गोली प्रहारबाट घाइते भएका प्रहरी हवल्दारलाई काठामाडौं ल्याइयो

काठमाडौं । सप्तरीमा बुधबार राति अज्ञात समूहको गोली प्रहारबाट गम्भीर घाइते भएका प्रहरी हबल्दार  महेन्द्र सतरालाई थप उपचारका लागि काठमाडौ ल्याइएको छ । महेन्द्रको उपचार काठमाडौंस्थित प्रहरी अस्पतालमा भइरहेको छ ।

तीन वटा मोटरसाइकलमा आएको अज्ञात  समूहले खड्ग नगरपालिकास्थित प्रहरी चौकी बिसनपुरमा कार्यरत प्रहरी हवल्दार सतरालाई  ड्यूटीमा रहेका बेला  बुधबार राति  गोली प्रहार गरेको थियो । उनको पिठ्युमा एउटा गोली लागेको छ । गोली प्रहारबाट घाइते भएका सतरालाई यसअघि बुधबार राति उपचारका लागि विराटनगर लगिएको थियो । अवस्था गम्भीर रहेकाले उनलाई थप उपचारका लागि काठमाडौं ल्याइएको  हो  ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

प्रधानमन्त्रीले गरे पत्रकार महासंघको अधिवेशन उद्घाटन

काठमाडौं । नेपाल महासंघको २७औँ अधिवेशन प्रारम्भ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अधिवेशनको …

प्रतिकृया दिनुहॊस