डा. केसीलाई इलामबाट काठमाडौं ल्याइयाे, शिक्षण अस्पतालको आइसियूमा उपचार हुँदै

काठमाण्डौ । १६ औं पटक अनसनमा बसेका प्राध्यापक डाक्टर गोविन्द केसीलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना गरिएको छ । स्वास्थ्य अवस्था गम्भीर भएपछि अनसनको दशौं दिन शुक्रबार बिहान ३ बजेतिर उनलाई हेलिकप्टरबाट काठमाण्डौ ल्याएर शिक्षण अस्पतालको आईसीयूमा भर्ना गरिएको हो ।

मुटुको चाल अस्थिर भएकाले जुनसुकै बेला जे पनि हुनसक्ने डाक्टरको चेतावनीपछि उनलाई इलामबाट भद्रपुरसम्म एम्बुलेन्समा र भद्रपुरबाट नेपाली सेनाको नाइटभिजन हेलिकप्टरबाट काठमाण्डौ ल्याइएको उहाँका सहयोगी डाक्टर अभिषेक सिंहले जानकारी दिए।

१० दिनदेखि अनसनमा रहेका डाक्टर केसीको अवस्था बुझ्न र समर्थन गर्न बिहीबार पूर्व प्रधानन्यायाधीश सुशिला कार्की, पूर्व सभामुख दमननाथ ढुंगाना, त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्राध्यापक केदारभक्त माथेमालगायत इलाम पगेकाे थियो ।

उनीहरुकै अनुरोधमा डाक्टर केसीलाई काठमाण्डौ आउन मनाइएको र नेपाली सेनाको हेलिकप्टर मगाएर काठमाण्डौ ल्याइएको डाक्टर सिंहले जानकारी दिए । सुरुमा केसी काठमाण्डौ आउन तयार नभए पनि प्राध्यापक माथेमाको आग्रहपछि आउन तयार हुनुभएको उनले बताउए।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या २१७ पुग्यो, २८ जना बेपत्ता

काठमाडौं । केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म २ सय १७ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता छन् । प्राकृतिक विपद्मा १ सय ४३ जना घाइते भएको छन् ।

प्रतिकृया दिनुहॊस

This will auto close after