समाचार

रोकिराखेको ट्रकसँग बस ठोक्किँदा २० घाइते, दुईको अवस्था गम्भीर

काठमाडौं । चितवनमा बस दुर्घटनमा परेर २० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका-२ गड्यौलीमा रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०१-००६ ख २००४ नं बस गए राति सडक छेउमा रोकिराखेको प्र २०३-००१ ख ७३१२ नं को ट्रकसित ठोक्किएको हो ।

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

राजनैतिक कार्यमा सफलता मिल्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । घरमा अतिथिको आगमन हुनेछ, तर स्वास्थ्यको ख्याल गर्नु पर्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

कञ्चनपुरका १२ सय बढी बालबालिकालाई सीएफआरडीले बाँड्यो न्यानो कपडा

काठमाडौं । ग्रामीण विकासका लागि चिनियाँ फाउन्डेसन (सीएफआरडी)ले कञ्चनपुर जिल्लामा न्यानो कपडा वितरण गरेको छ। जिल्लाका १ हजार २ सय ४९ बालबालिकालाई चिनियाँ नयाँ वर्षको अवसरमा उक्त कपडा वितरण गरिएको हो। जिल्लास्थित वेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकाका ११ सामुदायिक विद्यालयमा उक्त न्यानो वितरण गरिएको सीएफआरडीले जनाएको छ। सन् २०१९ यता फाउन्डेसनले यस कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ।

पुरा पढ्नुहॊस »

सुन्ने मान्छे नहुँदा पनि नेताले भाषण गरिरहन्छन् : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेताहरूले लामो भाषण गर्ने गरेको भन्दै व्यंग्य गरेका छन् । शुक्रबार नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्मेलनको उद्घाटन गर्दै सभापति देउवाले भाषण सुन्ने मानिसहरू नहुँदा पनि नेताहरूले भाषण गरिरहने भन्दै व्यंग्य गरेका हुन् । देउवाले भने, ‘के अवस्था भइसक्यो भने मान्छे बोल्दा बोल्दा हल खालि भइसकेको हुन्छ, हाम्रा साथीहरूलाई लामो बोल्नुपर्ने, सबैकुरा स्पष्ट सुनाउनु पनि छ । कुरा सुनाउन पनि कहिले काहीँ …

पुरा पढ्नुहॊस »

विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी चन्दको सरुवा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरीको सरुवा भएको छ । उपप्रधान एवम् गृह मन्त्री नारायणकाजी श्रेष्ठले उनलाई काजमा प्रहरी प्रधान कार्यालय सरुवा गर्ने निर्णय गरेका हुन् । प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा उनलाई सरुवा गरिएको छ । प्रदेश समन्वय विभागको प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हुन्छन् । हाल प्रदेश समन्वय विभागको प्रमुख एआईजी सुदीप गिरी छन् । विमानस्थलमा प्रहरी र …

पुरा पढ्नुहॊस »

सुरु भयाे ई-भिसा, स्वचालित प्रणाली र अनलाइन भुक्तानी सेवा

काठमाडौं । अध्यागमन विभागले आजदेखि ई-भिसा, कार्यालय स्वचालन प्रणाली र अनलाइन भुक्तानीको शुभारम्भ गरेको छ । शुक्रबार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ई-भिसा तथा नयाँ भिसा लिन र भिसाको म्याद थप गर्ने ई-भिसा तथा अनलाइन भुक्तानी सेवाको शुभारम्भ गरेका हुन् । विभागले शुक्रबारदेखि अध्यागमन प्रशासनलाई पूर्णरूपमा अनलाइनमार्फत स्वचालित सेवा प्रवाह गर्ने कार्यको थालनी गरेको छ । अध्यागमन विभाग र अन्तर्गत कार्यालयहरूमा पूर्णरूपमा डिजिट र स्वचालित रूपमा सञ्चालनले कार्यालयमा सेवा लिने …

पुरा पढ्नुहॊस »

प्रहरीको भ्यानबाट लडेर सहायक हवल्दारको मृत्यु

काठमाडौँ । ड्युटी सकेर फर्किँदै गर्दा प्रहरीको भ्यानबाट लडेर प्रहरी सहायक हवल्दार हेमराज एलजीको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार, गएराति ११ः१५ बजे ड्युटी सकेर फर्किँदै गर्दा प्रहरीको बा १ झ ७४१८ नम्बरको गाडीबाट लडेर एलजीको मृत्यु भएको हो । प्रहरीका अनुसार, सतुंगल नजिकै कोठामा जाँदा ओर्लिने बेला पछाडिबाट सडकमा खस्दा मृत्यु भएको प्रारम्भिक जाँचमा देखिएको छ ।

पुरा पढ्नुहॊस »

पहिचानवादी र कोशी सरकारबीच पाँच बुँदे सहमति

काठमाडौं । कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच पाँच बुँदे सहमति भएको छ । पहिचानका आधारमा पुन नामाङ्कन गर्न दुवै पक्षले पहल गर्ने लगायतका ५ बूँदे सहमति भएको हो । दुई पक्षबीच प्रदेशको पुनः नामाकरण सम्बन्धमा सहमति हुने राजनीतिक वातावरण बनाउन सरकार र आन्दोलनरत पक्षबाट संविधानसम्मत राजनीतिक पहल र छलफल बढाउने सहमति भएको छ । आन्दोलनरत पक्षले आन्दोलनको स्वरुप परिवर्तन गरी शान्तीपूर्ण राजनीतिक गतिविधि अगाडी बढाउने र सरकारको तर्फबाट कुनै …

पुरा पढ्नुहॊस »

नेपाल र अस्ट्रेलियाबीच व्यापार तथा लगानी सम्झौता, सम्बन्ध थप उचाइमा पुग्ने विश्वास

काठमाडौं । नेपाल र अस्ट्रेलियाबीच व्यापार तथा लगानी सम्बन्धी सम्झौता भएको छ । परराष्ट्रमन्त्री एनपी साउदको अस्ट्रेलिया भ्रमणका क्रममा उक्त सम्झौता भएको हो । अस्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेल र अस्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सबीच सम्झौतामा हस्ताक्षर भएको हो । परराष्ट्रमन्त्री साउद र अस्ट्रेलियाली समकक्षी पेनी वोङको उपस्थितिमा व्यापार तथा लगानी सम्झौतामा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । सम्झौतामा हस्ताक्षर भएपछि दुवै देशका परराष्ट्रमन्त्रीहरुले नेपाल र अस्ट्रेलियाबीचको …

पुरा पढ्नुहॊस »

लघुवित्तका शाखा प्रमुख कटेललाई कालोमोसो

सुर्खेत । क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट क्रान्तिकारी युवा संगठनका कार्यकर्ताहरुले सुर्खेतको एक लघुवित्तका हाकिमलाई कालोमोसो दलेका छन् । गुर्भाकोट नगरपालिकाको मेहलकुनामा रहेको डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका प्रमुख दीपेन्द्र कटेललाई उनीहरुले कालोमोसो दलेका हुन् । बिहीबार अपराह्नतिर तीन जनाको समूहले कटेलमाथि कालोमोसो दलेका हुन् । प्रहरीले मासो दल्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिका –९ बोटेचौरका २० वर्षीय हरि घर्ती मगर र मुगुको सोरु गाउँपालिका– ८ का …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds