समाचार

ललिता निवास प्रकरण : भाटभटेनिका सञ्चालक मिनबहादुर गुरुङलाई दुई वर्ष कैद

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा भाटभटेनिका सञ्चालक मिन बहादुर गुरुङलाई दुई वर्ष कैद र बिगो बराबरको जरिवाना तिराउने भएको छ । विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवासको जग्गा प्रकरणमा उनलाई दोषी ठहर गरेको हो ।

पुरा पढ्नुहॊस »

दलहरूलाई निर्वाचन आयोगले दियो १५ बुँदे निर्देशन (पूर्णपाठ)

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आयोगमा दर्ता भएका सबै राजनीतिक दलहरूलाई १५ बुँदे निर्देशन दिएको छ । बिहीबार बसेको आयोगको बैठकले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम पार्टी कमिटी, पद, पदाधिकारी हेरफेर, सदस्यता लगायतका विषयमा निर्देशन दिएको हो । ‘दलले आफ्नो नाम, विधान, नियम, छाप, झण्डा वा चिन्हमा भएको परिवर्तन वा संशोधन वा पदाधिकारीको हेरफेर भएका विषयको जानकारी राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम …

पुरा पढ्नुहॊस »

भित्री बस्त्र र पाइन्टभित्र लुकाएर ल्याएको सुनसहित २ महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई महिला पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सुनसरी बराहक्षेत्र नगरपालिका–१ की ३८ वर्षीया सन्चा कुमारी राई र धादिङ शिद्धलेख गाउँपालिका-३ की २६ वर्षीया उर्मिला मगर रहेका छन् । भन्सार छलि अवैध रूपमा लैजान लागेको अवस्थामा बुधबार बिहान प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । हिमालयन एयरलाइन्सको उडानद्वारा दोहाबाट नेपाल आएकी सन्चा कुमारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिई तलासी गर्दा भित्री बस्त्रमा …

पुरा पढ्नुहॊस »

निर्वस्त्र अवस्थामा बारीमा भेटियो प्रेमाको शव

काठमाडाैं । सोलुखुम्बुमा एक महिलाको शव निर्वस्त्र अवस्थामा फेला परेको छ । प्रहरी निरीक्षक अनिल मिश्रले ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका–६ की अन्दाजी ३५ वर्षीया प्रेमा तामाङको शव बारीमा भेटिएको थियो । ‘मङ्गलबार बेलुका महिलाको शव भेटियो भन्ने खबर आएपछि पत्ताले प्रहरी चौकीबाट खटिएको प्रहरी टोली सो स्थानमा पुगेको थियो’, उनले भने, ‘मृतक महिलाको शरीरमा कपडा छैन, उनको केही दिनअघि मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान छ ।’ शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल …

पुरा पढ्नुहॊस »

अमेरिका जाने आसमा ११ जना बन्धक, रातोपुलबाट उद्धार

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँको प्रहरी टोलीले अमेरिका लैजाने भन्दै काठमाडौँमा ल्याएर बन्धक बनाइएका ११ जना भारतीय नागरिकको उद्धार गरेको छ । परिसरबाट खटिएको प्रहरीको विशेष टोलीले उनीहरूलाई गए राति काठमाडौँको रातोपुल क्षेत्रबाट उद्धार गरेको जिल्ला प्रहरी परिसरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए । उनले भने, ‘हाम्रो परिसरको टोलीले अमेरिका लैजाने भन्दै काठमाडौँमा ल्याएर बन्धक बनाइएका भारतीय नागरिकको उद्धार गरेको छ, विस्तृत विवरण आज सार्वजनिक …

पुरा पढ्नुहॊस »

काठमाडौँमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८०’ आयोजना गर्दै मझुवागढी नगरपालिका

काठमाडौँ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ‘नगरको शान दिक्तेलको स्वाभिमान, मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला संस्कृतिको सम्मान’ भन्ने मूल नाराका साथ ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८०’ आयोजना गर्ने भएको छ । नेपाल कला परिषद् (नेपाल आर्ट काउन्सिल) बबरमहल काठमाडौँमा यही फागुन ५ गतेदेखि १७ गतेसम्म आयोजना गरिने ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८०’ राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने तय भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले बताए । प्रदर्शनीमा ५० देशका चित्रकारले …

पुरा पढ्नुहॊस »

बिहीबार कति छ सुनचाँदीको मूल्य ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको भाउ स्थिर छ भने चाँदीको भाउ बढेको छ । बुधबार प्रतितोला १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज सोहि मूल्यमा कारोबार भइरहेको छ । आज तेजावी सुन तोलामा १ लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ३७५ रुपैयाँमा …

पुरा पढ्नुहॊस »

कपिलवस्तु बस दुर्घटनाका सबै १० मृतकको परिचय खुल्यो (नाम/ठेगानासहित)

काठमाडौं । कपिलवस्तुको सुरही पुल नजिक भएको बस दुर्घटनाका मृतक सबैको पहिचान खुलेको छ । कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बुधबार राति साढे १२ बजेतिर बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको हो । महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सुनौलो महाकाली यातायातको सुपप्र ०२–००१ ख ००९८ नम्बरको बस सडकबाट झन्डै दुई सय मिटर तल खोलामा खसेको थियो । मृतक रौतहट औरही नगरपालिका ३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी कालिजंग …

पुरा पढ्नुहॊस »

९५ लाख बराबरको विदेशी मुद्रासहित त्रिभुवन विमानस्थलबाट दुई जना पक्राउ

काठमाडौं । त्रिभुवन विमानस्थलबाट विदेशी मुद्रासहित २ जना पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले दुई ९५ लाख ४३ हजार विदेशी मुद्रा पाकिस्तानी नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा ३१ वर्षीय येसीन अहमद र ४८ वर्षीय मोहम्मद अदनान लखानी रहेका छन् । उनीहरू फ्लाई दुबई एयरलाइन्समार्फत् काठमाडौं उत्रिएका थिए । दुवैमाथि आगमन गेटमा शंका लागि चेकजाँच गर्दा डेनमार्कको मुद्रा ५ लाख (नेपाली रु ९५ लाख ४३ हजार …

पुरा पढ्नुहॊस »

कपिलवस्तु बस दुर्घटना : १० मृत्युकमध्ये तीन जनाको सनाखत (अपडेट)

काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिका-१ सुरही पुल नजिकै आज बिहान भएको बस दुर्घटनामा मृत्यु भएका दशजना मध्ये तीनजनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक हरि वलीकाअनुसार सनाखत भएका मृतकमा रौतहट औराही ३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, नेपाली सेना कालीजङ्ग गण गोरुसिङ्गेमा कार्यरत सल्यानका अर्जुनकुमार योगी र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमान रहेका छन् । महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सुपप्र ०२-००१ …

पुरा पढ्नुहॊस »