‘पाठशाला साँझ’: विद्यार्थीहरुकाे उत्कृष्ट प्रस्तुति

पाठशाला नेपाल फाउण्डेसनकाे ‘पाठशाला साँझ’ कार्यक्रम शनिवार प्रज्ञा प्रतिष्ठानमा भब्यरुपमा सम्पन्न भएकाे छ ।  यस कार्यक्रममा नेपालकाे स‌ंस्कृति तथा सभ्यता झल्काउने  विविध जातका नृत्य, गीत प्रस्तुत गरिएको थियो ।  उक्त कार्यक्रममा विद्यार्थीहरुले मैथिली गीतलाइ वडाे कुशल ढंगले गाएका थिए भने चाइनिज गीतमा प्रस्तुत नृत्य वडाे कलात्मक थियाे ।

कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुले  नृत्य, गायन, कविता तथा नाटकलाइ जीवन्तरुपमा  प्रस्तुत गरेका थिए । अाफ्ना नानीहरुकाे कार्यक्रम हेर्न हलमा अभिभावकहरुकाे वाक्लाे उपस्थिति थियाे । लेखक तथा निर्देशक पशुपति राईकाे संवादको प्रयोग नगरिकनै ‘भ्यागुत्तोको उफ्राइ’ नाटककाे प्रस्तुति अत्यन्तै मनछुने थियाे । विद्यार्थीहरुले उत्कृष्ट क्षमताका साथ चरित्र निभाएका थिए । 

कार्यक्रममा साहित्यकार कृष्ण धरावासीले ‘पाठशाला साँझ’ कार्यक्रम विद्यार्थीहरुकाे कला प्रष्फुटन गराउने माध्यम भएकाे भन्दै विद्यार्थीहरुकाे प्रस्तुति निकै लाेभलाग्दाे भएकाे वताए । पाठशाला विद्यालयकाे गुणस्तरीयताका बारेमा सुन्दै अाएकाे तर प्रत्यक्षरुपमा अवलाेकन गर्न पाउँदा अत्यन्तै खुसी लागेकाे धारणा राखे । 

बारेमा कल्पना शर्मा

यॊ पनि हेर्नुहॊस

निर्मल पुर्जामाथि महिला आरोहीले लगाइन् यौन दुर्व्यवहारको आरोप

काठमाडौं । कीर्तिमानी पर्वतारोही निर्मल पुर्जामाथि यौन दुर्व्यवहारको गम्भीर आरोप लागेको छ । पूर्व मिस …

प्रतिकृया दिनुहॊस