डा. केसी भेट्न पूर्व प्रधानन्याधीश कार्कीसहितको टोली इलाम प्रस्थान

काठमाडौं । गोविन्द केसीका मागप्रति ऐक्यवद्धता जनाउन पूर्व प्रधानन्याधीश सुशीला कार्की सहितको टोली बिहबिार इलामतर्फ गएको छ । टोलीले अपराह्न ३ बजे डा.केसीलाई भेटेपछि पत्रकार सम्मेलन आयोजना गर्ने जनाइएको छ।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले पारित गरी संसद्मा टेबुल भइसकेको राष्ट्रिय चिकित्सा विधेयकप्रति माथेमाको पनि असन्तुष्टि बाहिर आएको छ।

डा.केसी १५औ सत्याग्रहमा रहेका बेला पूर्वप्रधानन्यायाधीश कार्की समर्थन जनाउँदै प्रदर्शनमा सहभागी भएकी थिइन्।   पुस २५ गतेबाट इलाममा अनशन सुरु गरेका डा. केसी हाल इलाम अस्पतालमा छन् ।

डा.केसीको अवस्था चिन्ताजनक हुँदै गएपछि बुधबार चिकित्सकको विशेषज्ञ टोलीले उनलाई नर्मल स्लाइन, एन्टिबायोटिक र अक्सिजन दिएर अस्पतालमा राखिएको छ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सामूहिक छलफलका लागि रविले बोलाए कार्यकर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सार्वजनिक भेटघाट कार्यक्रम राखेका छन् । सभापति …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds