पहिलाे पटक नेपाल भित्रियो सुपर कम्प्युटर

काठमाडाैँ । मुलुक सुपर कम्प्युटरको युगमा प्रवेश गरेको छ। नेपालको प्राज्ञिक उत्कृष्टतामा अगुवाइ लिइरहेको काठमाडौं विश्वविद्यालय (केयू) ले काभ्रेस्थित आइटी पार्कमा पहिलोपटक सुपर कम्प्युटर भित्र्याएसँगै मुलुक सुपर कम्युटर युगमा प्रवेश गरेको हो। साधारण कम्प्युटरले भन्दा हजारौं गुणा छिटो गणना (प्रोसेसिङ) गर्ने क्षमता भएको सुपर कम्प्युटर नेपालको शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा अनुसन्धान गर्न उपयोगी हुने केयूका असिस्टेन्ट प्रोफेसर (फिजिक्स) डा. राजेन्द्र अधिकारी बताउँछन्।

उनले भने, ‘तीव्र गणना तथा विशाल संग्रहण क्षमताका कारण सुपर कम्प्युटर धेरै क्षेत्रको अनुसन्धानमा उपयोगी हुन्छ। अहिले नेपाली वैज्ञानिक तथा इन्जिनियर ठूलो स्तरको ‘डाटा प्रोसेसिङ’ का लागि अन्य देशमा निर्भर हुनुपर्दा अनुसन्धान ढिलो भइरहेको छ।’ यो खबर आजको नागरिक दैनिकमा मधुसुधन गुरागाईंले लेखेका छन्।

नेपालमै सुपर कम्प्युटरको प्रयोगबाट भूकम्प प्रतिरुपण (अर्थक्वेक मोडेलिङ), जलवायु परिवर्तन, एचवानएनवान भाइरस नियन्त्रण, रोगको आनुवंशिक विश्लेषण, वातावरणीय तथ्यांक विश्लेषणलगायत कैयन् विषयमा उच्चस्तरका अनुसन्धान गर्न सम्भव भएको अधिकारीको बताउँछन्।

‘डाटा प्रोसेसिङका लागि अन्य मुलुकको भर पर्नुपर्दा नेपालको अध्ययन र अनुसन्धान खुम्चिएको थियो। आइटी पार्कमा सुपर कम्प्युटर प्रवेशसँगै अध्ययनअनुसन्धानका लागि असीमित सुविधा उपलब्ध भएको छ’, उनले भने।

अन्य देशमा अनुसन्धानकर्ताले स्वास्थ्यसम्बन्धी पुराना अभिलेखलाई भविष्य सूचकका रूपमा विश्लेषण गर्न अत्यावश्यक ठान्ने गरेकै कारण ती देशमा ठिक उपचार विधि र पूर्वसावधानीका उपायबारे तथ्यगत निर्णय हुँदै आएको अधिकारीको भनाइ छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कोप-२९ मा सहभागी भई राष्ट्रपति पौडेल स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको राजधानी बाकुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९) …

प्रतिकृया दिनुहॊस