काठमाडाैँ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ‘वेटी बचाउ, वेटी पढाउ’ अभियानलाई सार्थक बनाउन माघ महिनादेखि जन्मिने छोरीलाई सरकारले एक लाखको जीवन बीमा गर्ने घोषणा गरेका छन्। रौतहट जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न शनिबार आयोजित कार्यक्रममा मुख्यमत्री राउतले यस्तो घोषणा गरेका हुन्। यो खबर आजको नागरिक दैनिकमा मदन ठाकुरले लेखेका छन्। प्रदेश २ का ८ वटै जिल्लाको ८ वटा पालिकामा माघ १ गतेबाट जन्मिएका छोरीलाई एक लाखको बीमा गर्ने कार्यक्रम …
पुरा पढ्नुहॊस »गरिबी निवारण कोष विघटन हुँदै, १९ अर्ब रुपैयाँ दुरुपयोग हुने खतरा
काठमाडौं । पीछडिएका र गरिब समुदायलाई विकासको मूल प्रवाहमा ल्याउने उदेश्यले १५ वर्षअघि स्थापना गरिएको गरिबी निवारणको कोष अब नाम मात्रको रहने छ। कानुनी अड्चनका कारण सरकारले कोषलाई औपचारिक विघटन नगरे पनि सोमबारदेखि कोष निस्क्रिय झैँ रहनेछ। सोही कारण कोषले अहिलेसम्म विभिन्न सामुदायिक संस्थामा गरेको गरेको १९ अर्ब लगानी दुरुपयोग हुने सम्भावना बढेको छ। गरिबी निवारण कोष ऐनमार्फत स्थापना भएकोले कोष विघटन गर्न सरकारलाई कानुनी अड्चन परेको छ। कोषलाई आर्थिक …
पुरा पढ्नुहॊस »पाँच दिनदेखि एकै गाउँका तीन बालिका सम्पर्कविहीन
सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिका–९ खानीखोला सुर्खेतका तीन बालिका पाँच दिनदेखि सम्पर्कविहीन भएका छन्। हराउने बालिकामा नेपाल राष्ट्रिय मावि सिम्तामा कक्षा ९ की १४ वर्षीया निशा सिंह, १५ वर्षीया यमुना खत्री र कक्षा ७ की १२ वर्षीया रिसिमा खत्री छन्। रिसिमा र यमुना दिदी बहिनी हुन्। सम्पर्कविहीन तीनै बालिकाको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय सु्र्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए। १० पुसमा सिम्ता गाउँपालिकासँग जोडिएको सल्यान …
पुरा पढ्नुहॊस »काठमाडौँको तापक्रम शून्य नजिक, माइनसमा झर्ने सम्भावना
काठमाडौँ । काठमाडौँ उपत्यकामा आइतबार बिहानको तापक्रम यो वर्षकै सबैभन्दा कम १ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद राजु प्रधानाङ्गले बिहान ५ः ४५ बजे न्यूनतम तापक्रम १ डिग्री मापन भएको र यो यस वर्षकै सबैभन्दा कम रहेको जानकारी दिए । यसअघि शनिबारको न्यूनतम तापक्रम १.५ र शुक्रबार १.४ डिग्री सेल्सियस मापन भएको थियो । मौसमविद प्रधानाङ्गले काठमाडौँ उपत्यकामा न्यूनतम तापक्रम अझै घट्ने र माइनसमा झर्न …
पुरा पढ्नुहॊस »आज तमु ल्होसार पर्व मनाइँदै, राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना
काठमाडौं । गुरुङ समुदायले पुरानो वर्षको बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको …
पुरा पढ्नुहॊस »गोकर्णेश्वरको धागो उद्योगमा आगलागी हुँदा ९० लाखको क्षति
काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नपा ४ को उत्तरबाहिनी चोकको धागो उद्योगमा आगलागी हुँदा ९० ला रुपैयाँ बराबरको क्षति भएको छ। भारतीय नागरिक लक्ष्मण दुबेले सञ्चानल गरेको भगवती घागो उधोगमा आज बिहान करिब ४ बजे बिधुत सर्ट भई आगोलागी भएको महानगरिय प्रहरी प्रभाग गोकर्णका सई रामेश्वर खड्काले जानकारी दिए। सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, मध्यपुर थिमि नगरपालिकाको सहयोगमा बारूँन यन्त्रको गरी ८ वटा दमकल र ३ वटा पानी टेंकरमार्फत आगो नियन्त्रणमा लिइएको थियो।
पुरा पढ्नुहॊस »‘परियोजना बैंक’ बनाउँदै कर्णाली सरकार
काठमाडाैँ । कर्णाली प्रदेश सरकारले ‘परियोजना बैंक’ बनाउन गृहकार्य थालेको छ। प्रदेशस्तरीय नीति तथा योजना आयोगले त्यसका लागि आवश्यक कार्ययोजना बनाउन थालेको हो। ‘परियोजना बैंक’मा ठूला आयोजनाको पहिचान, प्राथमिकीकरण, प्रारम्भिक सम्भाव्यता अध्ययनलगायत विषय समावेश गरिने र यसको तयारीपछि प्रदेश सरकारले चैत महिनामा लगानी सम्मेलन गर्ने जनाएको छ। ‘कार्ययोजना बनाउँदैछौं, सम्भाव्यता अध्ययनका लागि सम्बन्धित क्षेत्रका विज्ञको सूची तयार भइरहेको छ,’ प्रदेश योजना आयोगका सदस्य योगेन्द्र शाहीले भने, ‘परियोजनाका सबै पक्षलाई अध्ययन …
पुरा पढ्नुहॊस »८० रुपैयाँ विद्युत् महसुल तिर्न जाँदा दुई हजार खर्च
डोटी । डोटीको दुर्गम क्षेत्रका स्थानीय वासिन्दा ८० रुपैयाँ विद्युत् महसुल तिर्नको लागि दुई हजार रुपैयाँ भन्दा बढी रकम खर्च गर्न बाध्य भएका छन्। जिल्लाका ग्रामीण क्षेत्रमा विद्युत् महसुल तिर्ने काउण्टर नभएका कारण सेवाग्राहीलाई न्यूनतम रकम तिर्न घण्टौ टाढा हिँडेर र गाडीको यात्रा गरी जिल्ला सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायल पुग्नुपर्ने बाध्यता छ। शिखर नगरपालिका–१ कपल्लेकी सेवाग्राही दीर्घबहादुर ऐरले गाउँमा तीन महिनामा एक पटक मात्रै मिटर रिडिङ हुने …
पुरा पढ्नुहॊस »माटोबिनै यसरी फल्छ तरकारी
काठमाडाैँ । खेती गर्न चाहनुहुन्छ तर जमिन छैन भने चिन्ता नगर्नुस्। माटोबिनै तरकारी खेती गर्न सकिने प्रविधि नेपालमै सुरु भइसकेको छ। बगर होस् या घरको छत। जहाँ पनि यो तरिकाबाट प्रशस्त खेती गर्न सकिन्छ। रूपन्देहीका किसान ईश्वर पौडेल यही प्रविधिबाट खेती गरिरहेका छन्। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा लक्ष्मण पोखरेलले लेखेका छन्। उनले विष्णुपुरामा हाइड्रोपोलिक नेपाल कृषि फर्म चलाएका छन्। आफूले गरिरहेको कामबारे उनले बुटवल मण्डपमा जारी लुम्बिनी एक्स्पोमा जानकारी …
पुरा पढ्नुहॊस »चिसो माइनस २१ डिग्रीमा झरेपछि गाउँका सबै हिँडे, दुई गाउँका १० जना घर कुर्दै
मनाङ । हिमाली जिल्ला मनाङ र मुस्ताङमा निकै चिसो बढेको छ। मनाङमा तापक्रम माइनस २१ डिग्रीसम्म झरेको छ। चिसो बढेपछि हिमाली जिल्लामा चहलपहल हराएको छ। बजार गाउँ सबैतिर सुनसान भएको मनाङका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले बताए। यो खबर आजको नागरिक दैनिकमा पोखराबाट सन्तोष पोखरेलले लेखेका छन्। चिसोले बाहिर हिँड्न सकस छ। चिसोले बस्न कठिन भएपछि नार र फूका बासिन्दा घर छाडेर तातो क्षेत्रतिर झरेका छन्। दुई गाउँमा गरेर १० जना …
पुरा पढ्नुहॊस »