुतिरहेका बालकको मृत्यु

काठमाडौं । मोरङमा सर्पले डसेर एक बालकको ज्यान गएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी …

प्रतिकृया दिनुहॊस