द ब्रिटिस कलेजमा करियर फेस्ट : स्थानीय प्रतिभालाई अवसरसँग जोड्ने

काठमाडौं । ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको द ब्रिटिस कलेजमा करियर फेस्ट–२०२४ हुने भएको छ । ग्रोथ सेलर्सको सहकार्यमा नोभेम्बर २५ र २६ मा थापाथलीस्थित कलेज हातामा करियर फेस्टको आयोजना हुन लागेको हो ।

देशभरका रोजगारदाता कम्पनी र रोजगारी खोजिरहेका व्यक्तिहरू फेस्टमा सहभागी हुनेछन् । कलेजमा अध्ययनरत विद्यार्थी, पूर्वविद्यार्थी मात्रै नभई सर्वसाधरणहरू र शीर्ष कम्पनीहरूलाई एउटै स्थानमा ल्याई रोजगारीको अवसर प्रदान गर्ने, नेटवर्किङ बढाउने र ज्ञान आदान–प्रदान गर्ने गतिशील मञ्चको रूपमा सेवा पुर्‍याउने लक्ष्यको साथ यो कार्यक्रमको आयोजना भएको कलेजले जनाएको छ ।

५० भन्दा बढी राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीहरूको सहभागिता रहने फेस्ट, रोजगारदाता तथा रोजगारीको खोजी गरिरहेका व्यक्तिहरूको लागि फलदायी हुने कम्पनीको विश्वास छ । फेस्टमा सहभागी हुने रोजगारदाता कम्पनीहरूले सो संस्थाको विभिन्न पक्षहरूको बारेमा जानकारी प्रदान गर्नेछन् ।

साथै, सो कम्पनीहरूले प्रत्यक्ष अन्तर्वार्ता लिई रोजगारीको अवसर समेत प्रदान गर्न सक्नेछन् । एउटै मञ्चबाट दुवै पक्षले फाइदा लिन सक्ने फेस्ट सरल र प्रभावकारी माध्यम भएको कलेजको विश्वास छ ।

ब्रिटिस कलेजका डेप्युटी प्रिन्सिपल डा. प्याट्रिक म्याकक्रुडेनले नेपालमा रहेको ‘ब्रेन ड्रेन’को समस्या समाधान गर्न यो पहल महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

ग्रोथ सेलर्सका संस्थापक मोहन ओझाले ब्रिटिस कलेजले आयोजना गर्न लागेको फेस्ट रोजगारी खोज्नेहरूलाई फलदायी हुने बताए ।

करियर फेस्ट केवल रोजगारी मेला मात्र नभई एउटा व्यावसायिक विकास केन्द्र हो । फेस्टमा सहभागीहरूले सीभीबारेको कार्यशाला, करियर गाइडेन्सका सत्रहरू र मास्टरक्लासहरूमा पहुँच पाउनेछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दार्चुलामा जीप दुर्घटना अपडेट : दुई भारतीयसहित आठको मृत्यु (नामसहित)

दार्चुलामा शुक्रबार बिहानै जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या आठ पुगेको छ । ६ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा गोकुलेश्वर अस्पतालमा मृत्यु भएको हो ।

प्रतिकृया दिनुहॊस