अपडेटः बस दुर्घटनामा मृतकको संख्या सात पुग्यो

काठमाडौं । पर्वतको कुश्मा नगरपालिकास्थित मालढुंगामा बस दुर्घटना हुँदा  मृत्यु हुनेको संख्या सात पुगेको छ।

म्याग्दीको बेनी बजारबाट नारायगढ जाँदै गरेको ग १ ख ६१०८ नम्बरको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै र बाँकी ४ जनाको  उपचारका क्रममा ज्यान गएको  छ। मृतकको सनाखत अझै पनि हुन सकेको छैन। दुर्घटनामा ३१ जना घाइते भएका छन् ।

गम्भीर घाइते दुई जनाको हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौंको ग्राण्डी अस्पताल लगिएको छ भने बाकी घाइतेकाे धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार भइरहेकाे छ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सुहाङले ८ हजार ८ सय मत कटाउँदा नेकपा एसका जीतबहादुरले पाए २४० मत

काठमाडौं । इलाम क्षेत्र नम्बर-२ मा भएको प्रतिनिधिसभाको उपनिर्वाचनमा एमालेको अग्रता फराकिलो बन्दै गएको छ …

प्रतिकृया दिनुहॊस