समाचार

ट्याक्सीमा मिटर भाडा समायोजन

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले ट्याक्सीमा मिटर भाडा समायोजनको काम अगाडि बढाएको छ । विभागले गएको असोज ७ गते सार्वजनिक बसमा भाडा बढेसँगै ट्याक्सीमा पनि १० प्रतिशत भाडा बढाउने यातायात व्यवस्था विभाग र मन्त्रालयको निर्णयलाई कार्यान्वयन गर्दै मंसिर पहिलो हप्तादेखि ट्याक्सीमा मिटर भाडा समायोजनको कामलाई अगाडि बढाएको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनी हालसम्म दुई हजार २०० ट्याक्सीमा नयाँ भाडा समायोजन गरिसकिएको बताउँछन् । ‘मिटर र प्रिन्टर मेसिन ठीक …

पुरा पढ्नुहॊस »

प्रधानन्यायाधिशमा प्रस्तावित जबरामाथीको संसदीय सुनुवाई आज

काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस चोलेन्द्र शमशेर जबराको सुनुवाइ आज हुँदैछ । बिहान ११ बजेपछि सिंहदरबारमा बस्ने बैठकमा सुनुवाइका लागि जबरालाई बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ । आइतबार नै सुरु भएको सुनुवाइ कर्मचारीको आन्दोलनका कारण पूरा हुन सकेको थिएन । आइतबारको बैठकमा उनले आफ्नो कार्ययोजना प्रस्तुत गरिसकेका छन्। राणा प्रधानन्यायाधीशका लागि अयोग्य रहेको दावी गर्दैै समितिमा नौवटा उजुरी परेका छन् । सर्वोच्चसहित विभिन्न अदालतमा न्यायाधीश हुँदा राणाले पूर्व अधिराजकुमारी प्रेरणा शाहको …

पुरा पढ्नुहॊस »

राष्ट्रिय टोपी दिवस मनाइँदै

काठमाडौं । आज राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदैछ । नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो । जंगबहादुर राणाकी बहिनी डम्बरकुरमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलोपटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाई छ । नेपाल बाहिर रहेका नेपाली र नेपालीभाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन् । नेपाली टोपीको साइनो बंगलादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ । विशेषतः भाद्गाउँले टोपी र …

पुरा पढ्नुहॊस »

थानकोट–नागढुङ्गा सुरुङमार्ग : छ कम्पनीले भरे बोलपत्र

काठमाडौँ। राजधानी भित्रिने मुख्य नाकाको रुपमा रहेको थानकोट–नागढुङ्गा सडकखण्डमा प्रस्तावित सुरुङमार्ग निर्माणका लागि आधा दर्जन विदेशी कम्पनीले बोलपत्र भरेका छन् । जापानी सहयोग नियोग (जाइका) को सहयोगमा निर्माण गरिने उक्त सुरुङमार्ग निर्माणका लागि गरिएको ‘ग्लोबल टेन्डर’ मा चिनियाँ र जापानी छ वटा कम्पनीले बोलपत्र भरेको जानकारी सडक विभाग, वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख केशवकुमार शर्माले दिए । उनले बोलपत्र फारम भरेका कम्पनीहरुको नाम भने बताएनन् । उनले “टेण्डर’ भरेका कम्पनीहरुको …

पुरा पढ्नुहॊस »

नयाँ वर्ष सन् २०१९ सुरु, प्रधानमन्त्रीले दिए शुभकामना

काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवतको नयाँ वर्ष सन् २०१९ शुरु भएको छ । येशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो । यो पात्रो अनुसारको चाड पर्व मान्नेले आज एकापसमा शुभकामना आदान प्रदान गरी मनाउँछन् । ग्रेगोरियन पात्रोका आधारमा चलाइएको इस्वी सन् सौरमासका आधारित छ । जसअनुसार ३६५ दिन छ घण्टा ४९ मिनेट छ सेकेण्डको एक वर्ष हुन्छ । विश्वका अधिकांश …

पुरा पढ्नुहॊस »

