समाचार

खाद्य संस्थानमा वरिष्ठ अधिकृतदेखि प्रशासन सहायकको जागिर खुल्यो

काठमाडौं । नेपाल खाद्य संस्थानले विभिन्न पदका लागि ४५ जनाको दरखास्त आव्हान गरेको छ।  संस्थानले वरिष्ठ अधिकृत १ जना माग गरेको छ भने सवैभन्दा धेरै २३ जना प्रशासन सहायकका लागि दरखास्त मागेको छ।  वरिष्ठ अधिकृतका लागि १ हजार ५० दस्तुर तिर्नुपर्ने छ। त्यस्तै प्रशासन सहायकका लागि ३५० तिर्नु पर्ने छ।

पुरा पढ्नुहॊस »

सुनकाण्डको मुद्दासँग जोडिएका पाँच न्यायाधीश कारवाहीमा !

काठमाडौं । प्रप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सनम शाक्य हत्या र ३३ किलो सुन तस्करी काण्डमा निर्णय दिने पाँच न्यायाधीशलाई जिम्मेवारीमुक्त गरेका छन् । उच्च अदालत विराटनगरका यी न्यायाधीशले शुक्रबारदेखि न्याय सम्पादनको काम गर्न पाउने छैनन् । उनीहरुलाई न्याय परिषदमा हाजिर गराइएको छ । सुन तस्करीको मुद्दासँग जोडिएका उच्च अदालतका न्यायाधीश नागेन्द्रलाभ कर्ण, सारंगा सुवेदी, थीरवहादुर कार्की, उमेशराज पौडेल र उमेशकुमार सिंहलाई परिषदमा तानिएको हो । -अन्नपूर्ण पोस्ट दैनिकबाट  

पुरा पढ्नुहॊस »

७०५ अधिकृत र ४८ नायव सुब्बास्तरको लागि जागिर खुल्यो, कुन प्रदेशमा कति आवश्यकता ?

काठमाडौं । सरकारले अधिकृत र नायव सुब्बास्तरको गरि ७५३ जनाको कोटामा आवेदन खुलाएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत करार नियुक्तिको लागि आवेदन खुलाइएको हो। शुक्रबारदेखि १५ दिनसम्म प्रधानमन्त्री कार्यलयको वेवसाइटबाट आवेदन दिन सक्ने व्यवस्था मन्त्रालयले गरेको छ। २१ वर्ष पूरा भइ ४५ वर्ष ननाघेको व्यक्तिका लागि खुलाइएको आवेदनमा कम्प्युटर, मल्टिमिडिया, स्क्यानर र प्रिन्टरको ज्ञान भएको व्यक्ति खोजिएको छ। सबैभन्दा बढी एक नम्बर प्रदेशमा १३७ जना रहेका छन्। …

पुरा पढ्नुहॊस »

पाहुना बस्न आएका २० वर्षीय भारतीय युवकको सुतेकै अवस्थामा मृत्यु

काठमाडौँ । काठमाडौँ नागर्जुनमा पाहुना बस्न आएका भारतीय नागरिकको सुतेकै अवस्थामा मृत्यु भएको छ । काठमाडौँको नागर्जुन नगरपालिका–९ स्युचाटार डेरा गरी बस्ने भारतका नित्यानन्द सेठ्ठीको कोठामा पाहुना आएका २० वर्षीय प्रदीपकुमार मल्लिक मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । राति खाना खाई सुतेका उनी बिहान ओछ्यानमै मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । सो विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

पुरा पढ्नुहॊस »

डा. केसीलाई इलामबाट काठमाडौं ल्याइयाे, शिक्षण अस्पतालको आइसियूमा उपचार हुँदै

काठमाण्डौ । १६ औं पटक अनसनमा बसेका प्राध्यापक डाक्टर गोविन्द केसीलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना गरिएको छ । स्वास्थ्य अवस्था गम्भीर भएपछि अनसनको दशौं दिन शुक्रबार बिहान ३ बजेतिर उनलाई हेलिकप्टरबाट काठमाण्डौ ल्याएर शिक्षण अस्पतालको आईसीयूमा भर्ना गरिएको हो । मुटुको चाल अस्थिर भएकाले जुनसुकै बेला जे पनि हुनसक्ने डाक्टरको चेतावनीपछि उनलाई इलामबाट भद्रपुरसम्म एम्बुलेन्समा र भद्रपुरबाट नेपाली सेनाको नाइटभिजन हेलिकप्टरबाट काठमाण्डौ ल्याइएको उहाँका सहयोगी डाक्टर अभिषेक सिंहले जानकारी …

पुरा पढ्नुहॊस »

