काठमाडौं । पर्वतको कुश्मा नगरपालिकास्थित मालढुंगामा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ। म्याग्दीको बेनी बजारबाट नारायगढ जाँदै गरेको ग १ ख ६१०८ नम्बरको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै र अर्का एक जनाको धौलागिरी अञ्चल अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ। मृतकको सनाखत हुन सकेको छैन। घाइतेहरुको बाग्लुङ र पर्वत अस्पतालमा उपचार भइरहेको छ ।
तपाईंको प्रतिकृया