सिंहदरबारका कर्मचारी कालोपट्टी बाँधेर काममा

काठमाडाैँ । दरबन्दी स्वीकृतिमा विभेद गरेको भन्दै लेखा समूहका कर्मचारीले आन्दोलन थालेका छन्। प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारभित्रै आज उक्त समूहका कर्मचारीले हातम कालोपट्टी बाँधेर काम गरेका छन्। ‘दरबन्दी स्वीकृत हुँदा लेखा समूहमा प्रदेश र स्थानीय तहमा धेरै संख्या दिइयो, केन्द्रमा चाहिनेजति पनि राखिएन। त्यसैको विरोधमा आज कालोपट्टी बाँधेर काम गरेका हौं,’ कर्मचारी ईश्वरीप्रसाद ढकालले भने। उनीहरूको माग लेखा समूहअन्तर्गत प्रदेश अनि स्थानीय तहमा अनावश्यक भएको संख्या केन्द्रमा दरबन्दी हुनुपर्नेछ। यसअघि …

पुरा पढ्नुहॊस »

काठमाडौं जिल्ला अदालतका कर्मचारी घुससहित पक्राउ

काठमाडौं । काठमाडौं जिल्ला अदालतका डिठ्ठा १० हजार घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुयपोग अनुसन्धान आयोगको टोलीले जिल्ला अदालत काठमाडौंमा कार्यरत डिठ्ठा (खरिदार) विदुर पोख्रेललाई १० हजार घुस रकमसहित पक्राउ गरेको हो। पोख्रेलले डोर खटी बण्डा मुचुल्का बनाउनका लागि सेवाग्राहीसँग विभिन्न बहानामा घुस मागिरहेको सूचनाका आधारमा गएको अख्तियारको टोलीले उनलाई सोह्रखुट्टेको एक रेस्टुरेन्टबाट पक्राउ गरेको हो। पक्राउ परेका पोख्रेलाई हिरासतमा लिई आवश्यक अनुसन्धान अगाडि बढाइएको अख्तियारका रामेश्वर दंगालले जानकारी दिए।

पुरा पढ्नुहॊस »

सामान बोक्ने ट्रकमा १ सय ६० किलो चरेस

वीरगन्ज । पर्सा प्रहरीले १ सय ६० किलो लागू औषध चरेससहित एक ट्रकलाई नियन्त्रणमा लिएको छ । मकवानपुरको मनहरीबाट वीरगन्जतर्फ आउँदै गरेको ना४ख २९८५ नम्बरको ट्रकबाट १ सय ६० किलो चरेश बरामद भएको हो । चरेससहित ट्रकका चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ बस्ने २९ वर्षीय सागर वललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ट्रकको बडी र क्याभिनको बीच भागमा फल्स बटम बनाइ लुकाएर भारततर्फ लैजाँदै गर्दा ट्रक नियन्त्रणमा लिइएको पर्सा प्रहरीले …

पुरा पढ्नुहॊस »

पर्यटन क्षेत्रमा ऐतिहासिक रह्यो सन् २०१८

काठमाडौं । नेपालको पर्यटन प्रवर्द्धनका लागि सन् २०१८ महत्वपूर्ण वर्ष सावित भएको छ । यसवर्ष अहिले सम्मकै सबैभन्दा बढी १० लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरे । देशमा सहज परिस्थिति सिर्जना भइ पर्यटक आगमनमा बृद्धि हुँदै गएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०१८ को ११ महिनामै १० लाख एक हजार ९३० विदेशी पर्यटक नेपाल आएका छन् । जसले नेपाली पर्यटन क्षेत्रमा नयाँ उत्साह …

पुरा पढ्नुहॊस »

‘कांग्रेसले धर्म बोकेर राजनीति गर्दैन’

काठमाडौं । नेपाली कांग्रेसले राजनीतिलाई धर्मसँग मिलाउन नचाहेको स्पष्ट गरेको छ। पार्टीको कार्यसूची धर्म नभएको र धर्म बोकेर राजनीति नगर्ने पार्टीले स्पष्ट पारेको हो। महासमिति बैठकपछि पार्टीले विभिन्न समूहसँग गरिरहेको अन्तरक्रियाकै क्रममा आइतबार पत्रकार एवम् बुद्धिजीवीसँग भएको भेटघाटमा पार्टीले दलित, जनजाति, मधेशी, महिला, अल्पसङ्ख्यक र सबै धर्म र विचारको संरक्षण गर्न चाहेको जनाएको हो। सो अवसरमा पार्टी सभापति शेरबहादुर देउवाले कांग्रेस समावेशी र पारदर्शी पार्टी भएको बताए। उनले एक फरक प्रसङ्गमा …

पुरा पढ्नुहॊस »