गोली प्रहारबाट घाइते भएका प्रहरी हवल्दारलाई काठामाडौं ल्याइयो

काठमाडौं । सप्तरीमा बुधबार राति अज्ञात समूहको गोली प्रहारबाट गम्भीर घाइते भएका प्रहरी हबल्दार  महेन्द्र सतरालाई थप उपचारका लागि काठमाडौ ल्याइएको छ । महेन्द्रको उपचार काठमाडौंस्थित प्रहरी अस्पतालमा भइरहेको छ । तीन वटा मोटरसाइकलमा आएको अज्ञात  समूहले खड्ग नगरपालिकास्थित प्रहरी चौकी बिसनपुरमा कार्यरत प्रहरी हवल्दार सतरालाई  ड्यूटीमा रहेका बेला  बुधबार राति  गोली प्रहार गरेको थियो । उनको पिठ्युमा एउटा गोली लागेको छ । गोली प्रहारबाट घाइते भएका सतरालाई यसअघि बुधबार राति …

पुरा पढ्नुहॊस »

डा. केसी भेट्न पूर्व प्रधानन्याधीश कार्कीसहितको टोली इलाम प्रस्थान

काठमाडौं । गोविन्द केसीका मागप्रति ऐक्यवद्धता जनाउन पूर्व प्रधानन्याधीश सुशीला कार्की सहितको टोली बिहबिार इलामतर्फ गएको छ । टोलीले अपराह्न ३ बजे डा.केसीलाई भेटेपछि पत्रकार सम्मेलन आयोजना गर्ने जनाइएको छ। प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले पारित गरी संसद्मा टेबुल भइसकेको राष्ट्रिय चिकित्सा विधेयकप्रति माथेमाको पनि असन्तुष्टि बाहिर आएको छ। डा.केसी १५औ सत्याग्रहमा रहेका बेला पूर्वप्रधानन्यायाधीश कार्की समर्थन जनाउँदै प्रदर्शनमा सहभागी भएकी थिइन्।   पुस २५ गतेबाट इलाममा अनशन सुरु गरेका डा. केसी हाल …

पुरा पढ्नुहॊस »

अपडेटः बस दुर्घटनामा मृतकको संख्या सात पुग्यो

काठमाडौं । पर्वतको कुश्मा नगरपालिकास्थित मालढुंगामा बस दुर्घटना हुँदा  मृत्यु हुनेको संख्या सात पुगेको छ। म्याग्दीको बेनी बजारबाट नारायगढ जाँदै गरेको ग १ ख ६१०८ नम्बरको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै र बाँकी ४ जनाको  उपचारका क्रममा ज्यान गएको  छ। मृतकको सनाखत अझै पनि हुन सकेको छैन। दुर्घटनामा ३१ जना घाइते भएका छन् । गम्भीर घाइते दुई जनाको हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौंको ग्राण्डी अस्पताल लगिएको छ भने बाकी घाइतेकाे धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार भइरहेकाे छ।

पुरा पढ्नुहॊस »

पर्वतमा बस दुर्घटना : मृतकको संख्या ४ पुग्यो

काठमाडौं । पर्वतको कुश्मा नगरपालिकास्थित मालढुंगामा बस दुर्घटना हुँदा  मृत्यु हुनेको संख्या चार पुगेको छ। म्याग्दीको बेनी बजारबाट नारायगढ जाँदै गरेको ग १ ख ६१०८ नम्बरको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै र अर्का एक जनाको धौलागिरी अञ्चल अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ। मृतकको सनाखत हुन सकेको छैन। घाइतेहरुको बाग्लुङ र पर्वत अस्पतालमा उपचार भइरहेको छ ।

पुरा पढ्नुहॊस »

बुटवलमा कांग्रेसको ‘शक्ति प्रदर्शन’ र खबरदारी सभा

बुटवल । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिहीबार (आज) बुटवलमा शक्ति प्रदर्शनसहित खबरदारी सभा गर्दैछ । प्रदेश पाँचको राजधानी रुपन्देही कायम गर्न दबाव दिने उद्देश्यले शक्ति प्रदर्शन र सभा गर्न लागेको हो । प्रदेश सरकार गठन भएको एक वर्ष पुग्न लाग्दा पनि स्थायी राजधानी तोक्न ढिलाई गर्नुलाई कांग्रेसले अन्यत्र सार्ने षडयन्त्र भनेको छ । शेरबहादुर देउवा नेतृत्वको यसअघिको सरकारले बुटवललाई प्रदेश ५ को सहित सातै प्रदेशको अस्थायी राजधानी तोकेको थियो …

पुरा पढ्नुहॊस »